Khabar Dabali ११ चैत्र २०८२ बुधबार | 25th March, 2026 Wed
Investment bank

बुढानीलकण्ठ नगरपालिका १० को प्लाष्टिकजन्य फोहोर संकलन तथा विसर्जन

खबरडबली संवाददाता

काठमाडौं । बिहीबार बिहान सात बजे बुढानीलकण्ठ नगरपालिका वडा नम्बर १० मा जथाभावी फ्याकिएका प्लाष्टिकका बोतल तथा फोहोर उठाइरहेका थिए । करिब तीन सय जना पहेंलो ज्याकेट लगाएर प्लाष्टिकजन्य फोहोरहरू उठाइरहेका ‘प्लास्टिक फुट प्रिन्ट हटाउने अभियान’ का सदस्यहरू हुन्, जसलाई आयोजना गरेको थियो- परमेश्वरको मण्डली विश्व सु-समाचार समाज परिवार ।

कार्बनडाइअक्साइड न्यूनीकरणका लागि आयोजित प्लाष्टिकको ‘फुट प्रिन्ट हटाउन अभियान’ ले बालुवाखानी साप्रेढुंगादेखि निलोपुलसम्मको फोहोर संकलन गरेको थियो । वयस्क, युवा र विद्यार्थीका प्रतिनिधिले ‘संयुक्त घोषणा पत्र’मार्फत, समुद्रमा फ्याँकिने प्लास्टिकजन्य फोहोरलाई रोकथाम गरेर कार्बन उत्सर्जन कम गर्ने, पारिस्थितिक प्रणालीलाई संरक्षण गर्न प्रयत्न गर्ने र प्लास्टिक न्यूनीकरणका लागि सर्वसाधारणमाझ जनचेतना जगाउने लक्ष्य फुट प्रिन्ट हटाउन अभियानको रहेको छ ।

करिब पाँच किलोमिटर आसपासका प्लाष्टिकजन्य पानीको बोतल, प्लास्टिकहरू, कप, स्ट्र, डिस्पोजेबल सामग्री इत्यादि विभिन्न किसिमका फोहोरहरू र घरेलु फोहोरहरू संकलन गरेको थियो । करिब तीन सय बोरा भरिएका प्लाष्टिकजन्य फोहोरलाई स्वयंसेवकहरूले पुन:प्रयाेग गर्न मिल्ने र प्लास्टिकजन्य फोहोरलाई छुट्ट्याएर त्यसलाई विसर्जन पनि गरेको थियो ।

प्लास्टिकको हानिकारक प्रभावबारे अवगत गराउनलाई प्यानलहरू राखेर, सर्वसाधारणलाई प्लास्टिकको फुटप्रिन्ट हटाउनुको महत्त्वबारे जानकारी दिँदै विभिन्न उपायहरू पनि आदानप्रदान गरिएको थियो । बुढानीलकण्ठ नगरपालिकाले गतिविधिको उद्देश्यप्रति पूर्ण सहमति जनाउँदै नगर प्रमुखको समेत सहभागिता थियो । कार्यक्रममा उपस्थित मेयर मीठाराम अधिकारीले भने, ‘प्लाष्टिकजन्य फोहोरहरु संकलन गरेर मात्रै पुग्दैन । यस्तो अभियान त घरघरमा हरेक सदस्यलाई जानकारी दिन आवश्यक छ । व्यक्तिगत रूपमा सचेतना जगाउन सकियो भने अझ प्रभावकारी हुनेछ ।’

आगामी दिनमा पनि यस्ता अभियानहरू निरन्तर गर्न उनले आग्रह गरे । हरेक व्यक्तिलाई सरसफाइका लागि जनचेतना जगाउनुका साथै प्लास्टिक संकलन गरी वडालाई सफा र प्रदूषणरहित बनाउन सघाएको भन्दै मण्डली मण्डली विश्व सु—समाचार समाजलाई वडा नम्बर १० का अध्यक्ष नजराज भट्टराईले धन्यवाद व्यक्त गरे ।

‘नगर र वडाले गर्नुपर्ने काम परमेश्वरको मण्डली विश्व सु—समाचार समाजलाई धन्यवाद,’ उनले भने, ‘हरेक वर्ष एक करोड टन प्लाष्टिकजन्य फोहोर समुद्रमा बगेर जान्छ । प्लाष्टिककै कारण यो धोवीखोला पनि अत्यधिक फोहोर भएको छ । सबैले प्लास्टिकको झोला कम प्रयोग गरियो भने फोहोर पनि कम हुन सक्छ । पृथ्वीलाई सबैले सफा राख्न सक्यो भने पृथ्वीको आयु पनि बढ्ने छ ।’

उनका अनुसार आम नागरिकलाई यो बारे जनचेतना जगाउन समाजका सबै सदस्यलाई बुझाउन आवश्यक रहेको औंलाए । ‘हाम्रो जीवनमा जताततै प्रयोग गरिने प्लास्टिकका कारण वातावरण प्रदूषणको समस्या दिन प्रतिदिन बढ्दैगएको छ । यस ‘प्लास्टिकको फुटप्रिन्ट’ हटाउने अभियानमार्फत स्थानीय समाजलाई अझ स्वस्थ बनाउन र वातावरणलाई सफा पार्न मण्डलीका सन्तहरू एकजुट भएका छन्,’ वी लव फाउण्डेशनकी सदस्य शर्मिला कार्कीले भनिन् ।

अभियानका संयोजक कुमार तामाङले जलवायु परिवर्तनको प्रभावलाई न्यूनीकरण गर्न टेवा पुर्‍याउने कोसिस भएकाे बताए । साथै सन्तहरूले प्लास्टिकको हानिकारक प्रभावबारे अवगत गराउनलाई प्यानलहरू राखेर, सर्वसाधारणलाई प्लास्टिकको फुटप्रिन्ट हटाउनुको महत्त्वबारे जानकारी दिँदै विभिन्न उपायहरू पनि आदानप्रदान गरेका थिए ।

अहिलेसम्म परमेश्वरको मण्डलीले नेपालमा वातावरण सरसफाइ, रक्तदान, प्रकोप राहत, शैक्षिक सहयोग जस्ता विभिन्न क्षेत्रमा प्रेम र सहयोग गरेबापत् बागमती प्रदेशको समाज विकासमन्त्री, नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष, श्री जनता प्राथमिक विद्यालयका प्रधानाध्यापक आदि विभिन्न क्षेत्रका व्यक्तिहरूबाट कदर–पत्र प्राप्त गरेको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: