काठमाडौँ । काठमाडौँ उपत्यका विकास प्राधिकरण ले टोखा नगरपालिका वडा नम्बर ७ अन्तर्गत दाहाल गौडा चोक र वसुन्धरा क्षेत्रमा लामो समयदेखि अतिक्रमणमा परेको सार्वजनिक जग्गा खाली गराएको छ।
प्राधिकरणले सरकारी तथा सार्वजनिक जग्गा मिचेर निर्माण गरिएका अवैध टहरा तथा संरचनाहरूमा आइतबार बिहानैदेखि डोजर चलाएर हटाएको हो। जिल्ला आयुक्तको कार्यालयका अनुसार उक्त क्षेत्रमा करिब १० रोपनी सार्वजनिक जग्गा अतिक्रमण गरी संरचना बनाइएको थियो।
ती संरचनाहरू हटाउन प्राधिकरणले पटक–पटक सूचना जारी गरे पनि अटेर गरिएपछि सुरक्षाकर्मीको सहयोगमा बल प्रयोग गरिएको जनाइएको छ। प्राधिकरणका एक अधिकारीका अनुसार अतिक्रमण हटाउने प्रयास लामो समयदेखि जारी रहे पनि पछिल्लो पटक २०८२ साल असार १५ गते सात दिने सार्वजनिक सूचना जारी गरिएको थियो। तर, त्यसको बेवास्ता भएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौँ सँग समन्वय गरी कारबाही अघि बढाइएको हो।
प्राधिकरणमा परेको उजुरी अनुसार उक्त सार्वजनिक जग्गामा टहरा निर्माण गरी भाडामा लगाएर अवैध रूपमा आम्दानी गरिँदै आएको थियो। सार्वजनिक सम्पत्ति व्यक्तिगत लाभका लागि प्रयोग भएको पाइएपछि प्राधिकरणले कडा कदम चालेको जनाएको छ।
यस विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ले समेत चासो देखाउँदै जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गरेको बुझिएको छ। केही सञ्चारमाध्यम तथा उजुरीहरूमा वडा नम्बर ७ का जनप्रतिनिधिको संलग्नता रहेको चर्चा समेत चलेको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र ९ गते, २०८२ - १५:५७
काठमाडौँ। सङ्घीय संसद् सिंहदरबारभित्रबाटै सञ्चालन हुने तयारीसँगै नवनिर्वाचित ६ राष्ट्रिय दलका संसदीय कार्यालयहरू व्यवस्थापन अन्तिम चरणमा पुगेका छन् । ...
चैत्र ९ गते, २०८२ - १५:५२
काठमाडौँ । हिंसापीडित महिलाका लागि न्याय माग गर्दै पीडित पक्षले राष्ट्रिय महिला आयोगमा नाराबाजी गरेका छन्। ‘महिला अधिकार सुनिश्चित गर’, ‘महिला हिंस...
चैत्र ९ गते, २०८२ - १५:५२
काठमाडौँ । हिंसापीडित महिलाका लागि न्याय माग गर्दै पीडित पक्षले राष्ट्रिय महिला आयोगमा नाराबाजी गरेका छन्। ‘महिला अधिकार सुनिश्चित गर’, ‘महिला हिंस...
चैत्र ९ गते, २०८२ - १५:३२
बिर्तामोड। भारतबाट मलद्वारमा लुकाएर लागुऔषध नेपालतर्फ ल्याउदै गरेको अवस्थामा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । आइतवार साँझ ६ बजे मेचीनगर–६ स्थ...
चैत्र ९ गते, २०८२ - १५:२०
काठमाडौं । नेपाली कांग्रेस ले केन्द्रीय कार्यसमितिको बैठक भोलि (मंगलबार) बस्नेगरी बोलाएको छ। कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलाल का अनुसार बैठक द...
चैत्र ९ गते, २०८२ - १५:०६
काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले प्रतिनिधिसभा सदस्य निर्वाचन सफलतापूर्वक सम्पन्न गर्न भूमिका निर्वाह गर्ने गृह मन्त्रालयका कर्मचारी र सुरक्षा न...
चैत्र ९ गते, २०८२ - १४:२८
काठमाडौँ । काठमाडौँ उपत्यका विकास प्राधिकरण ले टोखा नगरपालिका वडा नम्बर ७ अन्तर्गत दाहाल गौडा चोक र वसुन्धरा क्षेत्रमा लामो समयदेखि अतिक्रमणमा परेको स...
चैत्र ९ गते, २०८२ - १४:१८
पाकिस्तान। पाकिस्तानका विदेश मन्त्री इशाक दारले सोमबार अफगानिस्तानसँगको अस्थायी युद्धविरामको अन्तिम समयमा पाकिस्तान आतङ्कवादको खतरा उन्मूलन गर्न प्रति...
चैत्र ९ गते, २०८२ - १४:१४
मुस्ताङ। मुस्ताङको अर्ध–निषेधित क्षेत्रमा विदेशी पर्यटकले अब एकल पदयात्रा गर्न पाइने भएको छ । विगतमा दुई वा सो भन्दा बढी विदेशी पर्यटकले समुह बनाएर अर...
चैत्र ९ गते, २०८२ - १४:०२
सोल। दक्षिण कोरियाको निर्यात मार्च महिनाका पहिलो २० दिनमा गत वर्षको सोही अवधिसँग तुलना गर्दा ५० प्रतिशतले वृद्धि भएको छ । यो वृद्धि मुख्य रूपमा सेमिकन...


प्रतिकृया लेख्नुहोस्: