Ntc summer Offer
Khabar Dabali १० आश्विन २०८१ बिहीबार | 26th September, 2024 Thu
NIMB

कोशी प्रदेशमा दुई दिनमा ९ जनाको मृत्यु, ३ जना बेपत्ता

खबरडबली संवाददाता

विराटनगर । झापा, मोरङ, सुनसरी र ओखलढुङ्गामा बाढी, पहिरो र चट्याङ लागेर ९ जनाको मृत्यु भएको छ । यस्तै बाढीले बगाएर तीन जना बेपत्ता भएका छन् भने सर्पले डसेर झापामा एक बालकको मृत्यु भएको छ ।

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले दिएको जानकारी अनुसार झापामा चट्याङ लागेर मंगलबार एकैदिन तीन जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा झापा गाउँपालिका–४, लोसाकी बस्ने ५० वर्षीय मन्जुर आलम, कमल गाउँपालिका–२, समयगढका ४६ वर्षीय राजन खड्का, गौरादह–८ का ४२ वर्षीय विकास गिरी छन् ।

यस्तै बुधबार नैसुनसरीको रामधुनी नगरपालिका–४ का ३० वर्षीय उमेश कुमार चौधरीको पनि चट्याङ लागेर मृत्यु भएको छ । मोरङ केराबारी गाउँपालिका–४ का चित्रबहादुर राईको ११ वर्षीय छोरा श्याम राईलाई मंगलबार नै स्थानीय गोगुने खोलाले बगाउँदा मृत्यु भयो । मोरङकै सुन्दरहरैंचा–५ स्थित बुढीखोलामा माछा मार्ने क्रममा खोलाले बगाएर एक जनाको मृत्यु भएको छ भने २ जना बेपत्ता भएका छन् ।

मृत्यु हुनेमा सुन्दरहरैचा–५ की २२ वर्षीया प्रेमकला चौधरी छन् । सोही खोलाले बगाएका स्थानीय ६० वर्षीय असरादेवी चौधरी र ३० वर्षीया फुला चौधरी अहिलेसम्म बेपत्ता छन् ।

उता, झापाको मेचीनगर नगरपालिका–१४ स्थित फूलबासा खोलामा डुब्दा एक जना बालकको मृत्यु भएको छ । मंगलबार बेलुका मेचीनगर–१४ का बामरा सतारको डेढ वर्षका छोरा रिहान सतार घर नजिकै रहेको फूलवासा खोलामा खेल्ने क्रममा अचानक डुबेका थिए ।

यस्तै ओखलढुङ्गाको चिसंखुगढी गाउँपालिका–५ थुम्की स्थितमा पहिरोले घर पुरिँदा एक जना महिलाको मृत्यु भएको छ । अविरल वर्षाको कारण बुधबार बिहान स्थानीय बाबुराम खत्रीको एक तले कच्ची घर र गोठसमेत पहिरोले पुर्दा घरभित्र बसेका ३९ वर्षीय बाबुराम खत्री, उनको ३५ वर्षीय श्रीमती देव कुमारी खत्री र १८ वर्षीय छोरी मेनुका खत्री समेत पुरिएका थिए । प्रहरीको उद्धार टोली र स्थानीयको सहयोगमा बाबुराम खत्री र छोरी मेनुकालाई सकुशल उद्धार गरिए पनि देव कुमारी खत्रीको भने मृत्यु भएको हो ।

यस्तै झापाको कचनकवल गाउँपालिका–३ ठुलो केचना बस्ने हरिप्रसाद राजवंशीको १२ वर्षीय छोरी मनिषा राजवंशीको सर्पले डसेर मृत्यु भएको छ । आफ्नै भण्डार कोठाभित्र टेबल निकाल्ने क्रममा उनलाई विषालु सर्पले टोकेको थियो ।

यस्तै मोरङको रंगेली नगरपालिका ४ मा ४५ वर्षका योगेन्द्र मण्डललाई बाढीले बगाएको छ । उनी अहिलेसम्म फेला पर्न सकेका छैनन् । प्रहरीले उनको खोजी गरिरहेको जनाएको छ । 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

राष्ट्रिय कविता महोत्सव२०८१'का उत्कृष्ट १० जना कविलाई पुरस्कृत

काठमाडौं ।  नेपाल प्रज्ञा-प्रतिष्ठानको ६७ औँ वार्षिकोत्सवका उपलक्ष्यमा आयोजित राष्ट्रिय कविता महोत्सव २०८१ मा उत्कृष्ट घोषित १० जना कविलाई पुरस्कृत गर...

गुणस्तहीन सामान र अंकित मूल्यभन्दा बढी लिएर बिक्री गरे कारबाही हुन्छः काठमाडौं महानगरपालिका

काठमाडौं ।  काठमाडौं महानगरपालिकाले व्यापार व्यवसाय गर्ने व्यक्ति, कम्पनी तथा निकायहरुलाई मूल्य सूची पसलको अग्रभागमा राख्न सचेत गराएको छ। महानगरपाल...

जापानको भावी प्रधानमन्त्री बन्ने दौडमा एलडिपी नेता

काठमाडौं । जापानमा आगामी शुक्रबार हुने निर्वाचनले पहिलो महिला र सबैभन्दा कान्छो प्रधानमन्त्री पाउने सम्भावनासहित पार्टीको नेता चयनमा जापानको सत्तारुढ ...

भेरानको फुटबलबाट सन्यास

काठमाडौँ । फ्रान्सका सेन्ट्रल ब्याक राफेल भेरानले फुटबलबाट सन्यास लिएका छन् । ३१ बर्षिय स्टार खेलाडीले लगातारको इन्जूरीपछि सन्यासको निर्णय गरेका हुन् ...

असोज १९ गते आन्टरप्रेनर समिट आयोजना हुँदै

एशिया प्यासिफिक क्षेत्रका उद्यमी र लगानीकर्ता पनि आउने

विराटनगरबाट स्रोत नखुलेको ७ लाख रूपैयाँ सहित दुई जना पक्राउ

विराटनगर । विराटनगरबाट  स्रोत नखुलेको ७ लाख रूपैयाँ सहित दुई जना पक्राउ परेका छन् । विराटनगर महानगरपालिका–१७ स्थित मटेरूवाबाट उनीहरु  पक्र्राउ प्रेका ...

विद्यार्थी कल्याण समाज बिपी प्रतिष्ठानको अध्यक्षमा देव निर्वाचित

सुनसरी ।    विद्यार्थी कल्याण समाज  बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको अध्यक्षमा नवराज कुमार देव निर्वाचित भएका छन् । महासचिवमा भने स...

४९ अंकले उकाकालो लागेको बजारमा कारोबार रकम ओरालो

काठमाडौं । आज शेयर बजार भारी अंकले बढेको छ । आज शेयर बजार नेप्से परिसूचक ४९ दशलमव १८ अंकले बढेर २,५१९.५७ को विन्दुमा कायम भएको छ । आज २२३ कम्पनीको शेय...

स्वास्थ्य बिमाको भुक्तानी नपाउँदा समस्या

म्याग्दी । राष्ट्रिय स्वास्थ्य बिमा बोर्डले बिरामीको औषधि उपचारबापतको रकम भुक्तानी नगर्दा म्याग्दीको बेनी अस्पतालमा समस्या भएको छ । अस्पतालले गत पुसदे...

चीनले दशकौंपछि गर्यो अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइल परीक्षण

काठमाडौँ । चीनले प्रशान्त महासागरमा अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइल सफलतापूर्वक प्रक्षेपण गरेको दाबी गरेको छ । यसमा डमी वारहेड प्रयोग गरिएको बताइएको ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy