Khabar Dabali १ असार २०८३ सोमबार | 15th June, 2026 Mon
Investment bank

थाइल्याण्डमा १० बर्ष पुरानो चामलको किन हुदै छ चर्चा ?

खबरडबली संवाददाता

काठमाडौँ । नयाँ चामल भन्दा पुरानो चामल धेरै सुगन्धित र स्वादिलो हुन्छ भनेर मानिसहरु अक्सर बन्ने गरेको पाइन्छ । तर प्रश्न यो छ कि १० वर्ष पुरानो भात खानु स्वास्थ्यका लागि राम्रो हो कि होइन ? भर्खरै थाइल्याण्डका वाणिज्यमन्त्री फुमथम भेचायाचाईले १० वर्ष पुरानो भात खाएको मिडिया सार्बजनिक गरेपछि यो विषयमा विश्वभर नयाँ बहस शुरु भएको छ ।

थाई सरकारले हालै लिलामी गरेको १५ हजार टन चामल खान योग्य छ भनी प्रमाणित गर्ने उनीहरुको उद्देश्य थियो । थाई प्रशासनले यस्तो किन गर्यो ? किनकी सरकारको गोदाममा १० वर्ष पुरानो ५४० लाख टन चामल रहेको छ ।

सन् २०११ मा तत्कालीन थाइल्यान्डका प्रधानमन्त्री यंग लिक सिनावात्राले एक विवादास्पद योजना लागू गरेका थिए जसअन्तर्गत ५४० लाख टनभन्दा बढी धान किसानहरूबाट बजार मूल्यभन्दा बढी मूल्यमा खरिद गरिएको थियो तर यो योजनालाई उनीहरूको आर्थिक असफलता मानिएको छ । यो योजना पछि, थाई सरकारले आर्थिक समस्याको सामना गर्नुपर्‍यो किनभने यसले चर्को मूल्यमा यसलाई बेच्न सकेन र सरकारले चामललाई भण्डारमा राख्यो । 

गत महिना थाइल्याण्डका वाणिज्य मन्त्रीले चामल बिक्रीको अनुगमन गर्न समिति गठन गर्ने घोषणा गरेका थिए । जुन १७ मा एक थाई कम्पनी ‘भी८ इन्टरट्रेडिङ’ले ७८ मिलियन डलर बोली लगाएर लिलामी जितेको थियो । तर १० वर्ष पुरानो चामल कति खानयोग्य छ भन्ने कुरामा मानिसहरूले बहस गरिरहेका छन् ।

थाइल्याण्ड विश्वमा सबैभन्दा बढी चामल निर्यात गर्ने देशमा गनिन्छ तर पनि नाफामा चामल बिक्री गर्न सकेको छैन । यस योजनामा सरकारलाई करिब १५ अर्ब रुपैयाँ घाटा भएको अर्थ मन्त्रालयले जनाएको छ ।

२०१४ मा, प्रधानमन्त्री यंग लिक सिनावात्राको सरकार महिनौंको विरोध पछि सैन्य विद्रोहमा परास्त भयो । यसपछि २०१७ सालमा यस योजनाका कारण आर्थिक नोक्सान भएको अभियोगमा उनीविरुद्ध मुद्दा दायर भएको थियो, जसमा उनी लापरवाही गरेको आरोपमा दोषी ठहर भएका थिए ।

चामलको गुणस्तर कस्तो छ ?

ठूला गोदाममा चामल भण्डारण गरिन्छ । गत महिना, थाइल्याण्डका वाणिज्य मन्त्रीले उक्त भण्डारबाट लिएको चामलको गुणस्तर प्रमाणित गर्ने प्रयासमा मिडियाको अगाडि खाएका थिए । वाणिज्य मन्त्री फम्थम वेच्छ्याँईले चामलको दाना अझै सुन्दर देखिएको बताए ।  उनले सञ्चारकर्मीलाई चुनौती दिँदै जुनसुकै चामलको बोरामा प्वाल बनाएर चामलको गुणस्तर जाँच्न सक्ने बताए ।

थाइल्यान्डका वाणिज्य मन्त्रीले उक्त चामलको स्वास्थ्य मन्त्रालयको प्रयोगशालामा परीक्षण गरी नतिजा सञ्चारकर्मीसँग साझा गरेका थिए । उनले अनुसन्धानका क्रममा चामलमा विषाक्त रसायन नभेटिएको बताए ।

प्रयोगशालाका अनुसार त्यो पुरानो चामलको पोषण मूल्य अहिले बजारमा पाइने चामलभन्दा फरक थिएन । च्यानल ३ नामक स्थानीय टेलिभिजन नेटवर्कले स्वतन्त्र प्रयोगशालाबाट चामलको अर्को परीक्षण गराएको र नतिजामा चामल खान सुरक्षित रहेको पाइएको छ।

के चामल खराब हुन्छ ?

संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि सङ्गठन (एफएओ)का अनुसार चामललाई सुख्खा र चिसो ठाउँमा हावा बन्द गर्ने भाँडोमा राखेर लामो समयसम्म भण्डारण गर्न सकिन्छ । त्यस्तै, अमेरिकाको धान महासंघले चामललाई राम्ररी भण्डारण गरेमा ‘लगभग अनिश्चितकालका लागि’ प्रयोगयोग्य रहने बताएको छ ।‘एफएओ’ ले औषधि प्रयोग गर्दा सबै सावधानी अपनाएमा चामलमा असर हुँदैन । चामललाई १० वर्षसम्म भण्डारण गर्दा त्यसको पौष्टिकतामा खासै फरक नपर्ने बताएको छ ।

‘एफएओ’ ले चामलको प्रयोगबाट सबैभन्दा बढी पौष्टिक फाइदा यसमा रहेको उच्च गुणस्तरको स्टार्चबाट हुने गरेको बताएको छ । मानव शरीरले यसलाई ऊर्जामा परिणत गर्छ । एफएओले चामलले सामान्यतया समयसँगै यसको स्वाद गुमाउने तर चामललाई कसरी भण्डारण गरिएको छ भन्ने कुरामा भर पर्ने बताएको छ ।

थाई टिभी एङ्कर सुरायोत सोथासनचन्दले १० वर्ष पुरानो स्टकबाट चमेली चामलको स्वाद लिए । यो सेतो चामल जस्तै स्वादिलो हुने र चमेली चामल जस्तो टाँसिने, नरम र सुगन्धित नभएको उनीहरुले बताए । पूर्वनिर्वाचन समिति सदस्य सोमचाई सरिसोथया कुरानले पनि पुरानो चामलको नमूना चाखे । राम्रो गन्ध नआएको र अलिकति भाँचिएको र मोटोपन पनि कम भएको उनीहरुले बताए ।

यो चामलको के होला ?

थाई राइस एक्सपोर्टर्स एसोसिएसनका अनुसार गत वर्ष थाई चामलको सबैभन्दा ठूलो खरिदकर्ता इन्डोनेसिया र दक्षिण अफ्रिका थिए । थाइल्याण्डमा चामल मिल चलाउने तोता वाङ्दीले पुरानो चामल प्राय गरिब देशहरूमा खपत हुने बताए । दक्षिण अफ्रिका बाहेक, थाइल्याण्डले अन्य धेरै अफ्रिकी देशहरूमा पनि चामल बेच्ने गर्दछ । थाइल्यान्डका वाणिज्यमन्त्री फामथम भेचायाचाइले पनि अफ्रिकी मुलुकमा थाइ चामलको माग रहेको बताउँछन् ।

थाई सरकारले लिलामीको घोषणा गरेपछि अफ्रिकाका सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले त्यो चामलको बारेमा आफ्ना चिन्ताहरू साझा गरिरहेका छन् । केही सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले सामान्य रूपमा अफ्रिकालाई डम्पिङ ग्राउन्डको रूपमा प्रयोग गरिएको टिप्पणी गरेका छन् ।

अर्कोतर्फ केन्या सरकारले मापदण्ड पूरा गर्ने र प्रयोगशालामा परीक्षण गरिसकेका चामल मात्रै आयात गर्न दिने घोषणा गरेको छ । लिलामी विजेता कम्पनी ‘भी८ इन्टरट्रेडिङ’ले चामल खरिदका लागि सम्झौता गर्न ३० दिनको समय दिएको छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रातभर बसेर करका दर चलायो भन्ने आरोपप्रति मेरो खेद छ: अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले बजेटमा करका दर हेरफेर गरिएको विषयमा उठेका विवादप्रति प्रतिक्रिया दिँदै विगतका अर्थमन्त्रीहरूले समेत यस्ता ...

५० हजार मेट्रिक टन रासायनिक मल आयात अन्तिम चरणमा

काठमाडौँ । सरकारले भारतसँगको सरकार–देखि–सरकार (जीटूजी) सम्झौताअन्तर्गत पहिलो चरणमा ५० हजार मेट्रिक टन रासायनिक मल आयात गर्ने प्रक्रिया अन्तिम चरणमा पु...

सडक पेटी अतिक्रमण तत्काल हटाउन सरकारलाई सर्वोच्चको निर्देशन

काठमाडौं । सर्वोच्च अदालतले नागरिकको दैनिक जीवन, आवतजावत र सुरक्षासँग प्रत्यक्ष रूपमा जोडिएका सार्वजनिक संरचनाको व्यवस्थापनमा विशेष ध्यान दिन सरकारलाई...

बेटी पढाऊ, बेटी बचाऊ कार्यक्रम परिमार्जन, अब ‘मुख्यमन्त्री महिला स्वरोजगार कार्यक्रम’ लागू

जनकपुर । मधेश सरकारले २०७५ सालमा सुरु गरेको चर्चित ‘बेटी पढाऊ, बेटी बचाऊ’ कार्यक्रमलाई परिमार्जन गर्दै नयाँ स्वरूपमा कार्यान्वयन गर्ने भएको छ। ...

नेप्से परिसूचक १२ दशमलव २६ अङ्कले घट्यो

काठमाडौँ। धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १२ दशमलव २६ अङ्कले ओराल...

रेबिज खोप अभावको कारण जुम्लाकी ८ वर्षीया बालिकाको मृत्यु

जुम्ला। तातोपानी गाउँपालिका–१ राँकाकी ८ वर्षीया समिता कामीको रेबिज विरुद्धको खोप समयमै नपाउँदा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा आ...

प्रधानमन्त्री बालेनलाई विश्वप्रकाशको आग्रह: मन्त्रीहरूको बोलीमा नियन्त्रण गर्नुस्

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले सरकारका मन्त्रीहरूको सार्वजनिक अभिव्यक्तिमा संयम अपनाउन प्रधानमन्त्री बालेन्द्र शाह लाई आग्र...

सुस्ता समस्या समाधानको पहल, सुस्तावासीसँग छलफल

पश्चिम नवलपरासी। एक साताअघि भारतीय सशस्त्र सिमा बल(एसएसबी) को टोली हतियारसहित पश्चिम नवलपरासीको सुस्तास्थित नेपाली भूमिमा प्रवेश गरेको विषयलाई लिएर सम...

मधेश प्रदेशले ल्यायो ४१ अर्ब १३ करोड ८६ लाखको बजेट

जनकपुरधाम। मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ४१ अर्ब १३ करोड ८६ लाखको बजेट ल्याएको छ । प्रदेशका अर्थमन्त्री युवराज भट्टराईले सो...

ढिलासुस्तीमा नागरिकलाई क्षतिपूर्ति दिने मधेस सरकारको घोषणा

जनकपुरधाम । मधेस प्रदेश सरकारले सरकारी निकायमा हुने ढिलासुस्तीका कारण सेवाग्राहीलाई क्षतिपूर्ति दिने व्यवस्था लागू गर्ने जनाएको छ। आर्थिक वर्ष २०८३...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending