Khabar Dabali १ चैत्र २०८२ आईतवार | 15th March, 2026 Sun
Investment bank

स्थानीयको जीवनस्तर सुधारका लागि ७ शहरमा महत्वकांक्षी परियोजना शुरु गर्दै शहरी विकास मन्त्रालय

खबरडबली संवाददाता

काठमाडौं । शहरी विकास मन्त्रालयले एशियाली विकास बैंक एडिवीको सहयोगमा नेपालका ७ वटा शहरमा स्थानीयको जीवनस्तर सुधार गर्ने महत्वकांक्षी परियोजना शुरु गरेको छ । 

शहरी विकास तथा भवन निर्माण विभागको समन्वय कार्यालय मार्फत संचालन गरिने उक्त परियोजना पोखरा महानगरपालिका, जनकपुर उपमहानगरपालिका र लुम्बिनी प्रदेशका पश्चिमी शहरी कलष्टरका ५ नगरपालिकामा कार्यान्वयन गरिनेछ । 

परियोजनालाई प्रभावकारी ढंगबाट संचालन गर्ने सन्दर्भमा शुक्रवार शहरी विकासमन्त्री धनबहादुर बुढाले एशियाली विकास बैंकका प्रतिनिधीहरुसँग प्रारम्भिक वैठक शुरु गर्नुभएको छ । बैठकमा मन्त्रालयकाा सचिव मणिराम गेलाल, भवन विभागका महानिर्देशक कुमार घिमिरे, उपमहानिर्देशक नारायण भण्डारी लगायतको उपस्थिति थियो । 

उक्त प्रारम्भिक बैठकमा सहभागिता जनाउन एडिवीको मुख्य कार्यालय मनिलाबाट परियोजनाका टिम लिडर प्याट्रिक ल्याभे्ररी, पोर्टफोलियो म्यानेजर हिराकु सोजी लगायत टिम नेपाल आएको थियो । 

वैठकलाई सम्बोधन गर्दै मन्त्री बुढाले स्थनिय सरकारसँग मिलेर निर्देशित कार्ययोजना अनुसार परियोजनालाई अघि बढाउन निर्देशन दिनुभयो । 

शहरी विकास मन्त्रालयको समन्वयमा एडिवीले यसअघि पनि थुप्रै परियोजना सफलतापुर्वक संचालन गरेकोमा खुसी व्यक्त गर्दै मन्त्री बुढाले आगामी दिनमा पनि जनताको जीवनस्तर सुधारका लागि यस्ता खाले परियोजना थप गर्दै लैजानुपर्नेमा जोड दिनुभयो । 

परियोजनाले स्थानीयको जीवनस्तर सुधार गर्न नगरपाकिालको पुर्वाधार र सेवाहरुमा सुधार गर्नुका साथै प्राकृतिक, सांस्कृतिक र पर्यटन प्रर्वद्धनलाई पुनर्जिवित गर्ने लक्ष्य लिएको उक्त परियोजनाका निर्देशक रोशन श्रेष्ठले बताए ।

साथै उक्त परियोजनाले सात नगरपालिका र शहरी विकास तथा भवन निर्माण विभागको संस्थागत क्षमतामा समेत सुधार गर्ने लक्ष्य लिएको छ । 

यस परियोजनाले जलवायु र विपद् जोखिमहरूको विरुद्ध उद्यमशीलता वृद्धि, र दिगो पर्यटन मार्फत स्थानीय आर्थिक वृद्धि प्रदान गर्न अध्ययनसहित भूउपयोग योजना तथा निर्माण गर्ने लक्ष्य राखेको निर्देशक श्रेष्ठले बताए ।   

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

श्रम संस्कृति पार्टीले समानुपातिक सांसदको नाम टुंगो लगायो

सुनसरी । श्रम संस्कृति पार्टीले समानुपातिकतर्फका चार जना सांसदको नाम टुंगो लगाएको छ। धरानमा आज बसेको केन्द्रीय समिति बैठकले नाम टुंगो लगाएको जानकार...

जेनजी प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै माइतीघरमा प्रदर्शन

काठमाडौँ । जेनजी आन्दोलनमा भएको दमनबारे तयार गरिएको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै आइतबार जेनजी अलायन्सका अभियन्ताहरूले माइतीघरमा प्रदर्शन गरेका छ...

प्रधानमन्त्री कार्कीले ओलीलाई गुण्डु पुगेर दिइन् समवेदना

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्की पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई समवेदना दिन भक्तपुरको गुण्डुस्थित उनका निवास पुगेकी छन्। केहीबेरअघि उनी श्...

बालेन शाहलाई संसदीय दलको नेता बनाउने रास्वपाको तयारी

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) लाई संसदीय दलको नेता चयन गर्ने तयारी गरिरहेको जनाएको छ। पार्टीभित...

रास्वपाले समानुपातिक सांसदको नामावली टुंगो लगायो, को - को परे ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक निर्वाचन प्रणालीबाट सांसद बन्ने ५७ जनाको नामावली टुंगो लगाएको छ। आज बसेको सचिवालय बैठ...

बर्दियामा २९ जना उम्मेद्वारको जमानत जफत

गुलरिया। फागुन २१ गते भएको प्रतिनिधि सभा निर्वाचनमा बर्दियाका दुई ओटा निवार्चन क्षेत्रमा भाग लिएका ३६ जना उम्मेद्वार मध्ये २९ जना उम्मेद्वारको जमानत ज...

नेपालमा पश्चिम क्षेत्रबाट वर्षा सुरु, वर्षा गराउने प्रणाली पूर्वतर्फ सर्दै

काठमाडौँ । नेपालको पश्चिम क्षेत्रबाट आज बिहानैदेखि वर्षा सुरु भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले पश्चिम...

यूएईस्थित नेपाली दूतावासद्वारा सुरक्षा सम्बन्धी सचेतना, अफवाह नफैलाउन अपिल

काठमाडौँ । युनाइटेड अरब इमिरेट्स (यूएई) स्थित नेपाली दूतावासले त्यहाँको सुरक्षा परिस्थिति ध्यानमा राख्दै नेपाली समुदायलाई सामाजिक सञ्जालमा अफवाह नफैला...

अमेरिकी लेफ्टिनेन्ट जनरल जोयल बी भोवेल काठमाडौंमा

काठमाडौँ । अमेरिकी सेनाका लेफ्टिनेन्ट जनरल जोयल बी भोवेल नेपाल आएका छन्। पूर्वनिर्धारित कार्यक्रमअनुसार उनले नेपाल भ्रमण गरेका नेपाली सेनाका प्रवक्ता ...

रास्वपाको सचिवालय बैठक भर्चुअल हुने, समानुपातिक सांसद सूची टुंग्याउने

काठमाडौँ । समानुपातिक सांसदहरूको सूची टुंगो लगाउन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक भर्चुअल रूपमा बस्ने भएको छ। बैठक भर्चुअल हुन...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: