Khabar Dabali १२ पुष २०८२ शनिबार | 27th December, 2025 Sat
Investment bank

काेइलाबासमा भारतीय पर्यटककाे घुँइचाे

खबरडबली संवाददाता

दाङ । दायाँबायाँ हरिया डाडाँका बिचमा उर्लदैं बगिरहेको कोइलाबास खोला उर्लदै गर्दा स्काइ साइकिलिङ ओहोदोहोर गरिरहँदा मन नलोभिने कुरै भएन । रोमाञ्चकारी यात्रा गर्दै भेटिएका भारतको गोण्डा घर भएका श्रुति गुप्ता अहिले घर परिवारसँग कोइलाबास आएकी छिन् । यतिबेला घुमघामका लागि नेपालको कोइलाबासमा धेरै भारतीय पर्यटक आएका छन् । आफ्नो जीनवमा स्काइ साइकिलिङको अविस्मरणीय यात्रा रहने उनको भनाइ छ । 

उनले भनिन्, ‘सुरुमा कसरी खेल्ने होला भन्ने लागेको थियो, पछि वारपार गर्दै गर्दा  गज्जव रमाइलो अनुभव भयो ।’ नेपालका विभिन्न ठाउँ पछिल्लो समय साहसिक तथा रोमाञ्चकारी खेलको हब बन्दै गएको छ । पर्यटकीय गतिविधि अन्तर्गत कोइलाबासमा वडा कार्यालयले सञ्चालनमा ल्याएको स्काइ साइकिलिङ सबैको आर्कषणको केन्द्र बनेको छ । 

अहिले यहाँ आउने आन्तरिक तथा बाह्य पर्यटकले साहसिक स्काइ साइकिलिङको रमाइलो अनुभव बटुलेर जाने गरेका छन् । पूर्व–पश्चिम महेन्द्र राजमार्गबाट ३३ किलोमिटर दूरीमा कोइलाबास पुगिन्छ । साइकिलिङमा दुई वटा ट्रयाक छ । एउटा ट्रयाकमा एक जनाले साइकिलिङ गर्न मिल्छ भने अर्कोमा जोडी नै एकसाथ खेल्न मिन्ने सुविधा छ । 

दुईतर्फी एकसय ४० मिटर लम्बाइको स्काइ साइकिलिङमा रमाउँदै फरक खालको यात्रा गर्न सकिन्छ । यस खेलमा रमाउन प्रतिव्यक्ति दुईसय रुपियाँ तिर्नुपर्छ । कोइलाबासले चिरेको पहाडका परिदृश्यमा स्काइ साइकिलिङ अर्को पर्यटक लोभ्याउने माध्यम हो । सहज यातायातको व्यवस्था हुँदा पर्यटकलाई प्याकेजमा समावेश गरी यहाँ ल्याउन सकिन्छ । स्काइ साइकिलिङले यहाँका अन्य व्यवसायको क्षेत्रलाई समेत सघाउनेछ भने राज्यको राजस्वमा समेत योगदान गर्नेछ । कोइलाबास पदमार्गमा आउने पर्यटकदेखि आन्तरिक पर्यटकको केन्द्र स्काइ साइकिलिङ बन्ने विश्वास स्थानीयको छ । 

भारतबाट आउने अधिकांश पर्यटक कोइलाबासमा रहेको स्काइ साइकिलिङमा आकर्षित हुने गरेका छन् । केही दिनअघि सुरु भएको स्काइ साइकिलिङमा रमाउनेमा भारतीय पर्यटकको संख्या बढेको छ । कोइलाबासमा स्काइ साइकिलिङ सुरु भएपछि आन्तरिक तथा बाह्य पर्यटकले स्काइ साइकिलिङ गर्ने गरेका छन् । गढवा गाउँपालिका –८ का वडाधयक्ष खालिक सिद्दिकिले स्काइ साइकिलिङमा रमाउनेमध्ये सबैभन्दा बढी भारतीय पर्यटक रहेको बताए । उनले हप्तादिनको अवधिमा आन्तरिक तथा बाह्य पर्यटकले स्काइ साइकिलिङको अनुभव लिएको बताए । 

भारतका विभिन्न सहर तुलसिपुर, बलरामपुर, हरैया, भर्सैया, सिरसिया लगायतबाट आउने पर्यटक कोइलाबासमा रहेको स्काइ साइकिलिङमा रमाउने गरेका छन् । भारतीय पर्यटक स्काइ साइकिलिङप्रति आकर्षित हुने बताउँदै उनले दैनिक सरदर ५० जनाले स्काइ साइकिलिङ गर्ने बताए । 

वडा कार्यालयको करिब २७ लाख लागतमा कोइलाबासमा स्काइ साइकिलिङ सञ्चालनमा ल्याइएको हो । राप्तीको प्रवेशद्वारको रुपमा  कोइलाबास नाका प्रचलित छ । पछिल्लो पटक चहलपहल बढ्न थालेको  भग्नावशेष रहेको कोइलाबासमा घुम्न आउने पर्यटकको मुख्य आकर्षण स्काइ साइकिलिङ बनेको छ । 

स्काइ साइकिलिङ गर्नेहरू ७० मिटर लम्बाइ र २० फुट उचाइमा रहेको एउटा टावरबाट अर्को टावरमा करिब तीनदेखि पाँच मिनेटमा पुग्न सक्छन् । स्काइ साइकिलिङले समग्र कोइलाबास नाका र पर्यटकीय क्षेत्रको विकासमा महत्पूर्ण सहयोग पुग्ने विश्वास लिएको छ । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

वैदेशिक रोजगार व्यवसायीद्वारा सरकारी निर्णयको स्वागत

काठमाडौँ । वैदेशिक रोजगारमा जाने कामदारहरूको स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य संस्थाहरूले दिने परीक्षण शुल्क साविककै दरमा राखेपछि व्यवसायीले त्यसको स...

कुवेत–चीन चार अर्ब १० करोड डलरको बन्दरगाह सम्झौता

काठमाडाैँ । विश्व व्यापारमा आफ्नो भूमिका विस्तार गर्दै अर्थतन्त्रलाई विविधीकरण गर्ने लक्ष्यसहित कुवेतले प्रमुख बन्दरगाह निर्माण सम्पन्न गर्न चीनसँग कर...

मलेसियाले ऊर्जा रूपान्तरणलाई तीव्र रूपमा अघि बढ्ने

काठमाडाैँ । मलेसियाले आफ्नो ऊर्जा रूपान्तरणलाई सन् २०२६ मा छिटो अघि बढाउने योजना बनाएको छ । यसमा बायोग्यासमा लगानी बढाउने र कार्बन सम्बन्धी नयाँ नीति ...

प्रतिनिधिसभा निर्वाचन: पाँचथरमा नेकपाबाट मिक्सोको एकल नाम सिफारिस

विराटनगर । नेपाली कम्युनिस्ट पार्टीले पाँचथरबाट प्रतिनिधिसभा निर्वाचनका लागि एकल उम्मेदवारको नाम सिफारिस गरेको छ ।  फागुन २१ गतेका लागि तोकिएको प्र...

प्रयोग नहुँदा जीर्ण बन्दै ‘होल्डिङ सेन्टर’

कैलाली । कोरोना महामारीका समयमा भारतबाट स्वदेश फर्किने कोरोना सङ्क्रमितलाई राख्न बनाएको ‘होल्डिङ सेन्टर’ प्रयोगविहीन हुँदा जीर्ण बन्दै गएको छ । कैल...

फोहरजन्य वस्तु बिक्री गरी १० लाख आम्दानी

तनहुँ । सदरमुकामस्थित व्यास नगरपालिकाले फोहरजन्य वस्तु बिक्री गरी पाँच महिनामा रु १० लाखभन्दा बढी आम्दानी गरेको छ । फोहरका रुपमा सङ्कलन गरी पुनः प्रयो...

मेची भन्सार कार्यालयबाट पाँच महिनामा २० अर्ब १४ करोडको आयात

झापा । चालु आर्थिक वर्ष २०८२/८३ को मङ्सिर मसान्तसम्ममा पूर्वीनाका काँकरभिट्टाबाट रु २० अर्ब १४ करोड ४० लाख मूल्यबराबरका वस्तु आयात भएका छन् । मेची ...

शीतल निवासमा शक्ति केन्द्रको संवाद : संकट, निर्वाचन र सहकार्यमा नेताहरूको छलफल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा प्रधानमन्त्री सुशीला कार्कीसहित देशका प्रमुख राजनीतिक दलका शीर्ष नेताबीच उच्चस्तरीय छलफल सम्पन्न भएको छ ...

पाँच महिनामा साढे पाँच अर्बको अलैँची निर्यात

काठमाडौं । पाँच महिनामा साढे पाँच अर्बको अलैँची निर्यात भएको छ ।  भन्सार विभागले मंगलबार सार्वजनिक गरेको तथ्यांकअनुसार साढे पाँच अर्ब मूल्य बराबरको...

पाँच वर्षपछि म्यान्मामा निर्वाचन

याङ्गुन । म्यान्मामा सैनिक जुन्ताले पाँच वर्षअघि निर्वाचित सरकारलाई अपदस्थ गरेपछि सुरु भएको गृहयुद्धको बिचमा आइतबारदेखि निर्वाचन सुरु गराउने तयारी गरे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending