Khabar Dabali १२ पुष २०८२ शनिबार | 27th December, 2025 Sat
Investment bank

आधुनिक प्रविधिको प्रयोग गरी धान उत्पादन गरिँदै

खबरडबली संवाददाता

कञ्चनपुर । आधुनिक प्रविधिको प्रयोगरी धान उत्पादन बढाउन प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनाअन्तर्गत कञ्चनपुरमा अनुदानका कार्यक्रम सञ्चालन गरिएका छन् । परियोजना कार्यान्वयन इकाइको समन्वयमा चक्लाबन्दीमा मेसिनको प्रयोग गरी आधुनिक प्रविधिमार्फत धानखेतीका साथै धानको बीउ उत्पादन गर्न थालिएको हो । 

इकाइका कार्यालयका प्रमुख सन्जु रिमालका अनुसार ध्रुवतारा सामुदायिक विकास कृषि सहकारी संस्थाले शुक्लाफाँटा नगरपालिका–१० मा र माता भगवती कृषि सहकारी संस्थाले भीमदत्त नगरपालिका–१२, १४ र १६ मा कार्यक्रम सञ्चालन गरेका छन् । दुवै सहकारीले १५/१५ हेक्टर क्षेत्रफलमा मेसिनको प्रयोग गरी आधुनिक प्रविधिबाट धानखेती गर्न सहजीकरण गरिरहेका उनको भनाइ छ । 

प्लास्टिको ट्रेमा धानको बेर्ना तयार गरी दुवै सहकारीमा आबद्ध किसानले पहिलो पटक धान रोप्ने मेसिनको प्रयोग गरी रोपाइँ गरिरहेका प्रमुख रिमालले बताइन् । “धान रोप्दा लाग्ने लागत खर्चमा कमी ल्याउन मेसिनको प्रयोगलाई प्राथमिकता दिएका छौँ”, उनले भनिन्, “सहकारीमा आबद्ध किसानलाई आवश्यक बीउ, विषादी, सुक्ष्म खाद्यतत्व, जाईम, धान रोप्ने मेसिन, पावर टिलर, मिनी टिलर, पावर टिलरमा लाग्ने रिपर, पावर टिलरको हिले चक्कालगायत सामग्रीमा अनुदानको व्यवस्था गरी उपलब्ध गराएका छौँ ।”

योसँगै कम्बाईन मिल, पेडल थ्रेसर, म्यानुअल, सिँचाइ बोरिङ, ईलेक्ट्रिक स्प्रेयर, माटो चाल्ने मेसिन, मेसिनबाट धान रोपाइँसम्बन्धी तालिम तथा बेर्ना तयारीका लागि आवश्यक फ्रेम, प्लाष्टिकलागायत सामग्रीमा अनुदान सहयोग उपलब्ध गराइएको रिमालले जानकारी दिइन् । उनका अनुसार धु्रवतारा सहकारीलाई परियोजनाका तर्फबाट रु ११ लाख ४३ हजार छ सय २५ अनुदान उपलब्ध गराइएको छ भने सहकारीले रु १० लाख ७७ हजार छ सय २५ रकममा सहकार्य गरेको छ । 

भगवती सहकारीलाई परियोजनाका तर्फबाट रु ११ लाख ९२ हजार छ सय ८८ र सहकारीले रु ११ लाख छ हजार नौ सय ३८ रकम लगानी गरेको छ । मेसिनबाट धान रोपाइँ प्रदर्शन कार्यक्रमअन्तर्गत भीमदत्त–६, ११, १५, १७ र वेदकोट नगरपालिका–९ मा एक/एक हेक्टर क्षेत्रफलका १० प्लटमा पाँच वटा चारपाङ्ग्रे मेसिनको सहताले धान रोपाइँ भइरहेको कार्यालय प्रमुख रिमालले जानकारी दिइन् । 

वेदकोट–३, ४, १० को एक/एक र कृष्णपुर नगरपालिका–१ को दुई स्थानमा गरी पाँच स्थानमा छरुवा प्रविधिमार्फत धानखेती भइरहेको छ । स्वदेशी हाईब्रिड धान जातीय प्रदर्शन कार्यक्रमअन्तर्गत भीमदत्त–१०, १७, १८, १९, वेदकोट–३, कृष्णपुर–१, बेलडाँडी गाउँपालिकामा–२, बेलौरी नगरपालिका–८, पुनर्वास नगरपालिका–३ र ८ मा  १/१ हेक्टर क्षेत्रफलको कूल १० वटा प्लटमा हर्दिनाथ हाईब्रिड–एक धान रोपिएको छ ।

“मसिनो तथा बास्नादार धानको बजारमा अत्यधिक माग छ । स्थानीयस्तरमा उत्पादन नहुँदा बाह्य क्षेत्रबाट आयात गर्नुपर्ने बाध्यता छ”, कार्यालय प्रमुख रिमालले भनिन्, “भीमदत्त–६, ९ र ११ मा एक/एक, वडा नं १० मा चार र वेदकोट–१, बेलौरी नगरपालिका–६ र शुक्लाफाँटा नगरपालिका–४ मा एक/एक वटागरी कूल १० स्थानमा एक/एक हेक्टर क्षेत्रफलको प्लटमा हर्दिनाथ हाईब्रिड–१, हर्दिनाथ–६, युएस–३०५, एमपि–३०३० जातका खेती गर्न किसानलाई अनुदान उपलब्ध गराइएको छ ।” 

कार्यक्रमअन्तर्गत किसानलाई ८५ प्रतिशत अनुदानमा धानको बीउ, विषादी, सुक्ष्म खाद्यतत्व, जाईम, स्प्रेयर, सुपरग्रेन ब्याग, मेसिनबाट रोपाइँका लागि मेसिन अपरेटर, छरुवा धानखेतीअन्तर्गत डिएपी मललगायत कृषि सामग्री उपलब्ध गराइएको उनको भनाइ छ । 

भीमदत्त–१६ स्थित रत्न कृषि बहुउद्देश्यीय सहकारी संस्थाले करिब १५ हेक्टर क्षेत्रफलमा मेसिनबाट धान रोपाइँका लागि करिब तीन हजार चार सय ट्रेमा धानको बेर्ना तयारी गरिएको छ । शुक्लाफाँटा–१० को कञ्चन कृषि वस्तु उत्पादन सङ्कलन तथा प्रशोधन केन्द्रसँग करिब १५ हेक्टर क्षेत्रफलमा धानको सामुदायिक नर्सरी स्थापनाका लागि सम्झौता गरिएको प्रमुख रिमालले जानकारी दिइन् । “यसका लागि बेर्ना तयार गरी धान रोपाइँ अगाडि बढाइएको छ”, उनले भनिन् । 

धान बीउ उत्पादन सहयोग कार्यक्रमअन्तर्गत एक सय हेक्टर क्षेत्रफलमा उत्पादन गर्न बीउ उत्पादन प्रशोधन तथा बजारीकरण कार्यमा संलग्न तीन सहकारी संस्था र दुई बीउ कम्पनीसँग सम्झौता गरी बीउ उत्पादन थालिएको कार्यालय प्रमुख रिमालले बताइन् । उनका अनुसार सोका लागि सम्झौता अनुसार रु ८ लाख बजेट उपलब्ध गराइएको छ । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पार्टी परित्याग गरेर स्वतन्त्र बनेकाहरूलाई कांग्रेसमै फर्कन आह्वान

काठमाडौं । नेपाली कांग्रेसले पार्टी परित्याग गरेर स्वतन्त्र बनेकाहरूलाई फर्कन आह्वान गरेको छ । पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले पार्टी छ...

भारतमा बेचिएका १० महिला तथा किशोरीको उद्धार

कञ्चनपुर । माइती नेपाल आवधिक गृह, कञ्चनपुरले भारतमा बेचिएका १० जना महिला तथा किशोरीको उद्धार गरेको छ । विसं २०८१ कात्तिक मसान्तदेखि गत बिहीबारसम्मको ए...

आगामी जनवरी १ देखि रसुवागढी नाका खुल्दै

काठमाडौँ । रसुवागढी–चीन जोड्ने बेलिब्रिज जनवरी १ देखि सञ्चालनमा आउने भएको छ । साे नाका चीन सरकारले जनवरी १ अर्थात् पुस १७ गतेदेखि सञ्चालनमा ल्याउने जा...

निर्वाचन आचारसंहिता ०८२ स्वीकृत, माघ पहिलो सातादेखि लागू गर्ने तयारी

काठमाडौं । निर्वाचन आयोगले २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आचारसंहिता ०८२ स्वीकृत गरेको छ । शनिबार बसेको आयोग बैठकले आचारस...

पखेर–बरङ्जा सडक योजना अन्तिम चरणमा

म्याग्दी । म्याग्दीको मङ्गला गाउँपालिका–३ र ४ नं वडालाई जिल्ला सदरमुकाम बेनी बजारसँग जोड्ने पखेर–बरङ्जा सडक स्तरोन्नतिका लागि सञ्चालन भएको योजना निर्म...

गोलन्जोरका जुनार–सुन्तला बगैँचामा पैसाको बिटो !

सिन्धुली । मौलिक दानेदार फल जुनार उत्पादनको केन्द्र गोलञ्जोर गाउँपालिकाको महाभारत क्षेत्रका किसान मात्र होइन, यहाँका व्यापारीलाई समेत जुनार र सुन्तला ...

धनकुटाबाट नेकपाद्वारा १० उम्मेदवार नाम सिफारिस

काठमाडाैं । आसन्न प्रतिनिधिसभा निर्वाचनको लागि नेपाली कम्युनिष्ट पार्टी धनकुटाले प्रत्यक्ष र समानुपातिकको लागि विभिन्न व्यक्तिहरुलाई उम्मेदवारको रुपमा...

खरबारी सुन्तला बगैँचामा परिणत

म्याग्दी । म्याग्दीको मङ्गला गाउँपालिका–३ भेडाबारी र भोर्लेनीका किसानले भिरालो पाखो खरबारीलाई सुन्तला बगैँचामा परिणत गरेका छन् । कोदो, मकैलगायत परम्पर...

हनुमानढोका दरबार क्षेत्रको मौलिकता जोगाउन सरोकारवालाको जोड

काठमाडौँ । हनुमानढोका दरबार सङ्ग्राहलयकाे मौलिकता संरक्षण गर्न सरोकारवालाहरूले जोड दिएका छन् । हनुमान ढोका दरबार सङ्ग्राहलय विकास समितिको १६औँ स्थापना...

रक्षा खर्च बढाउँदै जापान

टोकियो । जापान सरकारले आर्थिक वर्ष सन् २०२६ का लागि हालसम्मकै सबैभन्दा ठूलो रक्षा बजेट प्रस्ताव गरेको छ । स्थानीय सञ्चारमाध्यमका अनुसार प्रस्तावित रक्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending