Ntc summer Offer
Khabar Dabali २१ असार २०८१ बिहीबार | 4th July, 2024 Thu
NIMB

भारतमा मुसलधारे वर्षाका कारण ११ जनाको मृत्यु

खबरडबली संवाददाता

नयाँ दिल्ली । भारतको राजधानी नयाँ दिल्लीमा अचानक भएको भारी वर्षाका कारण मर्नेको सङ्ख्या ११ जना पुगेको छ । यीमध्ये ४ जनाको मृत्यु जलमग्न अन्डरपासमा डुबेर भएको भन्दै टाइम्स अफ इन्डियाले समाचार छापेको छ ।

वर्षाका कारण राजधानीमा कयौं उडान स्थगित भएका छन् । यो महिनाको सुरुमा दिल्ली अहिलेसम्मकै डरलाग्दो लूको चपेटामा आएको थियो । तर जुन २८ मा इतिहासकै सबैभन्दा धेरै वर्षा भयो । 

एकै दिनमा दिल्लीमा महिनाभरिको औसत वर्ष भयो । मुसलधारे वर्षाका कारण दिल्लीको मुख्य विमानस्थलको छत खस्दा एक जनाको मृत्यु नै भयो । उडानहरू प्रभावित भए । 
अन्डरपास डुबानमा परेका थिए भने सडकमा भयानक ट्राफिक जाम, बिजुली र पानीको आपूर्ति प्रभावित जस्ता समस्या पनि भए । अघिल्लो २४ घण्टाभित्र दिल्लीको मुख्य विमानस्थलबाट हुने झन्डै ६० ओटा उडान रद्द भए । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

मालीमा आतंकवादी आक्रमणमा कम्तीमा २२ को मृत्यु

एजेन्सी । मध्यमालीको बन्दियागारा क्षेत्रको एउटा गाउँमा आतंकवादी आक्रमण हुँदा कम्तीमा २२ स्थानीयको मृत्यु भएको छ। सोमबार साँझ भएको सो घटना ढिलो गरी सार...

आगामी तीन दिनसम्म पश्चिमक्षेत्रमा भारी वर्षाकाे सम्भावना

काठमाडौं । नेपालमा मनसुन न्यून चापीय रेखा थप केही दिन नेपालको दक्षिण भूभाग/सिमाना आसपास नै रहने र मनसुन अझै सक्रिय हुने भएकाले वर्षा जारी रहने भएको छ ...

मन्त्रिपरिषद्को बैठक:प्रधानमन्त्री दाहालले राजीनामा नदिने, विश्वासको मत लिने

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजीनामा नदिने भएका छन् । बिहीबार बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकबाट उनले राजीनामा नदिएर विश्...

नक्कली भुटानी शरणार्थी प्रकरण:बेचन झालाई ५ दिन थुनामा राख्न जिल्ला अदालतको अनुमति

काठमाडौं । जिल्ला अदालत काठमाडौंले नक्कली भुटानी शरणार्थी प्रकरणमा अनुसन्धानका लागि पक्राउ परेका ६२ वर्षीय बेचन झालाई ५ दिन थुनामा राख्न अनुमति दिएको ...

बेनी–जोमसोम सडकखण्डमा राति यात्रा नगर्न अनुराेध

म्याग्दी । बेनी–जोमसोम–कोरला सडकको म्याग्दीखण्डमा बाढीपहिरोको जोखिम रहेकाले रातिको समयमा यात्रा नगर्न जिल्ला प्रशासन कार्यालयले अनुरोध गरेको छ । वर्षा...

नेपाल वायुसेवा निगमको सुधार प्रयास जारी

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को व्यवस्थापकीय, संस्थागत र कानुनी सुधारक...

कोशी प्रदेश मन्त्रिपरिषद् बैठक: तीन समिति गठन

मोरङ । कोशी प्रदेश मन्त्रिपरिषद्को आज बसेको बैठकले तीन मन्त्रीहरूको संयोजकत्वमा तीन वटा समिति गठन गरेको छ । मुख्यमन्त्री हिक्मतकुमार कार्कीको अध्यक्षत...

एमालेले लुम्बिनी सरकारलाई दिएको समर्थन फिर्ता लियो

दाङ । लुम्बिनी प्रदेशमा नेकपा (एमाले)ले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । केन्द्रमा नेपाली कांग्रेस र एमालेको नयाँ समीकरण बनेसँगै लुम्बिनी प्रदेश...

मकवानपुरमा जङ्गली च्याउ खाँदा तीन जनाको मृत्यु

हेटौँडा । मकवानपुरको विभिन्न स्थानमा असार महिना सुरु भएयता जङ्गली च्याउ खाएर एक बालसहित तीन जनाको मृत्यु भएको छ । ३४ जना बिरामी परेका छन् ।  असार ३...

चितवनका एक लाख २८ हजार जना विपद्को जोखिममा

चितवन । चितवन जिल्लामा विपद्बाट २५ हजार पाँच सय ८८ परिवार प्रभावित हुने अनुमान गरिएको छ । यस वर्ष मनसुनजन्य विपद्बाट एक लाख २८ हजार पाँच सय ६५ जना प्र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy