Khabar Dabali १२ पुष २०८२ शनिबार | 27th December, 2025 Sat
Investment bank

बुढानीलकण्ठ नगरपालिका १० को प्लाष्टिकजन्य फोहोर संकलन तथा विसर्जन

खबरडबली संवाददाता

काठमाडौं । बिहीबार बिहान सात बजे बुढानीलकण्ठ नगरपालिका वडा नम्बर १० मा जथाभावी फ्याकिएका प्लाष्टिकका बोतल तथा फोहोर उठाइरहेका थिए । करिब तीन सय जना पहेंलो ज्याकेट लगाएर प्लाष्टिकजन्य फोहोरहरू उठाइरहेका ‘प्लास्टिक फुट प्रिन्ट हटाउने अभियान’ का सदस्यहरू हुन्, जसलाई आयोजना गरेको थियो- परमेश्वरको मण्डली विश्व सु-समाचार समाज परिवार ।

कार्बनडाइअक्साइड न्यूनीकरणका लागि आयोजित प्लाष्टिकको ‘फुट प्रिन्ट हटाउन अभियान’ ले बालुवाखानी साप्रेढुंगादेखि निलोपुलसम्मको फोहोर संकलन गरेको थियो । वयस्क, युवा र विद्यार्थीका प्रतिनिधिले ‘संयुक्त घोषणा पत्र’मार्फत, समुद्रमा फ्याँकिने प्लास्टिकजन्य फोहोरलाई रोकथाम गरेर कार्बन उत्सर्जन कम गर्ने, पारिस्थितिक प्रणालीलाई संरक्षण गर्न प्रयत्न गर्ने र प्लास्टिक न्यूनीकरणका लागि सर्वसाधारणमाझ जनचेतना जगाउने लक्ष्य फुट प्रिन्ट हटाउन अभियानको रहेको छ ।

करिब पाँच किलोमिटर आसपासका प्लाष्टिकजन्य पानीको बोतल, प्लास्टिकहरू, कप, स्ट्र, डिस्पोजेबल सामग्री इत्यादि विभिन्न किसिमका फोहोरहरू र घरेलु फोहोरहरू संकलन गरेको थियो । करिब तीन सय बोरा भरिएका प्लाष्टिकजन्य फोहोरलाई स्वयंसेवकहरूले पुन:प्रयाेग गर्न मिल्ने र प्लास्टिकजन्य फोहोरलाई छुट्ट्याएर त्यसलाई विसर्जन पनि गरेको थियो ।

प्लास्टिकको हानिकारक प्रभावबारे अवगत गराउनलाई प्यानलहरू राखेर, सर्वसाधारणलाई प्लास्टिकको फुटप्रिन्ट हटाउनुको महत्त्वबारे जानकारी दिँदै विभिन्न उपायहरू पनि आदानप्रदान गरिएको थियो । बुढानीलकण्ठ नगरपालिकाले गतिविधिको उद्देश्यप्रति पूर्ण सहमति जनाउँदै नगर प्रमुखको समेत सहभागिता थियो । कार्यक्रममा उपस्थित मेयर मीठाराम अधिकारीले भने, ‘प्लाष्टिकजन्य फोहोरहरु संकलन गरेर मात्रै पुग्दैन । यस्तो अभियान त घरघरमा हरेक सदस्यलाई जानकारी दिन आवश्यक छ । व्यक्तिगत रूपमा सचेतना जगाउन सकियो भने अझ प्रभावकारी हुनेछ ।’

आगामी दिनमा पनि यस्ता अभियानहरू निरन्तर गर्न उनले आग्रह गरे । हरेक व्यक्तिलाई सरसफाइका लागि जनचेतना जगाउनुका साथै प्लास्टिक संकलन गरी वडालाई सफा र प्रदूषणरहित बनाउन सघाएको भन्दै मण्डली मण्डली विश्व सु—समाचार समाजलाई वडा नम्बर १० का अध्यक्ष नजराज भट्टराईले धन्यवाद व्यक्त गरे ।

‘नगर र वडाले गर्नुपर्ने काम परमेश्वरको मण्डली विश्व सु—समाचार समाजलाई धन्यवाद,’ उनले भने, ‘हरेक वर्ष एक करोड टन प्लाष्टिकजन्य फोहोर समुद्रमा बगेर जान्छ । प्लाष्टिककै कारण यो धोवीखोला पनि अत्यधिक फोहोर भएको छ । सबैले प्लास्टिकको झोला कम प्रयोग गरियो भने फोहोर पनि कम हुन सक्छ । पृथ्वीलाई सबैले सफा राख्न सक्यो भने पृथ्वीको आयु पनि बढ्ने छ ।’

उनका अनुसार आम नागरिकलाई यो बारे जनचेतना जगाउन समाजका सबै सदस्यलाई बुझाउन आवश्यक रहेको औंलाए । ‘हाम्रो जीवनमा जताततै प्रयोग गरिने प्लास्टिकका कारण वातावरण प्रदूषणको समस्या दिन प्रतिदिन बढ्दैगएको छ । यस ‘प्लास्टिकको फुटप्रिन्ट’ हटाउने अभियानमार्फत स्थानीय समाजलाई अझ स्वस्थ बनाउन र वातावरणलाई सफा पार्न मण्डलीका सन्तहरू एकजुट भएका छन्,’ वी लव फाउण्डेशनकी सदस्य शर्मिला कार्कीले भनिन् ।

अभियानका संयोजक कुमार तामाङले जलवायु परिवर्तनको प्रभावलाई न्यूनीकरण गर्न टेवा पुर्‍याउने कोसिस भएकाे बताए । साथै सन्तहरूले प्लास्टिकको हानिकारक प्रभावबारे अवगत गराउनलाई प्यानलहरू राखेर, सर्वसाधारणलाई प्लास्टिकको फुटप्रिन्ट हटाउनुको महत्त्वबारे जानकारी दिँदै विभिन्न उपायहरू पनि आदानप्रदान गरेका थिए ।

अहिलेसम्म परमेश्वरको मण्डलीले नेपालमा वातावरण सरसफाइ, रक्तदान, प्रकोप राहत, शैक्षिक सहयोग जस्ता विभिन्न क्षेत्रमा प्रेम र सहयोग गरेबापत् बागमती प्रदेशको समाज विकासमन्त्री, नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष, श्री जनता प्राथमिक विद्यालयका प्रधानाध्यापक आदि विभिन्न क्षेत्रका व्यक्तिहरूबाट कदर–पत्र प्राप्त गरेको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पार्टी परित्याग गरेर स्वतन्त्र बनेकाहरूलाई कांग्रेसमै फर्कन आह्वान

काठमाडौं । नेपाली कांग्रेसले पार्टी परित्याग गरेर स्वतन्त्र बनेकाहरूलाई फर्कन आह्वान गरेको छ । पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले पार्टी छ...

भारतमा बेचिएका १० महिला तथा किशोरीको उद्धार

कञ्चनपुर । माइती नेपाल आवधिक गृह, कञ्चनपुरले भारतमा बेचिएका १० जना महिला तथा किशोरीको उद्धार गरेको छ । विसं २०८१ कात्तिक मसान्तदेखि गत बिहीबारसम्मको ए...

आगामी जनवरी १ देखि रसुवागढी नाका खुल्दै

काठमाडौँ । रसुवागढी–चीन जोड्ने बेलिब्रिज जनवरी १ देखि सञ्चालनमा आउने भएको छ । साे नाका चीन सरकारले जनवरी १ अर्थात् पुस १७ गतेदेखि सञ्चालनमा ल्याउने जा...

निर्वाचन आचारसंहिता ०८२ स्वीकृत, माघ पहिलो सातादेखि लागू गर्ने तयारी

काठमाडौं । निर्वाचन आयोगले २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आचारसंहिता ०८२ स्वीकृत गरेको छ । शनिबार बसेको आयोग बैठकले आचारस...

पखेर–बरङ्जा सडक योजना अन्तिम चरणमा

म्याग्दी । म्याग्दीको मङ्गला गाउँपालिका–३ र ४ नं वडालाई जिल्ला सदरमुकाम बेनी बजारसँग जोड्ने पखेर–बरङ्जा सडक स्तरोन्नतिका लागि सञ्चालन भएको योजना निर्म...

गोलन्जोरका जुनार–सुन्तला बगैँचामा पैसाको बिटो !

सिन्धुली । मौलिक दानेदार फल जुनार उत्पादनको केन्द्र गोलञ्जोर गाउँपालिकाको महाभारत क्षेत्रका किसान मात्र होइन, यहाँका व्यापारीलाई समेत जुनार र सुन्तला ...

धनकुटाबाट नेकपाद्वारा १० उम्मेदवार नाम सिफारिस

काठमाडाैं । आसन्न प्रतिनिधिसभा निर्वाचनको लागि नेपाली कम्युनिष्ट पार्टी धनकुटाले प्रत्यक्ष र समानुपातिकको लागि विभिन्न व्यक्तिहरुलाई उम्मेदवारको रुपमा...

खरबारी सुन्तला बगैँचामा परिणत

म्याग्दी । म्याग्दीको मङ्गला गाउँपालिका–३ भेडाबारी र भोर्लेनीका किसानले भिरालो पाखो खरबारीलाई सुन्तला बगैँचामा परिणत गरेका छन् । कोदो, मकैलगायत परम्पर...

हनुमानढोका दरबार क्षेत्रको मौलिकता जोगाउन सरोकारवालाको जोड

काठमाडौँ । हनुमानढोका दरबार सङ्ग्राहलयकाे मौलिकता संरक्षण गर्न सरोकारवालाहरूले जोड दिएका छन् । हनुमान ढोका दरबार सङ्ग्राहलय विकास समितिको १६औँ स्थापना...

रक्षा खर्च बढाउँदै जापान

टोकियो । जापान सरकारले आर्थिक वर्ष सन् २०२६ का लागि हालसम्मकै सबैभन्दा ठूलो रक्षा बजेट प्रस्ताव गरेको छ । स्थानीय सञ्चारमाध्यमका अनुसार प्रस्तावित रक्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending