हुम्ला । हिल्साबाट चीनको ताक्लाकोट हुँदै मानसरोवर कैलाशको दर्शन गर्ने धार्मिक पर्यटकहरुको सङ्ख्या बढ्दै गएको छ । कोरोनाको अवधिमा बन्द रहेको हिल्सा नाका चीनले गत वर्षबाट सञ्चालनमा ल्याएपछि मानसरोवर कैलाशको दर्शन गर्ने धार्मिक पर्यटकको सङ्ख्यामा वृद्धि भएको हो ।
गत वैशाख १५ गते यता सिमकोट हुँदै हिल्साबाट चीनको ताक्लाकोटबाट मानसरोवर कैलाशको दर्शन गर्ने धार्मिक पर्यटकको सङ्ख्या हालसम्म ११९ जना पुगेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक नरेन्द्र चन्दले बताए । केरुङ नाकाबाट आएका ४५ जना पर्यटकहरु हिल्साबाट सिमकोट हुँदै नेपालगञ्जतर्फ लागेका थिए ।
गत वर्षबाट हिल्सा नाका चीनले दुई तर्फी खोले पनि जम्मा १७ जना पर्यटकहरुले हिल्साबाट मानसरोवर कैलाशको धार्मिक यात्रा गरेका थिए । उनले गतवर्ष भन्दा पाँच गुण बढीले मानसरोवर कैलाशको दर्शन गरिसकेको र यो क्रममा अझै बढ्ने पर्यटन व्यवसायी गोर्ख लामाले बताए । उनले अझै धेरै समूह आउने तयारी रहेको बताउँदै यस वर्ष पर्यटक आगमन वृद्धि हुने बताए ।
भारतीय धार्मिक पर्यटकहरुलाई हिल्सा नाकाबाट प्रवेश नदिएको कारण एनआए र अन्य देशका पर्यटकहरु आएका छन् । २०७२ सालको भूकम्पपछि हिल्सा नाकाबाट ३१ हजारभन्दा बढी भारतीय लगायतका धार्मिक पर्यटकहरुले हिल्सा नाकाबाट मानसरोवर कैलाशको दर्शन गरेका थिए ।
पर्यटकहरु आउन थालेपछि सीता, तारा र समिट एयरका जहाजले दैनिक उडान भर्न थालेका छन् भने सिमकोटबाट हिल्सासम्म पर्यटक ओसार्नका लागि सिम्रीक एयरको हेलिकोप्टर सिमकोट विमानस्थमलमा नाइट स्टे रहँदै आएको छ ।
यता नेपाली भूमि नाम्खा गाउँपालिका-६ को लाप्चाबाट मानसरोवर कैलाशको दरदर्शन गर्नेको सङ्ख्या पनि दैनिक बढ्दै गएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १२ गते, २०८२ - २०:०८
काठमाडौं । नेपाली कांग्रेसले पार्टी परित्याग गरेर स्वतन्त्र बनेकाहरूलाई फर्कन आह्वान गरेको छ । पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले पार्टी छ...
पौष १२ गते, २०८२ - १९:३४
कञ्चनपुर । माइती नेपाल आवधिक गृह, कञ्चनपुरले भारतमा बेचिएका १० जना महिला तथा किशोरीको उद्धार गरेको छ । विसं २०८१ कात्तिक मसान्तदेखि गत बिहीबारसम्मको ए...
पौष १२ गते, २०८२ - १९:२८
काठमाडौँ । रसुवागढी–चीन जोड्ने बेलिब्रिज जनवरी १ देखि सञ्चालनमा आउने भएको छ । साे नाका चीन सरकारले जनवरी १ अर्थात् पुस १७ गतेदेखि सञ्चालनमा ल्याउने जा...
पौष १२ गते, २०८२ - १९:२३
काठमाडौं । निर्वाचन आयोगले २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आचारसंहिता ०८२ स्वीकृत गरेको छ । शनिबार बसेको आयोग बैठकले आचारस...
पौष १२ गते, २०८२ - १९:१६
म्याग्दी । म्याग्दीको मङ्गला गाउँपालिका–३ र ४ नं वडालाई जिल्ला सदरमुकाम बेनी बजारसँग जोड्ने पखेर–बरङ्जा सडक स्तरोन्नतिका लागि सञ्चालन भएको योजना निर्म...
पौष १२ गते, २०८२ - १९:०५
सिन्धुली । मौलिक दानेदार फल जुनार उत्पादनको केन्द्र गोलञ्जोर गाउँपालिकाको महाभारत क्षेत्रका किसान मात्र होइन, यहाँका व्यापारीलाई समेत जुनार र सुन्तला ...
पौष १२ गते, २०८२ - १८:२३
काठमाडाैं । आसन्न प्रतिनिधिसभा निर्वाचनको लागि नेपाली कम्युनिष्ट पार्टी धनकुटाले प्रत्यक्ष र समानुपातिकको लागि विभिन्न व्यक्तिहरुलाई उम्मेदवारको रुपमा...
पौष १२ गते, २०८२ - १८:२०
म्याग्दी । म्याग्दीको मङ्गला गाउँपालिका–३ भेडाबारी र भोर्लेनीका किसानले भिरालो पाखो खरबारीलाई सुन्तला बगैँचामा परिणत गरेका छन् । कोदो, मकैलगायत परम्पर...
पौष १२ गते, २०८२ - १८:१७
काठमाडौँ । हनुमानढोका दरबार सङ्ग्राहलयकाे मौलिकता संरक्षण गर्न सरोकारवालाहरूले जोड दिएका छन् । हनुमान ढोका दरबार सङ्ग्राहलय विकास समितिको १६औँ स्थापना...
पौष १२ गते, २०८२ - १८:१४
टोकियो । जापान सरकारले आर्थिक वर्ष सन् २०२६ का लागि हालसम्मकै सबैभन्दा ठूलो रक्षा बजेट प्रस्ताव गरेको छ । स्थानीय सञ्चारमाध्यमका अनुसार प्रस्तावित रक्...




प्रतिकृया लेख्नुहोस्: