Ntc summer Offer
Khabar Dabali १० आश्विन २०८१ बिहीबार | 26th September, 2024 Thu
NIMB

हदबन्दीको जग्गामा पतञ्जलीको रजाइँ

खबरडबली संवाददाता

काठमाडौं । गैरनाफामूलक ट्रस्टका रूपमा दर्ता भएको पतञ्जली योगपीठ तथा आयुर्वेद कम्पनी नेपालले उद्योग सञ्चालन गर्न  हदबन्दी छुटमा पाएको ८१५ रोपनी जग्गा हिनामिनाबारे नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले अनुसन्धान सुरु गरेको छ ।

२०६६ माघ १८ गतेको  मन्त्रीपरिषद्को विधायन समितिको सिफारिसमा सरकारले काभ्रेपलाञ्चोक चलाल गणेश तथा श्रीखण्डपुर (साबिक गाविस) मा रहेको ८१५ रोपनी जग्गा पतञ्जली योगपीठ तथा आयुर्वेद कम्पनीलाई हदबन्दी छुटमा खरिद गर्न दिने निर्णय गरेको थियो ।

सिआइबीका प्रवक्ता होविन्द्र बोगटीले हदबन्दी छुटमा पतञ्जली योगपीठले पाएको जग्गा गैरकानुनी रूपमा बिक्री गरेकोबारे विस्तृत अनुसन्धान सुरु भएको जानकारी दिए । अनुसन्धान सुरु गर्नुअघि मङ्गलबार ब्युरोका प्रहरी उपरीक्षकसमेत रहेका होविन्द्र बोगटीको नेतृत्वको सिआइबी टोलीले हिनामिना भएको सो जग्गाको स्थलगत निरीक्षणसमेत गरिसकेको छ । 

बोगटीले भने, “पतञ्जली योगपीठले आयुर्वेद फर्म चलाउन भनी अनुमति पाएको ८१५ रोपनी जग्गामध्ये ५९२ रोपनी जग्गा पतञ्जली योगपीठले न्यूनतम मूल्यमा खरिद गरी ३५३ रोपनी जग्गा करोडौँ मूल्यमा अनधिकृत तवरले बिक्री गरेको पाइएको छ । यसबारे हामीले विस्तृत रूपमा अनुसन्धान सुरु गरेका छौँ ।” 

पतञ्जली योगपीठले ३५३ रोपनी जग्गा जम्मा चार करोड रुपियाँमा काष्ठमण्डप बिजनेस होम्स प्रालिलाई बेचेको पाइएको सिआइबीले जनाएको छ । 

भारतीय योगगुरु रामदेवको नाममा रहेको पतञ्जली योगपीठ तथा आयुर्वेद कम्पनी बालकृष्ण आचार्य, शालिग्राम सिंह, राजेन्द्र सिंह र उमेश सर्राफको नाममा २०६४ पुस २० गते नेपालमा दर्ता भएको थियो । कम्पनीका नेपाल प्रमुख (ट्रस्टी) शालिग्राम सिंहमार्फत नेपालमा पतञ्जलीको आर्थिक कारोबार भइरहेको छ ।

 भूमि व्यवस्थासम्बन्धी ऐन, २०२१ को दफा १२  अनुसार उद्योगरप्रतिष्ठान सञ्चालन गर्न हदबन्दी छुटमा  खरिद गर्न वा भाडामा लिन पाउने व्यवस्था रहे पनि जुन प्रयोजनका लागि खरिद गरिएको हो त्यसविपरीत प्रयोग, सट्टापट्टा तथा बिक्रीवितरण गर्न कानुनले नै रोक लगाएको छ । झापाको गिरीबन्धु टी–स्टेटको जग्गा हिनामिना प्रकरणमा २०८० माघ २४ को सर्वोच्च अदालतले गरेको फैसलामा समेत यसैलाई सदर गरेको छ ।

झन्डै ३५४ रोपनी जग्गा प्लटिङका लागि बिक्री  गरेको र पुनः १०३ रोपनी जग्गा पतञ्जली योगपीठले खरिद गरेको पाइएको छ । सिआइबीले  स्थलगत अनुगमन, मन्त्रीपरिषद्, भूमि व्यवस्था मन्त्रालय र विभागबाट भएका विभिन्न मितिका निर्णय, पतञ्जलीको कारोबार तथा भूमिसम्बन्धी कागजपत्र सङ्कलन गरी अनुसन्धान अघि बढाएको जनाएको छ । सरकारी अभिलेखमा भने उक्त जग्गा किनबेच गर्दा प्रति रोपनी सरदर एक लाखका दरले सरकारलाई राजस्व बुझाइएको र बिक्री गर्दा चार करोड देखाइएको पाइएको र यथार्थ कारोबार १० औँ गुण बढी रहेको सिआइबीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

राष्ट्रिय कविता महोत्सव२०८१'का उत्कृष्ट १० जना कविलाई पुरस्कृत

काठमाडौं ।  नेपाल प्रज्ञा-प्रतिष्ठानको ६७ औँ वार्षिकोत्सवका उपलक्ष्यमा आयोजित राष्ट्रिय कविता महोत्सव २०८१ मा उत्कृष्ट घोषित १० जना कविलाई पुरस्कृत गर...

गुणस्तहीन सामान र अंकित मूल्यभन्दा बढी लिएर बिक्री गरे कारबाही हुन्छः काठमाडौं महानगरपालिका

काठमाडौं ।  काठमाडौं महानगरपालिकाले व्यापार व्यवसाय गर्ने व्यक्ति, कम्पनी तथा निकायहरुलाई मूल्य सूची पसलको अग्रभागमा राख्न सचेत गराएको छ। महानगरपाल...

जापानको भावी प्रधानमन्त्री बन्ने दौडमा एलडिपी नेता

काठमाडौं । जापानमा आगामी शुक्रबार हुने निर्वाचनले पहिलो महिला र सबैभन्दा कान्छो प्रधानमन्त्री पाउने सम्भावनासहित पार्टीको नेता चयनमा जापानको सत्तारुढ ...

भेरानको फुटबलबाट सन्यास

काठमाडौँ । फ्रान्सका सेन्ट्रल ब्याक राफेल भेरानले फुटबलबाट सन्यास लिएका छन् । ३१ बर्षिय स्टार खेलाडीले लगातारको इन्जूरीपछि सन्यासको निर्णय गरेका हुन् ...

असोज १९ गते आन्टरप्रेनर समिट आयोजना हुँदै

एशिया प्यासिफिक क्षेत्रका उद्यमी र लगानीकर्ता पनि आउने

विराटनगरबाट स्रोत नखुलेको ७ लाख रूपैयाँ सहित दुई जना पक्राउ

विराटनगर । विराटनगरबाट  स्रोत नखुलेको ७ लाख रूपैयाँ सहित दुई जना पक्राउ परेका छन् । विराटनगर महानगरपालिका–१७ स्थित मटेरूवाबाट उनीहरु  पक्र्राउ प्रेका ...

विद्यार्थी कल्याण समाज बिपी प्रतिष्ठानको अध्यक्षमा देव निर्वाचित

सुनसरी ।    विद्यार्थी कल्याण समाज  बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको अध्यक्षमा नवराज कुमार देव निर्वाचित भएका छन् । महासचिवमा भने स...

४९ अंकले उकाकालो लागेको बजारमा कारोबार रकम ओरालो

काठमाडौं । आज शेयर बजार भारी अंकले बढेको छ । आज शेयर बजार नेप्से परिसूचक ४९ दशलमव १८ अंकले बढेर २,५१९.५७ को विन्दुमा कायम भएको छ । आज २२३ कम्पनीको शेय...

स्वास्थ्य बिमाको भुक्तानी नपाउँदा समस्या

म्याग्दी । राष्ट्रिय स्वास्थ्य बिमा बोर्डले बिरामीको औषधि उपचारबापतको रकम भुक्तानी नगर्दा म्याग्दीको बेनी अस्पतालमा समस्या भएको छ । अस्पतालले गत पुसदे...

चीनले दशकौंपछि गर्यो अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइल परीक्षण

काठमाडौँ । चीनले प्रशान्त महासागरमा अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइल सफलतापूर्वक प्रक्षेपण गरेको दाबी गरेको छ । यसमा डमी वारहेड प्रयोग गरिएको बताइएको ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy