Ntc summer Offer
Khabar Dabali १७ असार २०८१ आईतवार | 30th June, 2024 Sun
NIMB

सिजन लागे सँगै आँपको मूल्य घट्दा गाेलभेँडाकाे मूल्या उकालाे लाग्दै

खबरडबली संवाददाता

काठमाडौं । आँपको मूल्य एक महिनामै किलोमा १३८ रुपैयाँले घटेको छ । वाणिज्य विभागको जेठ २०८१ को मूल्य विश्लेषण प्रतिवेदन अनुसार आँपको मूल्य किलोमा २३३.३३ रुपैयाँबाट ९५ रुपैयाँमा झरेको छ ।

आँपको सिजन सुरु नहुँदै बजारमा आउने उत्पादनले चर्को मूल्य लिने गरेको पाइएको छ ।

प्रतिवेदन अनुसार आँप (मालदह) को ६ जेठको मूल्य प्रतिकिलो २३३.३३ रुपैयाँ रहेको रेकर्ड छ । यो कालिमाटी फलफूल तथा तकारी बजार व्यवस्थापन समितिले पठाएको मूल्यका आधारमा विभागले विश्लेषण गरेको हो ।

जेठ १३  मा मालदह आँपको मूल्य प्रतिकिलो २१० रुपैयाँमा झरेको थियो । जेठ २०  मा मालदह आँपको मूल्य ११० रुपैयाँमा झरेको छ । २७ जेठमा आइपुग्दा मालदहको मूल्य ९५ रुपैयाँमा झरेको विभागको विश्लेषणमा देखिएको छ ।

एक महिनामा आँपको औसत मूल्य प्रतिकिलो १६२.०८ रुपैयाँ रहेको छ ।  दसहरी आँपको मूल्य  जेठ ६ गते प्रतिकिलो १७० रुपैयाँ थियो । जेठ १३  मा १७० नै कायम रहेको दसहरी आँपको मूल्य जेठ २० मा ११० मा झरेको थियो । २७ जेठमा आइपुग्दा ९५ रुपैयाँमा झरेको प्रतिवेदनमा छ ।

कलकत्ते आँप जेठ ६  मा १७० रुपैयाँ प्रतिकिलोमा कारोबार भएको थियो । १३ जेठमा सोही मूल्य कायम थियो । जेठ २०  मा ११० रुपैयाँमा झरेको कलकत्ते आँपको मूल्य २७ जेठमा आउँदा ९५ रुपैयाँमा झरेको प्रतिवेदनमा छ ।

जेठ महिनामा मूल्यमा तीव्र परिवर्तन हुने वस्तुमा मालदह र दसहरी आँप अगाडि छन् । यी दुई वस्तुको मूल्यमा क्रमशः ५९.२९ र ५४।७६ प्रतिशतको परिवर्तन रहेको छ ।

जेठ महिनामा उच्च मूल्य परिवर्तन भएका वस्तुमा भने गोलभेँडा सानो (लोकल) सबैभन्दा अगाडि छ ।

जेठ ६  मा ५५ रुपैयाँ प्रतिकिलो रहेको गोलभेँडाको मूल्य जेठ २७ मा ३७.३३ रुपैयाँमा झरेको थियो । यो ६७.८७ प्रतिशतको परिवर्तन हो ।

हरियो धनिया ६ जेठमा ३२६ रुपैयाँमा कारोबार भएको थियो । जुन जेठ २७ मा पुग्दा २१६ रुपैयाँमा झरेको थियो । यो ६६.३३ प्रतिशतको उतारचढाव हो ।

स्थिर मूल्य भएका तरकारी र फलफुलमा आलु रातो प्रतिकिलो ४७, तने बोडी ९५ रुपैयाँ, मकै बोडी ९५ रुपैयाँ, मटरकोसा १७० र पाकेको फर्सी ४० रुपैयाँ रहेका छन् ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सुनचाँदीको मुल्य उकालाे लाग्दै, कतिमा हुँदै छ कारेबार ?

काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्य सामान्य बढेको छ । आइतबार सुनको मुल्य तोलामा २ सयले बढेर तोलाको १ लाख ४२ हजारमा कारोबार भएको छ ।  यस अघि शुक...

कुकुरसँग मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, अर्का घाइते

काठमाडौं । झापाको कमल गाउँपालिकामा कुकुरसँग मोटरसाइकल ठोक्किदा एक युवाको मृत्यु भएको छ । अर्का युवा घाइते भएका छन् । दुर्घटनामा मोटरसाइकलको पछाडी सवार...

नदीहरुमा बाढीको सतह बढ्दो, उच्च सतर्कता अपनाउन आह्वान

काठमाडौं । आगामी ३ दिन नदीहरुमा बाढीको सतह उल्लेख्य रुपमा बढ्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । बाढीले क्षति पनि पु¥याउन सक्ने भएकाले उच्च सतर्क...

नदीहरुमा बाढीको सतह बढ्दो, उच्च सतर्कता अपनाउन आह्वान

काठमाडौं । आगामी ३ दिन नदीहरुमा बाढीको सतह उल्लेख्य रुपमा बढ्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । बाढीले क्षति पनि पु¥याउन सक्ने भएकाले उच्च सतर्क...

क्यान्सर उपचारका लागि नेपाल आएका चिनियाँ नागरिक चितवनमा मृत भेटिए

चितवन । भरतपुरको विपी कोइराला क्यान्सर अस्पतालमा उपचारको लागि आएका चिनियाँ नागरिक मृत भेटिएका छन् । असार १० गते उपचारको लागि क्यान्सर अस्पताल आएका ...

बिजुली बजार सडक खण्डमा फल्चा शैलीमा बस विसौनी निर्माण

काठमाडौं। अरनिको राजमार्गअन्तर्गत बबरमहलबाट बानेश्वरतर्फ बिजुली बजारको पुल पार गरेपछिको सडक खण्डमा निर्माण भएको फल्चा शैलीको बस बिसौनी आजबाट शुभारम्भ ...

बीएण्डबी अस्पतालमा गरियो पहिलोपटक रोबोटबाट सर्जरी

काठमाडौं । ललितपुरको बीएण्डबी अस्पतालमा नेपालमै पहिलोपटक सफल रोबोटिक सर्जरी गरिएको छ । सो अस्पतालमा एकै दिनमा तीनवटा रोबोटिक सर्जरी भएको हो । वरिष्...

प्रधानमन्त्रीले मेसिनबाट रोपे धान

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ले चितवनमा  मेसिनबाट धान रोपेका छन् । प्रधानमन्त्री प्रचण्डले चितवनको रत्ननगरमा आयोजित २१औँ राष्ट्र...

एसईईको नतिजा नराम्रो आएपछि एक छात्राले गरिन् आत्महत्या

दोलखा। एसईईको नतिजा राम्रो नआएपछि दोलखाकोे गौरीशंकर गाउँपालिका वडा नम्बर २ की एक छात्राले आत्महत्या गरेकी छन् । गौरीशंकर गाउँपालिका–२ जुँगुका रामबह...

चक्रपथ विस्तारका लागि सामुहिक दबाब यात्रा

काठमाडौं । चक्रपथ  विस्तारका लागि दबाब यात्रा गरिएको छ । नेपाली कांग्रेसका नेता एवम् प्रतिनिधि सभा सदस्य प्रदीप पौडेलको नेतृत्वमा बिहान कलंकी क्षेत्रब...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy