काठमाडौं । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीले केन्द्रीय समितिको बैठक डाकेकाे छ । जनता समाजवादी पार्टी नेपालबाट अलग भएर राई नेतृत्वमा बनेको जनता समाजवादी पार्टीको केन्द्रीय समितिको पहिलो बैठक बाेलाएकाे हाे ।
उक्त जसपाले आगामी असार १२ र १३ गते काठमाडौंमा बस्ने केन्द्रीय समिति बैठकमा एकसय भन्दा बढी केन्द्रीय सदस्यको उपस्थिति रहने सो पार्टीका उपाध्यक्ष रेणु यादवले बताइन् ।
पार्टी दर्ता गराउँदा नै ३१ सदस्यीय केन्द्रीय सदस्यको नाम निर्वाचन आयोगमा बुझाएको छ । त्यो समेत गरी एक सयभन्दा बढी केन्द्रीय सदस्य उपस्थित रहने उपाध्यक्ष यादवले बताइन् ।
निर्वाचन आयोगले सनाखतका लागि समय सीमा तोकेपछि विभिन्न जिल्लाबाट जसपा नेपालका केन्द्रीय सदस्यहरू जसपामा आएको दाबी गरिएको छ । जसपाका महासचिव इस्तियाक राईले ५० वटाभन्दा बढी जिल्लामा तदर्थ समिति गठन भइसकेको र अन्य जिल्लामा पनि गठन हुने क्रम जारी रहेको जानकारी दिए ।
‘सर्वोच्च अदालतले सनाखतको कार्यक्रम नरोकेको भए अहिलेसम्म सबै जिल्लामा कमिटी बनिसकेको हुन्थ्यो,’ उनले भने, ‘यद्यपि यो अवस्थामा पनि कतिपय जिल्लामा तदर्थ समिति बनाउने काम भइरहेको छ ।’ कोशी र लुम्बिनी प्रदेशको लगभग सबै जिल्लामा समिति बनाइसकेको छ भने बागमती प्रदेश, सुदूरपश्चिम प्रदेश र गण्डकी प्रदेशका पनि केही जिल्लामा समिति बनेको जसपाले जनाएको छ ।
सनाखत रोकिएपछि त्यसको असर जसपालाई सबभन्दा बढी मधेस प्रदेशमा परेको छ । उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल पनि मधेस प्रदेशमै बलियो रहेको कारण नेता कार्यकर्ताहरू जसपातिर गइरहेको छैन् ।
जसपा नेपालले पार्टीको महाधिवेशन पनि सम्पन्न गरिसकेको छ । महाधिवेशनबाट केन्द्रीय समिति बनाउन सकेको छैन । केन्द्रीय समिति बनाउने जिम्मेवारी जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले पाएका छन् । केन्द्रीय समिति बनिसकेपछि त्यसबाट असन्तुष्ट भएकाहरूलाई पार्टीमा ल्याउने दाउमा जसपा देखिएको छ ।
जसपाले मधेस प्रदेशको पर्साबाहेक अन्य जिल्लामा संगठन बनाउन सकेको छैन । सनाखत रोकिएका कारण जसपा नेपालबाट कोही पनि जसपामा आउन चाहेका छैनन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २७ गते, २०८२ - २०:१८
काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटको उपाधिका लागि शनिबार सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स भिड्ने भएका छन् । कीर्त...
मंसिर २७ गते, २०८२ - २०:०८
जाकार्ता । इन्डोनेसियाले ऊर्जा सुरक्षालाई सुदृढ पार्ने उद्देश्यसहित सन् २०२६ देखि डिजेलको आयात पूर्ण रूपमा बन्द गर्ने लक्ष्य तय गरेको छ। सरकार बायोडिज...
मंसिर २७ गते, २०८२ - २०:०५
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय पर्साका सर्वेक्षक रामप्रमोद राउत र कार्यालय सहयोगी अरुणप्रसाद उपाध्यायलाई घुस (रिसवत) लिई ...
मंसिर २७ गते, २०८२ - २०:०३
काठमाडाैँ । संयुक्त राज्य अमेरिकाले भेनेजुएलाका आप्रवासीहरूलाई उनीहरूको मूल देश फर्काउनका लागि तय गरेको शुक्रबारको ‘डिपोर्टेसन’ उडान रद्द गरेको काराका...
मंसिर २७ गते, २०८२ - १९:५९
धनकुटा । धनकुटा नगरपालिका –९, मुलघाटस्थित तमोर नदीमा हाम फलेर एक जाना पुरुष बेपत्ता भएका छन् । शुक्रबार दिउँसो करिब २ बजे तमोर नदीमा हाम फलेर एकजन...
मंसिर २७ गते, २०८२ - १९:३२
लन्डन । बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुने बीसीसी (ब्रिटिश चेम्बर्स अफ कमर्स) ले जनाएको छ । नोभेम्बरमा जारी बजेटले अर्थतन्त्रमा उल...
मंसिर २७ गते, २०८२ - १९:२५
गोरखा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बुढीगण्डकी जलविद्युत् आयोजना निर्माण प्रक्रिया अघि बढाउन पहल भइरहेको बताएका छन् । गोरखाक...
मंसिर २७ गते, २०८२ - १९:१८
म्याग्दी । पृष्ठभूमिमा गुर्जा र धवलागिरि हिमाल । भिरालो पाखामा गुजमुज्ज ढुङ्गे घरहरू । ग्रामीण जीवनशैली । हिउँदमा बेँसी र बर्खामा लेक जाने पशुका घुम्त...
मंसिर २७ गते, २०८२ - १९:०२
तनहुँ । नेपाली कम्युनिष्ट पार्टीका नेतृ एवं पूर्वमन्त्री पम्फा भुसालले फागुन २१ गतेको चुनावले देशलाई लयमा ल्याउने विश्वास व्यक्त गरेकी छन् । नेपाली...
मंसिर २७ गते, २०८२ - १८:५६
गण्डकी । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)सहित विभिन्न कम्युनिष्ट पार्टी र समूहरूबिचको एकतापछि बनेक...




प्रतिकृया लेख्नुहोस्: