Khabar Dabali ७ चैत्र २०८२ शनिबार | 21st March, 2026 Sat
Investment bank

काेइलाबासमा भारतीय पर्यटककाे घुँइचाे

खबरडबली संवाददाता

दाङ । दायाँबायाँ हरिया डाडाँका बिचमा उर्लदैं बगिरहेको कोइलाबास खोला उर्लदै गर्दा स्काइ साइकिलिङ ओहोदोहोर गरिरहँदा मन नलोभिने कुरै भएन । रोमाञ्चकारी यात्रा गर्दै भेटिएका भारतको गोण्डा घर भएका श्रुति गुप्ता अहिले घर परिवारसँग कोइलाबास आएकी छिन् । यतिबेला घुमघामका लागि नेपालको कोइलाबासमा धेरै भारतीय पर्यटक आएका छन् । आफ्नो जीनवमा स्काइ साइकिलिङको अविस्मरणीय यात्रा रहने उनको भनाइ छ । 

उनले भनिन्, ‘सुरुमा कसरी खेल्ने होला भन्ने लागेको थियो, पछि वारपार गर्दै गर्दा  गज्जव रमाइलो अनुभव भयो ।’ नेपालका विभिन्न ठाउँ पछिल्लो समय साहसिक तथा रोमाञ्चकारी खेलको हब बन्दै गएको छ । पर्यटकीय गतिविधि अन्तर्गत कोइलाबासमा वडा कार्यालयले सञ्चालनमा ल्याएको स्काइ साइकिलिङ सबैको आर्कषणको केन्द्र बनेको छ । 

अहिले यहाँ आउने आन्तरिक तथा बाह्य पर्यटकले साहसिक स्काइ साइकिलिङको रमाइलो अनुभव बटुलेर जाने गरेका छन् । पूर्व–पश्चिम महेन्द्र राजमार्गबाट ३३ किलोमिटर दूरीमा कोइलाबास पुगिन्छ । साइकिलिङमा दुई वटा ट्रयाक छ । एउटा ट्रयाकमा एक जनाले साइकिलिङ गर्न मिल्छ भने अर्कोमा जोडी नै एकसाथ खेल्न मिन्ने सुविधा छ । 

दुईतर्फी एकसय ४० मिटर लम्बाइको स्काइ साइकिलिङमा रमाउँदै फरक खालको यात्रा गर्न सकिन्छ । यस खेलमा रमाउन प्रतिव्यक्ति दुईसय रुपियाँ तिर्नुपर्छ । कोइलाबासले चिरेको पहाडका परिदृश्यमा स्काइ साइकिलिङ अर्को पर्यटक लोभ्याउने माध्यम हो । सहज यातायातको व्यवस्था हुँदा पर्यटकलाई प्याकेजमा समावेश गरी यहाँ ल्याउन सकिन्छ । स्काइ साइकिलिङले यहाँका अन्य व्यवसायको क्षेत्रलाई समेत सघाउनेछ भने राज्यको राजस्वमा समेत योगदान गर्नेछ । कोइलाबास पदमार्गमा आउने पर्यटकदेखि आन्तरिक पर्यटकको केन्द्र स्काइ साइकिलिङ बन्ने विश्वास स्थानीयको छ । 

भारतबाट आउने अधिकांश पर्यटक कोइलाबासमा रहेको स्काइ साइकिलिङमा आकर्षित हुने गरेका छन् । केही दिनअघि सुरु भएको स्काइ साइकिलिङमा रमाउनेमा भारतीय पर्यटकको संख्या बढेको छ । कोइलाबासमा स्काइ साइकिलिङ सुरु भएपछि आन्तरिक तथा बाह्य पर्यटकले स्काइ साइकिलिङ गर्ने गरेका छन् । गढवा गाउँपालिका –८ का वडाधयक्ष खालिक सिद्दिकिले स्काइ साइकिलिङमा रमाउनेमध्ये सबैभन्दा बढी भारतीय पर्यटक रहेको बताए । उनले हप्तादिनको अवधिमा आन्तरिक तथा बाह्य पर्यटकले स्काइ साइकिलिङको अनुभव लिएको बताए । 

भारतका विभिन्न सहर तुलसिपुर, बलरामपुर, हरैया, भर्सैया, सिरसिया लगायतबाट आउने पर्यटक कोइलाबासमा रहेको स्काइ साइकिलिङमा रमाउने गरेका छन् । भारतीय पर्यटक स्काइ साइकिलिङप्रति आकर्षित हुने बताउँदै उनले दैनिक सरदर ५० जनाले स्काइ साइकिलिङ गर्ने बताए । 

वडा कार्यालयको करिब २७ लाख लागतमा कोइलाबासमा स्काइ साइकिलिङ सञ्चालनमा ल्याइएको हो । राप्तीको प्रवेशद्वारको रुपमा  कोइलाबास नाका प्रचलित छ । पछिल्लो पटक चहलपहल बढ्न थालेको  भग्नावशेष रहेको कोइलाबासमा घुम्न आउने पर्यटकको मुख्य आकर्षण स्काइ साइकिलिङ बनेको छ । 

स्काइ साइकिलिङ गर्नेहरू ७० मिटर लम्बाइ र २० फुट उचाइमा रहेको एउटा टावरबाट अर्को टावरमा करिब तीनदेखि पाँच मिनेटमा पुग्न सक्छन् । स्काइ साइकिलिङले समग्र कोइलाबास नाका र पर्यटकीय क्षेत्रको विकासमा महत्पूर्ण सहयोग पुग्ने विश्वास लिएको छ । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: