Ntc summer Offer
Khabar Dabali ९ आश्विन २०८१ बुधबार | 25th September, 2024 Wed
NIMB

विद्यार्थी कल्याण समाज बिपी प्रतिष्ठानको अध्यक्षमा देव निर्वाचित

खबरडबली संवाददाता

सुनसरी ।    विद्यार्थी कल्याण समाज  बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको अध्यक्षमा नवराज कुमार देव निर्वाचित भएका छन् ।

महासचिवमा भने सुविन कुमार साह निर्विरोध निर्वाचित भए ।   प्रतिष्ठानमा एमबिबिएस दोस्रो वर्षमा अध्ययनरत देव निकटतम प्रतिद्वन्द्व लाई  २ सय ५२ मतले पछि पार्दै २ वर्षे कार्यकालको लागी समाजको अध्यक्षमा निर्वाचित भएका हुन् । 

शनिवार प्रतिष्ठानमा भएको समाजको निर्वाचनमा अध्यक्षका लागी ७ जनाले प्रतिस्पर्धा गरेका थिए । देवको निकटतम प्रतिद्वन्द्वी जमुना वनले २सय ९३ मत पाएकी थिइन भने अध्यक्षका अर्का उम्मेदवार दिवस पन्थले २सय५५ मत पाएका थिए । अध्यक्षका अन्य प्रतिष्पर्धीहरुले क्रमशः कृष्ण कुमार यादवले १सय४६ ,दिपेश कुमार  सिंहले १सय५ र धिरज उदासले १८ मत पाएका थिए । 

वरिष्ठ उपाध्यक्षमा भने ६सय३७ मत ल्याउँदै मो.महमुद नुरी विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्व राजीव रञ्जन दीक्षितले ५सय७६ मत ल्याए ।  जुनियर रेजिडेन्ट तर्फ उपाध्यक्ष डाक्टर विशाल गुरुङ निर्विरोध निर्वाचित भए भने एमबिबिएस तर्फ उपाध्यक्ष सदिच्छा न्यौपाने ६सय ३१ मत ल्याउँदै निर्वाचित हुँदा विडिएस तर्फ उपाध्यक्ष ४सय ९५ मत ल्याउँदै निर्वाचित भए ।

नर्सिङ तर्फ उपाध्यक्षमा कान्तिपुर बास्तोला ७सय१९ मत ल्याउँदै विजयी भइन । सचिवमा ६सय ५४ मत ल्याउँदै राम उद्गार साह विजयी हुँदा कोशाध्यक्षमा ६सय ९४ मत ल्याउँदै हार्दिक गोयल निर्वाचित भए ।  विडिएस तर्फ सदस्यहरूमा अर्जुन यादव (१४२),विजय कुमार यादव(१२०),सुदिप सोनी (११५) विजयी भए  भने नर्सिङ तर्फ गोत्री नाथ(१००)र सकृला घले गुरुङ (९७) विजयी भए । ए. लाइट साइन्स तर्फ सदस्यमा सतरोहन यादव(४६) विजयी हुँदा एम पिएच तर्फ जीवन नारायण कुमार चौहान  र बेसिक साइन्स ( नर्सिङ बाहेक) रचना पुरी निर्विरोध निर्वाचित भए ।

सदस्य  जुनियर रेजिडेन्ट तर्फ डाक्टर तरन्नुम वानो , डाक्टर विष्णु खरेल र डाक्टर अमोल कुमार यादव निर्विरोध निर्वाचित भए । एमबिबिएस तर्फ सदस्यमा भविष्य विष्ट (३३३) सन्दीप विक (३२०)यतेन्द्र यादव (२८४) प्रवीण भट्टराई (२४६) र मो. असररुल अन्सारी (२४४) विजयी भए ।     

नवनिर्वाचित अध्यक्ष देवले प्रतिष्ठानको विकास सँगै विद्यार्थीहरूको हक अधिकारी सुनिश्चितताको लागी सधैँ लागी पर्ने बताए । १६सय ७० मतदाता रहेका समाजको शनिवार भएको निर्वाचनमा १२सय ७८ मत खसेको निर्वाचन आयुक्त प्राध्यापक डाक्टर समसेर श्रेष्ठले जानकारी दिए ।   

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

राष्ट्रिय कविता महोत्सव२०८१'का उत्कृष्ट १० जना कविलाई पुरस्कृत

काठमाडौं ।  नेपाल प्रज्ञा-प्रतिष्ठानको ६७ औँ वार्षिकोत्सवका उपलक्ष्यमा आयोजित राष्ट्रिय कविता महोत्सव २०८१ मा उत्कृष्ट घोषित १० जना कविलाई पुरस्कृत गर...

गुणस्तहीन सामान र अंकित मूल्यभन्दा बढी लिएर बिक्री गरे कारबाही हुन्छः काठमाडौं महानगरपालिका

काठमाडौं ।  काठमाडौं महानगरपालिकाले व्यापार व्यवसाय गर्ने व्यक्ति, कम्पनी तथा निकायहरुलाई मूल्य सूची पसलको अग्रभागमा राख्न सचेत गराएको छ। महानगरपाल...

जापानको भावी प्रधानमन्त्री बन्ने दौडमा एलडिपी नेता

काठमाडौं । जापानमा आगामी शुक्रबार हुने निर्वाचनले पहिलो महिला र सबैभन्दा कान्छो प्रधानमन्त्री पाउने सम्भावनासहित पार्टीको नेता चयनमा जापानको सत्तारुढ ...

भेरानको फुटबलबाट सन्यास

काठमाडौँ । फ्रान्सका सेन्ट्रल ब्याक राफेल भेरानले फुटबलबाट सन्यास लिएका छन् । ३१ बर्षिय स्टार खेलाडीले लगातारको इन्जूरीपछि सन्यासको निर्णय गरेका हुन् ...

असोज १९ गते आन्टरप्रेनर समिट आयोजना हुँदै

एशिया प्यासिफिक क्षेत्रका उद्यमी र लगानीकर्ता पनि आउने

विराटनगरबाट स्रोत नखुलेको ७ लाख रूपैयाँ सहित दुई जना पक्राउ

विराटनगर । विराटनगरबाट  स्रोत नखुलेको ७ लाख रूपैयाँ सहित दुई जना पक्राउ परेका छन् । विराटनगर महानगरपालिका–१७ स्थित मटेरूवाबाट उनीहरु  पक्र्राउ प्रेका ...

विद्यार्थी कल्याण समाज बिपी प्रतिष्ठानको अध्यक्षमा देव निर्वाचित

सुनसरी ।    विद्यार्थी कल्याण समाज  बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको अध्यक्षमा नवराज कुमार देव निर्वाचित भएका छन् । महासचिवमा भने स...

४९ अंकले उकाकालो लागेको बजारमा कारोबार रकम ओरालो

काठमाडौं । आज शेयर बजार भारी अंकले बढेको छ । आज शेयर बजार नेप्से परिसूचक ४९ दशलमव १८ अंकले बढेर २,५१९.५७ को विन्दुमा कायम भएको छ । आज २२३ कम्पनीको शेय...

स्वास्थ्य बिमाको भुक्तानी नपाउँदा समस्या

म्याग्दी । राष्ट्रिय स्वास्थ्य बिमा बोर्डले बिरामीको औषधि उपचारबापतको रकम भुक्तानी नगर्दा म्याग्दीको बेनी अस्पतालमा समस्या भएको छ । अस्पतालले गत पुसदे...

चीनले दशकौंपछि गर्यो अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइल परीक्षण

काठमाडौँ । चीनले प्रशान्त महासागरमा अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइल सफलतापूर्वक प्रक्षेपण गरेको दाबी गरेको छ । यसमा डमी वारहेड प्रयोग गरिएको बताइएको ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy