Ntc summer Offer
Khabar Dabali १० आश्विन २०८१ बिहीबार | 26th September, 2024 Thu
NIMB

राष्ट्रिय परिचयपत्र बनाउने नाममा ज्येष्ठ नागरिकलाई सास्ती

खबरडबली संवाददाता

काठमाडाैं  ।   उखरमाउलो गर्मीमा ज्येष्ठ नागरिकले राष्ट्रिय परिचयपत्र बनाउन सास्ती खेप्नुपरेको छ । आगामी आर्थिक वर्षदेखि सामाजिक सुरक्षा भत्तालिन राष्ट्रिय परिचयपत्र अनिवार्य गरिएसँगै  जिल्ला प्रशासन कार्यालय दार्चुलामा परिचयपत्र बनाउनेको भीड लागेको हो ।

विगत दुई हप्ता बढी समयदेखि सयौँका सङ्ख्यामा ज्येष्ठ नागरिकको प्रशासनमा भीड लागेको छ । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले पहिलो चरणमा २८ वटा जिल्लामा आगामी साउनदेखि सामाजिक सुरक्षा भत्ता नवीकरण गर्न राष्ट्रिय परिचयपत्र अनिवार्य गरेको छ । पहिलो चरणमा दार्चुला जिल्लालाई समावेश गरिएको छैन ।  राष्ट्रिय परिचयपत्र नबनाए भत्ता पाइँदैन भन्ने हल्ला फैलिएसँगै ज्येष्ठ नागरिक सकी नसकी परिचयपत्रको नम्बर लिन प्रशासन धाइरहेका छन् ।

स्थानीयवासी मोहन भट्टले भने, “ज्येष्ठ नागरिकको सहजताका लागि वडा कार्यालयबाटै परिचयपत्र बनाउने कामको थालनी गरे सहज हुने थियो ।” राष्ट्रिय परिचयपत्र बनाउन आएका अधिकांशले परिचयपत्र निर्माणकार्यलाई पालिकास्तरबाट सहज बनाउन माग गरेका छन् ।

पहिलो चरणमा कञ्चनपुर, कैलाली, सुर्खेत, बर्दिया, बाँके, दाङ, कपिलवस्तु, रुपन्देही, रौतहट, सर्लाही, काठमाडौँ, भक्तपुर, ललितपुर, सिन्धुली, मकवानपुर, चितवन, कास्की, तनहुँ, पर्सा, बारा, महोत्तरी, धनुषा, सिरहा, सप्तरी, उदयपुर, सुनसरी, मोरङ र झापा जिल्लामा मात्रै राष्ट्रिय परिचयपत्र अनिवार्य गरिएको  छ । वैयक्तिक तथा जैविक विवरण समेटिएको बायोमेट्रिक कार्ड राष्ट्रिय परिचयपत्र भएकाले व्यक्ति स्वयं उपस्थित हुनुपर्दछ । स्थानीय तहहरूले धमाधम सूचना जारी गर्दै राष्ट्रिय परिचयपत्र नम्बर लिन जिल्ला प्रशासन जान भनेपछि अहिले सामाजिक सुरक्षा पाउने नागरिक घण्टौँसम्म लाइन लागेर परिचयपत्र बनाउन थालेका छन् ।

स्थानीय तहहरूले सही सूचना प्रवाह गर्न नसक्दा ज्येष्ठ नागरिकले सास्ती व्यहोर्नुपरेको दार्चुलाको शैल्यशिखर नगरपालिका–६ का स्थानीय गोपालसिंह धामीले बताए । सेवाग्राहीको भीडलाई मध्यनजर गरेर आजदेखि जिल्ला प्रशासन कार्यालय दार्चुलामा दुई दर्ता शाखा राखेर काम गरिरहेको प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशीले बताए । यसअघि एकजना मात्र दर्ता अपरेटर भएकाले पनि काममा ढिला हुने गरेको थियो । ज्येष्ठ नागरिकलाई सहज हुनेगरी परिचयपत्र बनाउनेतर्फ सरकारले विशेष ध्यान दिनुपर्ने देखिन्छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

राष्ट्रिय कविता महोत्सव२०८१'का उत्कृष्ट १० जना कविलाई पुरस्कृत

काठमाडौं ।  नेपाल प्रज्ञा-प्रतिष्ठानको ६७ औँ वार्षिकोत्सवका उपलक्ष्यमा आयोजित राष्ट्रिय कविता महोत्सव २०८१ मा उत्कृष्ट घोषित १० जना कविलाई पुरस्कृत गर...

गुणस्तहीन सामान र अंकित मूल्यभन्दा बढी लिएर बिक्री गरे कारबाही हुन्छः काठमाडौं महानगरपालिका

काठमाडौं ।  काठमाडौं महानगरपालिकाले व्यापार व्यवसाय गर्ने व्यक्ति, कम्पनी तथा निकायहरुलाई मूल्य सूची पसलको अग्रभागमा राख्न सचेत गराएको छ। महानगरपाल...

जापानको भावी प्रधानमन्त्री बन्ने दौडमा एलडिपी नेता

काठमाडौं । जापानमा आगामी शुक्रबार हुने निर्वाचनले पहिलो महिला र सबैभन्दा कान्छो प्रधानमन्त्री पाउने सम्भावनासहित पार्टीको नेता चयनमा जापानको सत्तारुढ ...

भेरानको फुटबलबाट सन्यास

काठमाडौँ । फ्रान्सका सेन्ट्रल ब्याक राफेल भेरानले फुटबलबाट सन्यास लिएका छन् । ३१ बर्षिय स्टार खेलाडीले लगातारको इन्जूरीपछि सन्यासको निर्णय गरेका हुन् ...

असोज १९ गते आन्टरप्रेनर समिट आयोजना हुँदै

एशिया प्यासिफिक क्षेत्रका उद्यमी र लगानीकर्ता पनि आउने

विराटनगरबाट स्रोत नखुलेको ७ लाख रूपैयाँ सहित दुई जना पक्राउ

विराटनगर । विराटनगरबाट  स्रोत नखुलेको ७ लाख रूपैयाँ सहित दुई जना पक्राउ परेका छन् । विराटनगर महानगरपालिका–१७ स्थित मटेरूवाबाट उनीहरु  पक्र्राउ प्रेका ...

विद्यार्थी कल्याण समाज बिपी प्रतिष्ठानको अध्यक्षमा देव निर्वाचित

सुनसरी ।    विद्यार्थी कल्याण समाज  बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको अध्यक्षमा नवराज कुमार देव निर्वाचित भएका छन् । महासचिवमा भने स...

४९ अंकले उकाकालो लागेको बजारमा कारोबार रकम ओरालो

काठमाडौं । आज शेयर बजार भारी अंकले बढेको छ । आज शेयर बजार नेप्से परिसूचक ४९ दशलमव १८ अंकले बढेर २,५१९.५७ को विन्दुमा कायम भएको छ । आज २२३ कम्पनीको शेय...

स्वास्थ्य बिमाको भुक्तानी नपाउँदा समस्या

म्याग्दी । राष्ट्रिय स्वास्थ्य बिमा बोर्डले बिरामीको औषधि उपचारबापतको रकम भुक्तानी नगर्दा म्याग्दीको बेनी अस्पतालमा समस्या भएको छ । अस्पतालले गत पुसदे...

चीनले दशकौंपछि गर्यो अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइल परीक्षण

काठमाडौँ । चीनले प्रशान्त महासागरमा अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइल सफलतापूर्वक प्रक्षेपण गरेको दाबी गरेको छ । यसमा डमी वारहेड प्रयोग गरिएको बताइएको ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy