Ntc summer Offer
Khabar Dabali १५ असार २०८१ शुक्रबार | 28th June, 2024 Fri
NIMB

आगामी भदौ मसान्तसम्म राष्ट्रिय परिचयपत्र बनाए साउनदेखिकै भत्ता पाइने

खबरडबली संवाददाता

काठमाडौं । सरकारले सामाजिक सुरक्षा भत्ताका लागि राष्ट्रिय परिचयपत्र नम्बर अनिवार्य गरिएका २८ जिल्लामा आगामी भदौ मसान्तसम्म परिचयपत्र नम्बर प्राप्त गरी लाभग्राही परिचयपत्र नवीकरण गरेमा साउन १ गतेदेखिकै भत्ता उपलब्ध गराउने भएको छ । 

गृह मन्त्रालयले आज विज्ञप्ति जारी गर्दै बालबालिका, आफ्नो हेरचाह आफैँ गर्न नसक्ने व्यक्ति, अशक्त, असहाय र ९० वर्ष माथिका ज्येष्ठ नागरिकलाई भत्ता प्राप्त गर्न राष्ट्रिय परिचय नम्बर आवश्यक नपर्ने भएकाले आफूलाई अनुकूल समयमा सेवा लिनसमेत अनुरोध गरेको छ । 

सरकारले आगामी साउन १ गतेदेखि झापा, मोरङ, सुनसरी, उदयपुर, सप्तरी, सिरहा, धनुषा, महोत्तरी, बारा, पर्सा, रौटहट, सर्लाही, काठमाडौं, भक्तपुर, ललितपुर, सिन्धुली, मकवानपुर, चितवन, कास्की, तनहुँ, रुपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, सुर्खेत, कैलली र कञ्चनपुर जिल्लाका लाभग्राहीलाई भत्ता बुझ्न राष्ट्रिय परिचयपत्र नम्बर अनिवार्य गरेको थियो । 

उक्त निर्णयपश्चात जिल्ला प्रशासन कार्यालयमा राष्ट्रिय परिचयपत्रका लागि विवरण दर्ता गराउने सेवाग्राहीको घुइँचो लाग्ने गरेको छ । जेष्ठ नागरिक तथा अशक्त व्यक्तिलाई सेवा लिन असहज भएको जनगुनासो व्यापकरुपमा सुनिएसँगै उक्त व्यवस्था मिलाइएको गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए । 

ज्येष्ठ नागरिक र अशक्तलाई लक्षित गरेर सम्बन्धित स्थानीय तहसँगको समन्वयमा सकभर वडास्तरमा नै विवरण सङ्कलनको व्यवस्था मिलाउन प्रमुख जिल्ला अधिकारीहरुलाई निर्देशन दिएको मन्त्रालयले जनाएको छ । मन्त्रालयले जिल्ला प्रशासन कार्यालयसँग समन्वय गरी परिचयपत्रको दर्ता प्रक्रियामा आवश्यक सहजीकरण गरिदिन सबै स्थानीय तहलाई अनुरोधसमेत गरेको छ । 

सेवाग्राहीलाई सहज रुपमा सेवा उपलब्ध गराउने उद्देश्यले पहिलो चरणमा राष्ट्रिय परिचयपत्र अनिवार्य गरिएका २८ जिल्लामा चार सय ३८ विवरण दर्ता अपेरटर खटाइएको मन्त्रायले जनाएको छ । सेवाग्राहीको चापका आधारमा सम्बन्धित स्थानीय तहसँगको समन्वयमा पायक पर्ने उपयुक्त स्थानमा विवरण दर्ता स्टेशन सञ्चालनको व्यवस्था मिलाउन प्रमुख जिल्ला अधिकारीलाई अधिकार प्रदान गरिएको प्रवक्ता भट्टराईले जानकारी दिए । 

जिल्ला प्रशासन कार्यालयहरुमा सेवा लिन आउने सेवाग्राहीलाई अशक्तको हकमा तत्काल र अन्यको हकमा पहिले आउनेले पहिला पालो पाउने व्यवस्था मिलाउनसमेत सबै जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गरिएको मन्त्रालयले जनाएको छ । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

चालु आर्थिक वर्षको ११ महिनामा २० अर्ब बराबरको धान र चामल आयात

काठमाडौं । नेपालले चालु आर्थिक वर्षको ११ महिनामा २० अर्ब बराबरको धान र चामल आयात गरेको छ ।  कृषि मन्त्रालयका अनुसार आथिर्क वर्ष २०८०/८१ को जेठ मसान...

एकीकृत समाजवादीको पदाधिकारी संख्या २१ सदस्यीय हुने

काठमाडौं । नेकपा एकीकृत समाजवादीले पदाधिकारीको संख्या २१ सदस्यीय बनाउने भएको छ ।  विहिबार बसेको सचिवालय बैठकले पधाधिकारीमा अध्यक्ष, सम्मानित नेता र...

शान्ति प्रक्रियाका काम सहमतिमै टुंग्याउन तीन दल सहमत

काठमाडौं । शान्ति प्रक्रियाका काम सहमतिमै टुंग्याउन तीन दल सहमत भएका छन् । प्रमुख राजनीतिक दलहरू टीआरसी विधेयक र शान्ति प्रक्रियाका काम सहमतिमै टुंग्य...

महाधिवेशनमा प्रस्तुत हुने प्रतिवेदनमाथि छलफल गर्दै एकीकृत समाजवादी

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को आसन्न महाधिवेशनमा प्रस्तुत गरिने चार प्रतिवेदनमाथि  सातै प्रदेशमा छलफल सम्पन्न गरेको छ । राजनी...

जाजरकोट–जुम्ला सुरुङ मार्ग निर्माण गर्न ‘प्रिफिजिबिलिटी’ सम्पन्न

सुर्खेत । लुम्बिनी–रारा सडकखण्डमा पर्ने जाजरकोटको कुशे गाउँपालिकाबाट जुम्ला जोड्ने सुरुङ मार्ग निर्माण गर्न ‘प्रिफिजिबिलिटी’ अध्ययनको काम सकिएको छ ।  ...

निःशुल्क सेवाको सूचना स्पष्ट टाँस्न स्वास्थ्य संस्थालाई निर्देशन

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निःशुल्क स्वास्थ्य सेवाको सूचना स्पष्ट र सजिलै बुझ्ने गरी टाँस्न सबै स्वास्थ्य संस्थालाई निर्देशन दिएको ...

बुढानीलकण्ठ नगरपालिका १० को प्लाष्टिकजन्य फोहोर संकलन तथा विसर्जन

काठमाडौं । बिहीबार बिहान सात बजे बुढानीलकण्ठ नगरपालिका वडा नम्बर १० मा जथाभावी फ्याकिएका प्लाष्टिकका बोतल तथा फोहोर उठाइरहेका थिए । करिब तीन सय जना पह...

राष्ट्रपतिलाई ‘कालो जादु’ गरेको आरोपमा माल्दिभ्समा जलवायुमन्त्री पक्राउ

एजेन्सी । माल्दिभ्सको राष्ट्रपतिलाई ‘कालो जादु’ गरेको आरोपमा राज्यको वातावरणमन्त्रीलाई बिहीबार प्रहरीले पक्राउ गरेको अधिकारीले बताएका छन् । वातावरण...

जापानी वैज्ञानिकले बनाए ‘वास्तविक छाला’जस्तै आवरणसहितको रोबोट

एजेन्सी । जापानी वैज्ञानिकले मानव कोषहरूको प्रयोग गरेर जीवित छालाजस्तै देखिने आवरणसहितको रोबोटको विकास गरेका छन् । सेल रिपोर्ट्स फिजिकल साइन्स जर्न...

सिन्धुपाल्चोकको मेलम्ची नदीमा महिलाको शव फेला

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–६ तालामाराङमा एक महिलाको शव फेला परेको छ । बिहीबार बिहान अन्दाजी २२ वर्षीय निशाकुमारी तामाङको शव फेल...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy