विभागका सूचना अधिकारी दिनकर कायस्थका अनुसार केही दिनअघि ४१ डिग्री सेल्सियसभन्दा माथि पुगेको तापक्रम शनिबार घटेको छ। नेपालगञ्जमा अधिकतम तापक्रम ४० डिग्री सेल्सियस मापन गरिएको छ भने अन्य स्थानमा तापक्रम सोभन्दा कम रहेको छ। यद्यपि तराईका केही क्षेत्रमा अझै केही दिन तातो मौसम कायम रहने सम्भावना रहेको उनले बताए।
नेपालको पूर्वी भूभागबाट मनसुन प्रवेश गरिसकेको भए पनि देशभर फैलिन सकेको छैन। पूर्वमा मनसुनी वायुको प्रभाव रहे पनि त्यो अझै कमजोर अवस्थामा रहेको विभागले जनाएको छ। स्थानीय तथा पश्चिमी वायु सक्रिय रहेकाले देशका विभिन्न क्षेत्रमा बदली र वर्षा भइरहेको छ।
तनहुँमा सबैभन्दा बढी वर्षा
विभागको शनिबार राति साढे ८ बजेसम्मको अभिलेखअनुसार पछिल्लो २४ घण्टामा सबैभन्दा बढी वर्षा तनहुँमा मापन गरिएको छ। तनहुँमा १३३ मिलिमिटर वर्षा भएको छ, जसलाई धेरै भारी वर्षाको श्रेणीमा राखिएको छ।
यस्तै पर्वतमा ६८ मिलिमिटर, लमजुङमा ६० मिलिमिटर, खोटाङमा ५५.६ मिलिमिटर, कास्कीमा ५१ मिलिमिटर तथा मोरङ र सुनसरीमा ६३/६३ मिलिमिटर वर्षा भएको विभागले जनाएको छ। यी जिल्लाहरूमा पनि भारी वर्षा भएको मानिएको छ।
अन्य धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा भएको भए पनि लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका अधिकांश क्षेत्रमा भने उल्लेख्य वर्षा हुन सकेको छैन।
आगामी केही दिन वर्षाको सम्भावना
विभागले शनिबार साँझ जारी गरेको मौसम पूर्वानुमानअनुसार राति कोसी र गण्डकी प्रदेशका पहाडी भूभाग तथा कोसी प्रदेशका तराईका एक-दुई स्थानमा भारी वर्षा हुन सक्ने सम्भावना छ।
आइतबार पनि कोसी प्रदेशका पहाडी तथा तराई क्षेत्रमा भारी वर्षाको सम्भावना रहेको छ। साथै अन्य प्रदेशका केही स्थानमा पनि मेघगर्जन, चट्याङसहित वर्षा हुने अनुमान गरिएको छ।
यता लुम्बिनी, सुदूरपश्चिम, बागमती र गण्डकी प्रदेशका तराईका केही स्थानमा भने तातो दिनको अवस्था कायम रहन सक्ने विभागले जनाएको छ।
मौसमविद्हरूले वर्षा हुने क्षेत्रका बासिन्दालाई सतर्क रहन र नदी तथा खोलानालाको आसपास विशेष सावधानी अपनाउन आग्रह गरेका छन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ ६ गते, २०८३ - २२:०२
तेहरान । इरानले विश्वकै महत्त्वपूर्ण तेल ढुवानी मार्गमध्ये एक मानिने होर्मुज स्ट्रेट पुनः बन्द गर्ने घोषणा गरेको छ। लेबनानमा जारी इजरायली आक्रमण र अमे...
आषाढ़ ६ गते, २०८३ - २२:००
पाल्पा । कालीगण्डकी नदीमा पौडी खेल्ने क्रममा डुबेर दुई जनाको मृत्यु भएको छ । बिहीबार साँझ नुहाउने क्रममा बगनासकाली गाउँपालिका–६ मन्द्राङस्थित कालीगण्ड...
आषाढ़ ६ गते, २०८३ - २१:४७
काठमाडौं । पछिल्ला केही दिनयता देशका विभिन्न क्षेत्रमा वर्षा सक्रिय बन्दै जाँदा तराईका जिल्लामा तापक्रम घट्न थालेको छ। जल तथा मौसम विज्ञान विभागका अनु...
आषाढ़ ६ गते, २०८३ - २१:३५
चितवन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनअघि बसेको अन्तिम केन्द्रीय समिति बैठक शनिबार राति एकअर्काप्रति ‘सरी’ र ‘धन्यवाद’ व्यक्त गर्दै ...
आषाढ़ ६ गते, २०८३ - २१:२३
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशन सुरु हुन एक दिन बाँकी रहँदा पार्टीले नेतृत्व चयनका लागि उम्मेदवारी शुल्क र आवश्यक म...
आषाढ़ ६ गते, २०८३ - २१:१४
काठमाडौं । सल्ल्यानका पहाडी बस्तीहरूमा कुनै समय ढुङ्गाका छाना, माटोले लिपिएका भित्ताहरू र काठका झ्यालढोकाले सजिएका घरहरू गाउँको पहिचान मानिन्थे। हिउँद...
आषाढ़ ६ गते, २०८३ - ०९:२४
कास्की । पर्यटकीय राजधानी पोखराको प्रमुख पर्यटकीय क्षेत्र लेकसाइडमा खानेपानी अभाव भएपछि होटल व्यवसायीले नेपाल खानेपानी संस्थान पोखराको ध्यानाकर्षण गरा...
आषाढ़ ६ गते, २०८३ - ०९:२१
म्याग्दी । म्याग्दीमा रासायनिक मलको अभाव भएको छ । मुख्य खाद्यान्न बाली धान बाली लगाउने तयारी गरेका र बारीमा चैते मकै लगाएका किसानहरू रासायनिक मल नपाएर...
आषाढ़ ६ गते, २०८३ - ०९:२०
काठमाडौँ । यो वर्षको वैशाखपछि आजसम्म (दुई महिना र केही दिन)को अन्तरालमा विपद्जन्य घटनामा परेर १०५ जनाको मृत्यु भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकर...
आषाढ़ ६ गते, २०८३ - ०९:१३
काठमाडौं । नवलपरासी (पश्चिम) को बर्दघाट नगरपालिका–२ चिसापानीस्थित पूर्व-पश्चिम राजमार्गमा शनिबार बिहान बस र ट्रक एकापसमा ठोक्किँदा एक महिलाको मृत्यु भ...



प्रतिकृया लेख्नुहोस्: