Khabar Dabali २९ फाल्गुन २०८२ शुक्रबार | 13th March, 2026 Fri
Investment bank

राप्रपा नेपालमा समाहित भयो नेपाल जनता पार्टी

खबरडबली संवाददाता

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले समान बिचार भएकाहरु एकै ठाउँमा उभिएर देशलाई निकास दिने समय आएको बताएका छन् ।

आज नेपाल जनता पार्टी धिरेन्द्र झा समुहलाई पार्टीमा समाहित गर्दै अध्यक्ष थापाले तराई मधेस क्षेत्रमा पार्टीलाई बलियो बनाउन यो समायोजन महत्त्वपूर्ण कोशेढुङ्गा हुने समेत दाबी गरे । कार्यक्रममा बोल्दै नेपाल जनता पार्टीका  उपाध्यक्ष धिरेन्द्र झाले एजेन्डा स्थापित गर्नको निमित्त कमल थापाको नेतृत्व आबश्यक भएकोले राप्रपा नेपालमा समाहित भएको बताए । आज आयोजित घोषणा सभामा सहमति पत्रमा हस्ताक्षर समेत भएको थियो ।

सहमतिपत्रमा देशमा एउटा बलियो राष्ट्रवादी प्रजातान्त्रिक एवं सम्बर्धनवादी शक्ति निर्माण गर्ने उदेश्यका साथ नेपाल जनता पार्टी श्री धिरेन्द्र झा समुह आज २०८१ असार १६ गतेबाट राप्रपा नेपालमा समाहित भएको, राष्ट्रियताको संरक्षण, प्रजातन्त्रको सुदृढिकरण, संबैधानिक राजसंस्थासहितको प्रजातन्त्र तथा सर्वधर्म समभाव र पुर्ण धार्मिक स्वतन्त्रतासहितको सनातन हिन्दुराष्ट्रको स्थापनाको निम्ति आगामि दिनमा मन, बचन र कर्मले सशक्तरुपमा क्रियाशील रहने हामी प्रतिवद्धता व्यक्त गर्दछौ भनी उल्लेख गरिएको छ ।

राष्ट्रियता, प्रजातन्त्र र सम्बर्धनवाद पार्टीको आधारस्तम्भ हुने, सम्बर्द्धनवादको बैचारिक धरातलमा सुशासनको माध्यमबाट मुलुकको सर्वाङ्गिण आर्थिक बिकास र समृद्धि हाम्रो साझा लक्ष्य हुनेछ । सामाजिक न्याय, समानता, समावेशिता एवं मधेस, पहाड र हिमालको समानुपातिक बिकास हाम्रो प्राथमिकता रहने  तथा सुशासनको माध्यमबाट भ्रष्टाचारको अन्त्य तथा कृषी, पर्यटन एवं उद्योग व्यवसायको प्रवर्द्धनद्वारा देशभित्र रोजगारीको अवसर सिर्जना गर्न हामी प्रयत्नशील रहने बताईएको छ ।

सहमती अनुसार राप्रपा नेपालमा समाहित भएको नेपाल जनता पार्टीका उपाध्यक्ष  धिरेन्द्र झा राप्रपा नेपालके उपाध्यक्ष पदमा रहनु हुनेछ । साथै योग्यता, क्षमता र प्रभावकारिता हेरि पदाधिकारी ,केन्द्रिय सदस्य, बिभाग, क्षेत्रीय समन्वय समिति, जिल्ला र अन्य स्थानिय तहहरुमा सम्माननजनक जिम्मेवारी र भुमिका प्रदान गरिने सहमती भएको राप्रपा नेपाल केन्द्रिय सचिबालयले जनाएको छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

इनिसा विकको बलपूर्वक यौनसम्पर्कले मृत्यु

सुर्खेत । गुर्भाकोट नगरपालिका–६ बडाखोली स्थायी घर भई वीरेन्द्रनगर–१ बस्दै आएकी १६ वर्षीया इनिसा विकको मृत्यु यौनांगको भित्री भाग च्यातिएर अत्यधिक रक्त...

निर्वाचनले देशको राजनीतिक अन्यौलतालाई केही हदसम्म कम गरेको छ : अष्टलक्ष्मी शाक्य

काठमाडौं । नेकपा एमालेकी नेतृ तथा बागमती प्रदेशकी पूर्वमुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले हालै सम्पन्न निर्वाचनले देशको राजनीतिक अन्यौलतालाई केही हदसम्म...

इनिशा विकका बुवा दुबईबाट सुर्खेत आइपुगे, न्याय नपाए शव नबुझ्ने

सुर्खेत । बलात्कारपछि हत्या भएकी १६ वर्षीया इनिशा विकका बुवा इन्द्रबहादुर विक सुर्खेत आइपुगेका छन्। छोरीको हत्या भएको खबर पाएपछि उनी रोजगारीका लागि दु...

बढ्न थाल्यो सहरी क्षेत्रमा तापक्रम

काठमाडौँ । देशका विभिन्न सहरमा यही फागुन २६ देखि २८ गतेसम्म अधिकांश स्थानमा अधिकतम तापक्रम क्रमश: बढ्दै गएको देखिन्छ । जल तथा मौसम विज्ञान विभागको तथ्...

बैठकमा बोल्दै गर्दा ढलेका एमालेका केन्द्रीय सदस्य कृष्ण थापाको निधन

काठमाडौँ । नेकपा एमालेका केन्द्रीय सदस्य तथा कास्की ईन्चार्ज कृष्ण थापाको निधन भएको छ। बिहीबार जिल्ला कमिटीको बैठकमा बोल्दै गर्दा उनी ढलेका थिए। उन...

क्रोसियामा दुर्घटनामा परेका विकको शव ल्याउन ढिलाइ

सल्यान। वैदेशिक रोजगारीका क्रममा क्रोसियामा सवारी दुर्घटनामा परी निधन भएका सल्यानका एक युवकको शव स्वदेश ल्याउन ढिलाइ भएको छ । कुमाख गाउँपालिका–७ जिमाल...

इनिसा विकको न्याय माग गर्दै माइतीघर मण्डलामा प्रदर्शन

काठमाडौं । बलात्कारपछि हत्या भएकी १६ वर्षीया इनिसा विकको न्यायका लागि काठमाडौंमा बिहीबार पनि विरोध प्रदर्शन भएको छ। माइतीघर मण्डलामा भएको प्रदर्शनम...

रास्वपा हिन्दू राष्ट्र बनाउन संविधान संशोधनका लागि तयार भए दुईतिहाइ सिटका लागि हामी सहयोग गर्छाै: कमल थापा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता कमल थापाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) हिन्दू राष्ट्र बनाउन संविधान संशोधनका लागि तय...

कम्बोडियामा अलपत्र परेका १६ नेपाली उद्धार गरी स्वदेश फर्काइयो

काठमाडौं । मानव तस्करको प्रलोभनमा परेर कम्बोडिया पुगेका १६ जना नेपाली उद्धार गरी नेपाल फर्काइएको छ। थाइल्याण्डस्थित नेपाली राजदूतावासको पहल, कम्बोड...

कञ्चनपुरमा जिप–मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

धनगढी । कञ्चनपुरमा जिप र मोटरसाइकल आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्ग अन्तर्गत बेदकोट नगरपालिका–७, लालपुरमा से १ च १४०५...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: