Khabar Dabali १ चैत्र २०८२ आईतवार | 15th March, 2026 Sun
Investment bank

फेसबुकमा जथाभावी लेख्ने गोपाल काफ्ले २० हजार धरौटीम छुटे

खबरडबली संवाददाता

पथरी । सामाजिक सञ्जाल फेसबुकमा प्रमाणित नहुने विषय जथाभावी लेखेर प्रहरी नियन्त्रणमा परेका मोरङ पथरीशनिश्चरे-१ का गोपाल काफ्ले सोमबार २० हजार धरौटीमा रिहा भएका छन्।

पक्राउ परेको सात दिनपछि जिल्ला अदालत मोरङले सोमबार ९असार १० गते० २० हजार धरौटीमा काफ्लेलाई रिहा गरेको जिल्ला प्रहरी कार्यालय मोरङको प्रमुख नवराज कार्कीले बताए।

प्रहरीको नियन्त्रणमा परे पनि आफू पक्राउ नपरेको भन्दै गोपाल काफ्लेले समाजमा भ्रम सिर्जना गर्न खोजेका थिए।

काफ्लेले पटक-पटक अप्रमाणित विषयमा चरित्र हत्या हुने गरी सामाजिक सञ्चालमा तस्बिरसहित लेखेपछि विद्युतीय कारोबार ऐन ९साइबर० अपराध सम्बन्धी जिल्ला प्रहरी कार्यालय मोरङमा उजुरी परेको थियो।

गोपाल काफ्लेले प्रमाण बिना पथरीशनिश्चरे नगर स्वास्थ्य विभाग प्रमुख मुरारी आचार्य, नगर पूर्वप्रमुख दिलीपकुमार राई (किशोर)को फोटो पोष्ट गरेका थिए।

संविधानसभा सदस्य चण्डीप्रसाद राई, पूर्वप्रदेश सभा सदस्य कृष्णकुमारी राईको तस्बिर पनि यसैगरी पोष्ट गरेका थिए।

जिल्ला प्रहरी कार्यालय मोरङको आदेश अनुसार असार ४ गते इलाका प्रहरी कार्यालय पथरीका डिएसपी गशेण प्रधानले पक्राउ गरेर जिल्ला पठाएका थिए।

साइबर अपराध गरेको दाबीसहितको मुद्दामा पक्राउ परेका काफ्लेलाई एक रात जिल्ला प्रहरीको नियान्त्रणपछि खोजेको बेला उपस्थित हुने गरी हाजिरी जमानीमा छाडिएको थियो।

नगर स्वास्थ्य विभाग प्रमुख मुरारी आचार्यले जिल्ला अदालत मोरङमा काफ्लेविरूद्ध मुद्दा हालेका छन्। उक्त मुद्दामा गोपाल काफ्लेसँगै रकमको बार्गेनिङ गर्ने पत्रकार नरेन्द्र बस्नेतलाई पनि विपक्षी बनाइएको छ।

बस्नेतलाई काफ्लेको सहयोगी बन्दै आचार्यसँग रकमको बार्गेनिङमा संलग्न भएको आरोप आचार्यले लगाएका छन्।

केही महिनाअघि यसैगरी पथरीशनिश्चरे(१ का वडाध्यक्षको बदनाम हुने विषय उठाएपछि इलाका प्रहरी कार्यालय पथरीमा उजुरी परेको थियो। सो विषयमा प्रहरी कार्यालयमा लिखित रुपमा माफी मागेपछि  काफ्लेलाई छाडिएको थियो ।

केही वर्षअघि यसैगरी अप्रमाणित विषय लेखेपछि डेरामै गएर एक समूहले काफ्लेलाई कुटपिट गरेका थि । त्यो प्रकणमा नेपाल पत्रकार महासंघ, कांग्रेस, एमाले, माओवादी केन्द्र, जसपा सम्बद्ध पत्रकारहरू बसेर छलफल गर्दा झुटो प्रमाणित भएको र आगामी दिनमा प्रमाणबिना भ्रामक नलेख्न अनुरोध गरिएको थियो। सो बेला फिटाइबाट घाइते काफ्लेको उपचार खर्च नेपाल पत्रकार महासंघले व्यहोर्ने सहमति भएको थियो।

काफ्लेले समाजिक सञ्जालमार्फत् पूर्व तथा वर्तमान जनप्रतिनिधिहरू, विभिन्न ठेकेदार, व्यवसायी, सामाजिक-राजनीतिक व्यक्तिहरूलाई पुष्टि नहुने विषयमा लेखेर पैसा माग्ने गरेको स्वास्थ्य शाखा प्रमुख आचार्यले बताउँछन्।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभा सदस्यमा सिफारिस गर्ने मन्त्रिपरिषद्को निर्णय

काठमाडौँ । सरकारले गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभा सदस्यमा नियुक्त गर्न रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ। आइतबार बसेको...

हात्तीको आक्रमणबाट घाइते वृद्धाको मृत्यु

सप्तरी। हात्तीको आक्रमणबाट गम्भीर घाइते भएका सप्तरीको कञ्चनरुप नगरपालिका १२ धरमपुरकी एक बृद्वाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ६९ वर्षीय खड्गम...

सहसचिव झलकराम अधिकारीविरुद्ध ७० लाख रुपैंया घुस लिएको आरोपमा मुद्दा

काठमाडौँ । घुस लिएको आरोपमा सहसचिव झलकराम अधिकारीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले  भ्रष्टाचार मुद्दा दायर गरेको छ। अख्तियारका अनुसार अधिक...

भद्रपुरबाट दुई अर्ब ७० करोड बढी राजस्व सङ्कलन

भद्रपुर। आन्तरिक राजस्व कार्यालय भद्रपुरले चालु आर्थिक वर्षको पहिलो आठ महिनामा रु दुई अर्ब ७० करोड ५८ लाख ९८ हजार राजस्व सङ्कलन गरेको छ । यो रकम सो अव...

नेप्से चार दशमलव ४५ अङ्कले बढ्यो

काठमाडौँ। यो साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार देखिएको छ । आज नेप्से परिसूचक चार दशमलव ४५ अङ्कले ब...

एमालेले समानुपातिकका १६ उम्मेदवारको नाम निर्वाचन आयोगमा बुझायो (नामसहित)

काठमाडौँ । नेकपा एमालेले समानुपातिकतर्फ चयन हुने १६ जना सांसदको नाम निर्वाचन आयोग मा बुझाएको छ। शनिबार बसेको एमाले सचिवालय बैठकले समानुपातिकतर्फबाट...

कांग्रेसले समानुपातिकका २० जनाको नाम निर्वाचन आयोगमा बुझाउने निर्णय

काठमाडौँ । नेपाली कांग्रेसले समानुपातिकतर्फको बन्दसूचीमा रहेका २० जनाको नाम निर्वाचन आयोग मा बुझाउने निर्णय गरेको छ। पार्टी प्रवक्ता देवराज चालिसेक...

बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी

काठमाडौँ । प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरु भएको छ। प्रधानमन्त्रीको सचिवालयका अनुसार केहीबेरअघिदेखि बैठक जारी रहेको छ। मन्त्...

यी हुन् राप्रपाको समानुपातिक ४ जना सांसद

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले समानुपातिकतर्फबाट प्रतिनिधिसभा सदस्य बन्ने चार जनाको नाम टुंगो लगाएको छ। आइतबार पार्टीको केन्द्...

मध्यपूर्व युद्धमा नयाँ उथलपुथल

पेरिस। मध्यपूर्व युद्धले यसै साता क्षेत्रमा नयाँ उथलपुथल ल्याएको छ । इजरायली सेनाले पश्चिमी इरानमा व्यापक आक्रमण सुरु गरेसँगै यसले अमेरिका-इजरायल युद्...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: