Khabar Dabali १२ पुष २०८२ शनिबार | 27th December, 2025 Sat
Investment bank

थाइल्याण्डमा १० बर्ष पुरानो चामलको किन हुदै छ चर्चा ?

खबरडबली संवाददाता

काठमाडौँ । नयाँ चामल भन्दा पुरानो चामल धेरै सुगन्धित र स्वादिलो हुन्छ भनेर मानिसहरु अक्सर बन्ने गरेको पाइन्छ । तर प्रश्न यो छ कि १० वर्ष पुरानो भात खानु स्वास्थ्यका लागि राम्रो हो कि होइन ? भर्खरै थाइल्याण्डका वाणिज्यमन्त्री फुमथम भेचायाचाईले १० वर्ष पुरानो भात खाएको मिडिया सार्बजनिक गरेपछि यो विषयमा विश्वभर नयाँ बहस शुरु भएको छ ।

थाई सरकारले हालै लिलामी गरेको १५ हजार टन चामल खान योग्य छ भनी प्रमाणित गर्ने उनीहरुको उद्देश्य थियो । थाई प्रशासनले यस्तो किन गर्यो ? किनकी सरकारको गोदाममा १० वर्ष पुरानो ५४० लाख टन चामल रहेको छ ।

सन् २०११ मा तत्कालीन थाइल्यान्डका प्रधानमन्त्री यंग लिक सिनावात्राले एक विवादास्पद योजना लागू गरेका थिए जसअन्तर्गत ५४० लाख टनभन्दा बढी धान किसानहरूबाट बजार मूल्यभन्दा बढी मूल्यमा खरिद गरिएको थियो तर यो योजनालाई उनीहरूको आर्थिक असफलता मानिएको छ । यो योजना पछि, थाई सरकारले आर्थिक समस्याको सामना गर्नुपर्‍यो किनभने यसले चर्को मूल्यमा यसलाई बेच्न सकेन र सरकारले चामललाई भण्डारमा राख्यो । 

गत महिना थाइल्याण्डका वाणिज्य मन्त्रीले चामल बिक्रीको अनुगमन गर्न समिति गठन गर्ने घोषणा गरेका थिए । जुन १७ मा एक थाई कम्पनी ‘भी८ इन्टरट्रेडिङ’ले ७८ मिलियन डलर बोली लगाएर लिलामी जितेको थियो । तर १० वर्ष पुरानो चामल कति खानयोग्य छ भन्ने कुरामा मानिसहरूले बहस गरिरहेका छन् ।

थाइल्याण्ड विश्वमा सबैभन्दा बढी चामल निर्यात गर्ने देशमा गनिन्छ तर पनि नाफामा चामल बिक्री गर्न सकेको छैन । यस योजनामा सरकारलाई करिब १५ अर्ब रुपैयाँ घाटा भएको अर्थ मन्त्रालयले जनाएको छ ।

२०१४ मा, प्रधानमन्त्री यंग लिक सिनावात्राको सरकार महिनौंको विरोध पछि सैन्य विद्रोहमा परास्त भयो । यसपछि २०१७ सालमा यस योजनाका कारण आर्थिक नोक्सान भएको अभियोगमा उनीविरुद्ध मुद्दा दायर भएको थियो, जसमा उनी लापरवाही गरेको आरोपमा दोषी ठहर भएका थिए ।

चामलको गुणस्तर कस्तो छ ?

ठूला गोदाममा चामल भण्डारण गरिन्छ । गत महिना, थाइल्याण्डका वाणिज्य मन्त्रीले उक्त भण्डारबाट लिएको चामलको गुणस्तर प्रमाणित गर्ने प्रयासमा मिडियाको अगाडि खाएका थिए । वाणिज्य मन्त्री फम्थम वेच्छ्याँईले चामलको दाना अझै सुन्दर देखिएको बताए ।  उनले सञ्चारकर्मीलाई चुनौती दिँदै जुनसुकै चामलको बोरामा प्वाल बनाएर चामलको गुणस्तर जाँच्न सक्ने बताए ।

थाइल्यान्डका वाणिज्य मन्त्रीले उक्त चामलको स्वास्थ्य मन्त्रालयको प्रयोगशालामा परीक्षण गरी नतिजा सञ्चारकर्मीसँग साझा गरेका थिए । उनले अनुसन्धानका क्रममा चामलमा विषाक्त रसायन नभेटिएको बताए ।

प्रयोगशालाका अनुसार त्यो पुरानो चामलको पोषण मूल्य अहिले बजारमा पाइने चामलभन्दा फरक थिएन । च्यानल ३ नामक स्थानीय टेलिभिजन नेटवर्कले स्वतन्त्र प्रयोगशालाबाट चामलको अर्को परीक्षण गराएको र नतिजामा चामल खान सुरक्षित रहेको पाइएको छ।

के चामल खराब हुन्छ ?

संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि सङ्गठन (एफएओ)का अनुसार चामललाई सुख्खा र चिसो ठाउँमा हावा बन्द गर्ने भाँडोमा राखेर लामो समयसम्म भण्डारण गर्न सकिन्छ । त्यस्तै, अमेरिकाको धान महासंघले चामललाई राम्ररी भण्डारण गरेमा ‘लगभग अनिश्चितकालका लागि’ प्रयोगयोग्य रहने बताएको छ ।‘एफएओ’ ले औषधि प्रयोग गर्दा सबै सावधानी अपनाएमा चामलमा असर हुँदैन । चामललाई १० वर्षसम्म भण्डारण गर्दा त्यसको पौष्टिकतामा खासै फरक नपर्ने बताएको छ ।

‘एफएओ’ ले चामलको प्रयोगबाट सबैभन्दा बढी पौष्टिक फाइदा यसमा रहेको उच्च गुणस्तरको स्टार्चबाट हुने गरेको बताएको छ । मानव शरीरले यसलाई ऊर्जामा परिणत गर्छ । एफएओले चामलले सामान्यतया समयसँगै यसको स्वाद गुमाउने तर चामललाई कसरी भण्डारण गरिएको छ भन्ने कुरामा भर पर्ने बताएको छ ।

थाई टिभी एङ्कर सुरायोत सोथासनचन्दले १० वर्ष पुरानो स्टकबाट चमेली चामलको स्वाद लिए । यो सेतो चामल जस्तै स्वादिलो हुने र चमेली चामल जस्तो टाँसिने, नरम र सुगन्धित नभएको उनीहरुले बताए । पूर्वनिर्वाचन समिति सदस्य सोमचाई सरिसोथया कुरानले पनि पुरानो चामलको नमूना चाखे । राम्रो गन्ध नआएको र अलिकति भाँचिएको र मोटोपन पनि कम भएको उनीहरुले बताए ।

यो चामलको के होला ?

थाई राइस एक्सपोर्टर्स एसोसिएसनका अनुसार गत वर्ष थाई चामलको सबैभन्दा ठूलो खरिदकर्ता इन्डोनेसिया र दक्षिण अफ्रिका थिए । थाइल्याण्डमा चामल मिल चलाउने तोता वाङ्दीले पुरानो चामल प्राय गरिब देशहरूमा खपत हुने बताए । दक्षिण अफ्रिका बाहेक, थाइल्याण्डले अन्य धेरै अफ्रिकी देशहरूमा पनि चामल बेच्ने गर्दछ । थाइल्यान्डका वाणिज्यमन्त्री फामथम भेचायाचाइले पनि अफ्रिकी मुलुकमा थाइ चामलको माग रहेको बताउँछन् ।

थाई सरकारले लिलामीको घोषणा गरेपछि अफ्रिकाका सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले त्यो चामलको बारेमा आफ्ना चिन्ताहरू साझा गरिरहेका छन् । केही सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले सामान्य रूपमा अफ्रिकालाई डम्पिङ ग्राउन्डको रूपमा प्रयोग गरिएको टिप्पणी गरेका छन् ।

अर्कोतर्फ केन्या सरकारले मापदण्ड पूरा गर्ने र प्रयोगशालामा परीक्षण गरिसकेका चामल मात्रै आयात गर्न दिने घोषणा गरेको छ । लिलामी विजेता कम्पनी ‘भी८ इन्टरट्रेडिङ’ले चामल खरिदका लागि सम्झौता गर्न ३० दिनको समय दिएको छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची पेस गर्न निर्वाचन आयोगको अनुरोध

काठमाडौँ। निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत उम्मेदवारको बन्दसूची पेस गर्न राजनीतिक दललाई अनुरोध...

बालुवाटारमा प्रधानमन्त्रीले तीन शीर्ष नेतालाई भनिन् : यो घर तपाईंहरूकै हो

काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले बालुवाटार प्रमुख दलका शीर्ष नेतासँग छलफल गरेको छिन् ।  छलफलमा सहभागी नेतालाई सम्बोधन गर्दै उनले भनिन्, ‘यो ...

प्रधानमन्त्री कार्कीले दिइन् तीन दलका शीर्ष नेताहरूलाई चुनावमा सहभागी हुन निम्तो

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताहरूलाई निर्वाचनमा सहभागी हुन औपचारिक निम्तो दिएकी छिन्। शनिबार बालुवाटा...

नेपाली कांग्रेसले महाधिवेशनको कार्यतालिका परिमार्जन गर्ने

काठमाडौँ । नेपाली कांग्रेसले नियमित महाधिवेशन तोकिएको समयमै सम्पन्न गर्ने सुनिश्चितताका लागि महाधिवेशनको कार्यतालिका परिमार्जन गर्ने भएको छ। केही द...

कसैको अस्तित्व समाप्त पारेर एकता सम्भव हुँदैन : मन्त्री घिसिङ

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री एवं उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङले कसैको अस्तित्व समाप्त पारेर राजनीतिक एकता सम्भव नहुने स्...

एमाले सचिवालयको बैठक आइतबार, समानुपातिक उम्मेद्वारलाई अन्तिम रुप दिने मुख्य एजेण्डा

काठमाडौँ। नेकपा (एमाले)ले ११ औं महाधिवेशनपछि पहिलो पटक पार्टीको सचिवालय बैठक बोलाएको छ।   केन्द्रीय कार्यालय सचिव डा। भिष्म अधिकारीका अनुसार समानुप...

बालुवाटारमा प्रधानमन्त्री कार्की र प्रमुख तीन दलका नेताबीच छलफल

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्की र प्रमुख तीन दलका शीर्ष नेताबीच आज प्रतिनिधिसभा निर्वाचनबारे छलफल भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा भए...

रास्वपा र बालेनबीचको निर्णायक वार्ता अनिश्चित, बालेनको प्रस्तावप्रति रास्वपा असहमत

काठमाडौँ । शनिबार निर्णायक हुने भनिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह नेतृत्वको टिमबीचको वार्ता अनिश्चि...

जेनजी आन्दोलनपछि पहिलोपटक बालुवाटार पुगे ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली जेनजी आन्दोलनपछि पहिलोपटक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका छन्। गत भदौ २३ र २४ गते भएक...

स्थानीय उत्पादन प्रवर्द्धन गर्न गोङ्गबुमा कृषि मेला

काठमाडौँ । स्थानीय उत्पादन प्रवर्द्धनका लागि गोङ्गबुमा कृषि मेला आयोजना भएको छ । काठमाडौँ महानगरपालिका वडा २६ को सहकार्य तथा रैथाने एग्री प्रडक्ट नेपा...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending