Khabar Dabali २९ फाल्गुन २०८२ शुक्रबार | 13th March, 2026 Fri
Investment bank

मधेशको शिक्षाको अवस्था दयनीय, एकसय विधार्थी एक शिक्षक

खबरडबली संवाददाता

रौतहट । मधेश प्रदेश अन्तर्गतको सामुदायिक विद्यालयको शिक्षाको अवस्था दयनिय रहेको छ।बारा र रौतहटको अधिकांस सरकारी सामुदायिक विद्यालयहरुमा एकसय विधार्थी संख्यामा मात्र एकजना शिक्षक रहेको पाईएको छ ।

राजतन्त्र हुँदै हाल संघीयता सहितको लोकतान्त्रिक व्यवस्था सम्मा आईपुग्दा सरकारी नीतिमा कुनै परिवर्तन भएको देखिएन । नेपाल सरकारको शिक्षा नियमावलीमा प्रती ४० जना बिद्यार्थी संख्यामा एकजना दरबन्दीको शिक्षक हुनुपर्ने रहेको छ । तर बारा रौतहट सहित मधेश प्रदेशको अधिकांश जिल्लाका सामुदायिक विद्यालयहरुमा उक्त शिक्षा नियमावलीको पालना भएको देखिँदैन अर्थात एकजना शिक्षकले बाध्यतावस एकसय बढी विद्यार्थीलाई अध्यापन गराउँदै आएका छन ।

बिधार्थीको अनुपातमा शिक्षकको अवस्था बुझन प्रभु साह नेतृत्वको आमजनता पार्टी कार्यकर्ताले मंगलवार आज गरेको विद्यालय अनुगमनले पनी उक्त कुरालाई पुष्टि भएको छ । गुणस्तरीय शिक्षाका लागि आम जनता पार्टीले मधेश प्रदेशमा बिधार्थीको अनुपातमा शिक्षकको अवस्था बुझन विभिन्न बिधालयहरुका अनुगमन गरिरहेकोछ । यसैक्रममा बाराको श्री नेपाल राष्ट्रिय माध्यमिक बिधालय फेटाको अनुगमन तथा अन्तरक्रिया आजपा प्रदेश अध्यक्ष उमेश कुशवाहाले गरेका छन्। त्यहा झण्डै १०० बिधार्थीमा एक शिक्षक रहेको स्थिति छ ।

मधेश प्रदेशको करिब सबै बिधालयहरुमा अवस्था यही हो । यसमा सुधार गर्न अर्थात् बिधार्थीको अनुपातमा शिक्षकको ब्यवस्था गर्न अब शैक्षिक आन्दोलनको विकल्प न रहेको प्रदेश अध्यक्ष कुशवाहाको भनाई रहेको छ । उता रौतहटको कटहरिया नगरपालिकाका शिक्षा संयोजक अनिल कुमार निधिले बर्तमान अवस्थामा एकसय भन्दा बढी विद्यार्थीको हकमा एकजना शिक्षकको दरबन्दी रहेको देखिन्छ ।

कटहरिया नगरक्षेत्र अन्तर्गत सामुदायिक बिद्यालयहरुमा अध्ययनरत विद्यार्थीहरुको संख्या १२ हजार भन्दा बढी रहेको छ भने शिक्षकको दरबन्दी मात्र १०७ रहेको शिक्षा संयोजक निधिले जानकारी दिएका छन । शिक्षकको दरबन्दी थप गर्न नगर, जिल्ला, प्रदेशदेखि केन्द्रसम्म पटकपटक आवाज उठाउँदा पनी विद्यार्थीको अनुपातमा शिक्षक दरबन्दी थप नभएको उनको भनाइ रहेको छ । यो अवस्था कटहरिया नगरपालिकाको मात्र नभई प्रदेशको ८ वटै जिल्लाको अवस्था यस्तै छ ।

प्रदेशको अधिकांश सामुदायिक विद्यालयमा विद्यार्थीको संख्याको आधारमा शिक्षक नहुँदा स्तरीय शिक्षा प्रदान गर्न नसकिएको स्वयं शिक्षकहरू स्वीकार गर्दछन् । २०५७ साल पछि देशमा बनेको कुनै पनि सरकारले शिक्षकको दरबन्दी थपेको छैन, राहत दरबन्दी र बालाशिक्षको नाउँमा झारो टार्ने काम गरेको शिक्षकहरूको गुनासो रहेको छ। पूर्व मन्त्री तथा आमजनता पार्टिका अध्यक्ष प्रभु साह लगायत कैयौं सांसदले सदनमा पटकपटक मधेश प्रदेशको शिक्षाको अवस्था बारे सभामुखदेखि प्रधानमन्त्रीको ध्यानाकर्षण गराउँदा पनि अवस्था उस्तै रहेको छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

इनिसा विकको बलपूर्वक यौनसम्पर्कले मृत्यु

सुर्खेत । गुर्भाकोट नगरपालिका–६ बडाखोली स्थायी घर भई वीरेन्द्रनगर–१ बस्दै आएकी १६ वर्षीया इनिसा विकको मृत्यु यौनांगको भित्री भाग च्यातिएर अत्यधिक रक्त...

निर्वाचनले देशको राजनीतिक अन्यौलतालाई केही हदसम्म कम गरेको छ : अष्टलक्ष्मी शाक्य

काठमाडौं । नेकपा एमालेकी नेतृ तथा बागमती प्रदेशकी पूर्वमुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले हालै सम्पन्न निर्वाचनले देशको राजनीतिक अन्यौलतालाई केही हदसम्म...

इनिशा विकका बुवा दुबईबाट सुर्खेत आइपुगे, न्याय नपाए शव नबुझ्ने

सुर्खेत । बलात्कारपछि हत्या भएकी १६ वर्षीया इनिशा विकका बुवा इन्द्रबहादुर विक सुर्खेत आइपुगेका छन्। छोरीको हत्या भएको खबर पाएपछि उनी रोजगारीका लागि दु...

बढ्न थाल्यो सहरी क्षेत्रमा तापक्रम

काठमाडौँ । देशका विभिन्न सहरमा यही फागुन २६ देखि २८ गतेसम्म अधिकांश स्थानमा अधिकतम तापक्रम क्रमश: बढ्दै गएको देखिन्छ । जल तथा मौसम विज्ञान विभागको तथ्...

बैठकमा बोल्दै गर्दा ढलेका एमालेका केन्द्रीय सदस्य कृष्ण थापाको निधन

काठमाडौँ । नेकपा एमालेका केन्द्रीय सदस्य तथा कास्की ईन्चार्ज कृष्ण थापाको निधन भएको छ। बिहीबार जिल्ला कमिटीको बैठकमा बोल्दै गर्दा उनी ढलेका थिए। उन...

क्रोसियामा दुर्घटनामा परेका विकको शव ल्याउन ढिलाइ

सल्यान। वैदेशिक रोजगारीका क्रममा क्रोसियामा सवारी दुर्घटनामा परी निधन भएका सल्यानका एक युवकको शव स्वदेश ल्याउन ढिलाइ भएको छ । कुमाख गाउँपालिका–७ जिमाल...

इनिसा विकको न्याय माग गर्दै माइतीघर मण्डलामा प्रदर्शन

काठमाडौं । बलात्कारपछि हत्या भएकी १६ वर्षीया इनिसा विकको न्यायका लागि काठमाडौंमा बिहीबार पनि विरोध प्रदर्शन भएको छ। माइतीघर मण्डलामा भएको प्रदर्शनम...

रास्वपा हिन्दू राष्ट्र बनाउन संविधान संशोधनका लागि तयार भए दुईतिहाइ सिटका लागि हामी सहयोग गर्छाै: कमल थापा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता कमल थापाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) हिन्दू राष्ट्र बनाउन संविधान संशोधनका लागि तय...

कम्बोडियामा अलपत्र परेका १६ नेपाली उद्धार गरी स्वदेश फर्काइयो

काठमाडौं । मानव तस्करको प्रलोभनमा परेर कम्बोडिया पुगेका १६ जना नेपाली उद्धार गरी नेपाल फर्काइएको छ। थाइल्याण्डस्थित नेपाली राजदूतावासको पहल, कम्बोड...

कञ्चनपुरमा जिप–मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

धनगढी । कञ्चनपुरमा जिप र मोटरसाइकल आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्ग अन्तर्गत बेदकोट नगरपालिका–७, लालपुरमा से १ च १४०५...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: