Khabar Dabali १२ पुष २०८२ शनिबार | 27th December, 2025 Sat
Investment bank

रौतहटको १८ मध्ये १५ स्थानीय तहले ल्याए बजेट

खबरडबली संवाददाता

रौतहट । रौतहट स्थित १६ नगरपालिका २ गाउँपालिका गरी १८ स्थानियतह मध्ये १६ ले असार १० अर्थात नेपाल सरकार द्वारा निर्धारण गरिएको तिथि भित्रै बजेट ल्याउन सफल भएको छ । बिभिन्न कारणले १५ मध्ये ३ नगरपालिकाले भने असार १० भित्र बजेट ल्याउन सकेन ।

निर्धारित तिथि असार १० गते सोमवार जिल्लाको ७ स्थानीयतहले एकैदिन नगर अधिवेशन सम्पन्न गरेको थियो । मौलापुरको अधिवेशनले शून्य करनीति सहित ३९ करोड़को बजेट पारीत गरेको थियो भने कार्यक्रमका प्रमुख अतिथीले संघ र प्रदेशले जिम्मा लिएको काम नगर्दा नगरमाथी आर्थिकभारको आरोप लगाएका थिए ।

आमजनता पार्टीका अध्यक्ष संघीय सांसद प्रभु साहको प्रमुखआतिथ्यमा मौलापुर नगरपालिकाको आठौं बजेट अधिवेशन सम्पन्न भएको थियो । मौलापुर नगरपालिकाकी मेयर रिना कुमारी साह र प्रमुख प्रशासकीय अधिकृत रामबाबु साहले संयुक्त रूपमा ३९ करोडको बजेटको बाचन गरेका थिए ।

परोहा नगरपालिकाका मेयर शेख वकीलले नगर सभामा ४८ करोड ४४ लाख १९ हजार १ रुपैयाँको बजेट प्रस्तुत गरेका थिए। दोस्रो पटक निर्वाचित भएका मेयर वकीलले नगरवासीको प्रत्यक्ष लाभ हुने गरी योजना ल्याएका हुन् ।

नगरपालिकाको प्रत्येक वडाका कमतीमा ५० जना गरीव असहायलाई प्रतिमहीना १० किलो चामल  उपलब्ध गराउने , आश्रय नभएका व्यक्तिलाई संघ, प्रदेश र पालिकाको सहयोगमा आवास टहराको व्यवस्थापन गरिने, नगरपालिकाभित्रका सबै घरपरिवारलाई निःशुल्क रुपमा ग्याससहित चुलो वितरण गरी कार्तिक मसान्तमा धुवामुक्त नगरपालिका घोषणा गर्ने प्रतिबद्धता जनाएको प्रमुख प्रशासकिय अधिकृत महमद महफुज अहमदले बताएका छन।

त्यस्तै गुजारा नगरपालिकाको नगरसभा सोमवार सम्पन्न भएको छ। मेयर सन्तलाल चौधरी र उपमेयर रत्ना लामाले आर्थिक बर्ष २०८१/०८२को लागि ५७ करोड ६८ लाख,६३ हजारको बजेट प्रस्तुत गरेका थिए ।

माधवनरायण नगरपालिकाका नगर प्रमुख बैधनाथ प्रसाद यादव ९बैजुयादवको  अध्यक्षतामा भएको नगरसभाले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गरेको छ । कार्यक्रममा नगर उपप्रमुख निर्मला रमणले आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम र ४९ करोड ७४ लाख ७२ हजार बजेट ल्याउदै ९औ  अधिवेशन भव्ययाताका साथ सम्पन्न भएको छ ।

दुर्गा भगवती गाउँपालिकाका गाउँसभाका अध्यक्ष श्री शम्भु कुमार सिंहले आगामी आ।व। २०८१/०८२ को लागि नीति तथा कार्यक्रम सहित जम्मा  ३७ करोड ६५ लाख ५६ हजारको बजेट प्रस्तुत गरेका थिए । अधिवेसनले शिक्षा, स्वास्थ भौतिक पूर्वाधार संगै प्रत्यक्ष रूपमा नागरिक लाभान्वित हुने योजनाहरू प्राथमिकतामा राखेको प्रमुख प्रशासकिय अधिकृत परमानन्द पाठकले बताएका छन ।

जिल्लाको पूर्विभेग राजदेवी नगरपालिकाको १२ औ नगर अधिवेशन सोमबार सम्पन्न भएको छ । जिल्ला समन्वय समितिका अध्यक्ष राम अयोध्या राय यादवको प्रमुख आतिथ्यमा भएको नगर अधिवेशनमा नगरप्रमुख भिखारी प्रसाद यादवले आगामी आर्थिक वर्ष २०८१–०८२ का लागि ४८ करोड १० लाख ९६ हजारको बजेट प्रस्तुत गरेका छन् ।

त्यस्तै गढीमाई नगरपालिकाको  को ११ औँ नगरसभा सम्पन्न भएको छ। नेपाली कांग्रेस मधेश प्रदेशका सभापती कृष्ण प्रसाद यादवको प्रमुख आतिथ्यमा सम्पन्न अधिवेसनमा मेयर श्याम प्रसाद यादवले आर्थिक बर्ष २०८१/०८२ को लागि ५९ करोड ५०, लाख, एक हजार रुपैयाको बजेट प्रस्तुत गरेका थिए ।

कटहरिया, गौर, चन्द्रनिगाहुर, वृन्दावन, गुजरा, राजपुर, गरुडा, ईशनाथ नगरपालिका र यमुना माई गाउँपालिकाले यस अघिनै बजेट ल्याइसकेको छ।

१८ मध्ये ३ वटा पालिकाले असार १० गतेसम्म बजेट ल्याउन सकेको छैन। बौधिमाई नगरपालिकाका मेयर प्रदीप कुमार यादवले एकलौटी गर्न खोजेको भन्दै उपमेयर प्रमिला कुमारी जैसवाल सहित बहुमतले असार १० गते आयोजित नगरसभा बिथोलेको थियो।

मेयर यादवले असार १० गते राती १२ बजे बिना बहुमतको नगरसभा गरेको खबर प्राप्त भएको छ। तर त्यस्तो नगरसभाको कुनै औचित्य नहुने उपमेयर जैसवालको दाबी रहेको छ । देवाही गोनाही नगरपालिका र फतुवा विजयपुर नगरपालिकामा जनप्रतिनिधि बिच बजेटको भागबण्डा नमिलेको कारण नगर अधिवेशन आयोजना हुनसकेको छैन ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची पेस गर्न निर्वाचन आयोगको अनुरोध

काठमाडौँ। निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत उम्मेदवारको बन्दसूची पेस गर्न राजनीतिक दललाई अनुरोध...

बालुवाटारमा प्रधानमन्त्रीले तीन शीर्ष नेतालाई भनिन् : यो घर तपाईंहरूकै हो

काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले बालुवाटार प्रमुख दलका शीर्ष नेतासँग छलफल गरेको छिन् ।  छलफलमा सहभागी नेतालाई सम्बोधन गर्दै उनले भनिन्, ‘यो ...

प्रधानमन्त्री कार्कीले दिइन् तीन दलका शीर्ष नेताहरूलाई चुनावमा सहभागी हुन निम्तो

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताहरूलाई निर्वाचनमा सहभागी हुन औपचारिक निम्तो दिएकी छिन्। शनिबार बालुवाटा...

नेपाली कांग्रेसले महाधिवेशनको कार्यतालिका परिमार्जन गर्ने

काठमाडौँ । नेपाली कांग्रेसले नियमित महाधिवेशन तोकिएको समयमै सम्पन्न गर्ने सुनिश्चितताका लागि महाधिवेशनको कार्यतालिका परिमार्जन गर्ने भएको छ। केही द...

कसैको अस्तित्व समाप्त पारेर एकता सम्भव हुँदैन : मन्त्री घिसिङ

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री एवं उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङले कसैको अस्तित्व समाप्त पारेर राजनीतिक एकता सम्भव नहुने स्...

एमाले सचिवालयको बैठक आइतबार, समानुपातिक उम्मेद्वारलाई अन्तिम रुप दिने मुख्य एजेण्डा

काठमाडौँ। नेकपा (एमाले)ले ११ औं महाधिवेशनपछि पहिलो पटक पार्टीको सचिवालय बैठक बोलाएको छ।   केन्द्रीय कार्यालय सचिव डा। भिष्म अधिकारीका अनुसार समानुप...

बालुवाटारमा प्रधानमन्त्री कार्की र प्रमुख तीन दलका नेताबीच छलफल

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्की र प्रमुख तीन दलका शीर्ष नेताबीच आज प्रतिनिधिसभा निर्वाचनबारे छलफल भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा भए...

रास्वपा र बालेनबीचको निर्णायक वार्ता अनिश्चित, बालेनको प्रस्तावप्रति रास्वपा असहमत

काठमाडौँ । शनिबार निर्णायक हुने भनिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह नेतृत्वको टिमबीचको वार्ता अनिश्चि...

जेनजी आन्दोलनपछि पहिलोपटक बालुवाटार पुगे ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली जेनजी आन्दोलनपछि पहिलोपटक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका छन्। गत भदौ २३ र २४ गते भएक...

स्थानीय उत्पादन प्रवर्द्धन गर्न गोङ्गबुमा कृषि मेला

काठमाडौँ । स्थानीय उत्पादन प्रवर्द्धनका लागि गोङ्गबुमा कृषि मेला आयोजना भएको छ । काठमाडौँ महानगरपालिका वडा २६ को सहकार्य तथा रैथाने एग्री प्रडक्ट नेपा...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending