Ntc summer Offer
Khabar Dabali २२ असार २०८१ शुक्रबार | 5th July, 2024 Fri
NIMB

कांग्रेस-एमालेले प्रचण्डलाई यसरी जिल्याए

खबरडबली संवाददाता

काठमाडौं । ‘कुरा नचल्ने भन्नुभयो पूर्वप्रधानमन्त्रीजीले। तलबाट हाम्रा सभापतिले इसारा गरेर कुरा चल्ने हो भन्नुभयो। कुरा नचल्नेहरूको कुरा चल्न सुरु भयो भने यहाँको यात्राचाहिँ कतातिर चल्छ होला ? सम्माननीय प्रधानमन्त्रीज्यू।’ नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रधानमन्त्री पुष्पकमल दाहालले तेस्रोपटक प्रतिनिधिसभामा गत फागुन ३० गते विश्वासको मत लिँदै गर्दा दिएको अभिव्यक्तिको एक अंश हो।

२०७९ मंसिरमा निर्वाचन भएपछि प्रधानमन्त्री बनेका पुष्पकमल दाहालले तेस्रोपटक विश्वासको मत लिँदै गर्दा कांग्रेस महामन्त्री शर्माले अब कांग्रेस र एमाले मिलेर अघि बढ्ने दिन आउने सक्ने संकेत गरेको यो अभिव्यक्तिबाट बुझिन्छ। प्रतिनिधिसभामा उपस्थितिका हिसाबले पहिलो कांग्रेस र दोस्रो एमालेलाई धोका दिएर सत्ता लम्ब्याउँदै आएका माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री दाहालप्रति लक्षित गर्दै कांग्रेस महामन्त्री शर्माले दिएको यो अभिव्यक्ति अहिले आएर सही साबित भएको छ। प्रतिनिधिसभामा सिटका हिसाबले माओवादी केन्द्र तेस्रो ठुलो दल हो।

दाहालबाट धोका खाएकाहरू एक ठाउँमा उभिने दिन आउन बेर नलाग्ने भन्दै शर्माले दिएको अभिव्यक्तिलाई त्यतिबेला माओवादी केन्द्रका नेताले सत्ताच्युत हुनुपर्दाको आक्रोश र रोदनको संज्ञा दिएका थिए। तर चार महिना नपुग्दै प्रतिनिधिसभाका दुई ठुला दल कांग्रेस र एमाले एकै ठाउँमा उभिन तयार भएका छन्। उनीहरू सत्ता सहकार्यदेखि संविधान संशोधनलगायत मुलुकमा देखिएका समस्या समाधानमा मिलेर अघि बढ्न राजी भएका छन्।

अब मिलेर सरकार बनाउने र आलोपालो नेतृत्व गर्नेसहितका विषयमा कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीले सोमबार मध्यरातिमा सहमति गरेका छन्। ठुला दुई दलबीच भएको यो सहमतिबाट प्रधानमन्त्री दाहाल नराम्रोसँग पछारिने अवस्थामा पुगेका छन्।

दाहाल एमालेसँग नमिल्दा कांग्रेससँग टाँसिने र कांग्रेससँग बार्गेनिङ गर्न परे एमालेसँग जोडिँदै आएका थिए । उनले प्रतिनिधिसभामा माओवादीको ३२ सिटलाई ‘आफ्नो नम्बरको जादु’ बताउँदै आएका थिए। कहिले कता र कहिले कता ढल्केर पाँच वर्ष सरकारमा रहिरहने दाहालको दाउ सोमबार राति कांग्रेर र एमालेबीच भएको सहमतिले चकनानाचुर हुन पुगेको छ। संवैधानिक व्यवस्थाअनुसार दाहाल अझै एक महिना सरकारमा रहन सक्छन्। दाहाल नेतृत्वको सरकारबाट एमाले फिर्ता भएपछि उनले एक महिनाभित्र प्रतिनिधिसभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ। 

दाहाल प्रधानमन्त्रीबाट राजीनामा गर्नुको साटो संवैधानिक व्यवस्थाअनुसार प्रतिनिधिसभामा गएर सामना गर्ने तयारीमा छन् । माओवादी केन्द्रको मंगलबार बिहान बसेको बैठकपछि दाहालले राष्ट्रपति रामचन्द्र पौडेललाई शीतलनिवासमा भेटेर विश्वासको मत लिने बाटो रोज्ने संकेत दिएका छन्। २०७९ पुस १० गते प्रधानमन्त्री बनेका दाहालले अहिलेसम्म चारपटक प्रतिनिधिसभाबाट विश्वासको मत लिएका छन्। कांग्रेस र एमालेले मिलेर सरकार चलाउने समझदारी गरेकाले अब दाहालले प्रतिनिधिसभाबाट विश्वासको मत पाउने अवस्था देखिँदैन।  

कांग्रेस र एमाले पछिल्लो समझदारीमा कायमै रहेको अवस्थामा झन्डै आठ वर्षपछि मुलुकका दुई ठुला र पुराना दल मिलेर सरकार गठन हुनेछ। २०७० सालमा भएको दोस्रो संविधानसभा निर्वाचनपछि कांग्रेसका तत्कालीन सभापति सुशील कोइरालाको नेतृत्वमा एमालेसमेत सम्मिलित सरकार गठन भएको थियो। कोइराला नेतृत्वको सरकारका पालामा २०७२ असोज ३ गते संविधानसभाबाट नयाँ संविधान जारी भएको थियो। 

संविधान जारी भएपछि एमाले, माओवादीसहितका दलहरूको समर्थनमा केपी शर्मा ओली पहिलोपटक प्रधानमन्त्रीको जिम्मेवारीमा पुगेका थि। त्यसपछिका झन्डै आठ वर्ष कांग्रेस र एमाले दुई किनारामा उभिए । यी दुई ठुला दलका शीर्ष नेताहरूमा देखिएको ‘इगो’ले तेस्रो ठुलो दल माओवादी सत्ता राजनीतिमा हाबी हुँदै आयो। माओवादी सत्ता राजनीतिमा हाबी हुँदा मुलुकमा आर्थिक विकास र राजनीतिक स्थायित्व हुन नसकेको बुझाइमा पुगेका कांग्रेस र एमालेका शीर्ष नेता अब आलोपालो सरकारको नेतृत्व गर्न तयार भएका हुन्।  

कांग्रेस पदाधिकारीको मंगलबार बिहान बसेको बैठकमा एमालेसँग सहमति निर्माणमा प्रमुख भूमिका निर्वाह गरेका नेता रमेश लेखकले माओवादीले पटकपटक धोका दिँदा यस्तो अवस्था आएको बताएका छन्। मुलुकलाई निकास र राजनीतिक स्थिायित्व दिन एकैठाउँमा उभिनुपर्ने अवस्थामा कांग्रेस र एमाले पुगेको लेखकले पदाधिकारी बैठकमा जानकारी गराएका थिए।

कांग्रेस प्रवक्ता प्रकाशशरण महतले जनताको चासो र चिन्तालाई केन्द्रमा राखेर एमालेसँग एउटा सहमतिमा पुगेको दाबी गरे। ‘संविधानमा आवश्यक संशोधनका लागि राष्ट्रिय सहमति निर्माण गर्दै आर्थिक स्थायित्व, विकास निर्माणमा देखिएको अन्योल अन्त्यका लागि अघि बढ्न दुई दलबीच सरकार निर्माण गरेर अघि बढ्ने समझदारी बनेको हो,’ महतले भने।

कांग्रेस र एमाले आवश्यकताअनुसार अन्य दललाई पनि समेटेर राष्ट्रिय सहमतिको सरकार निर्माणमा पनि लाग्ने उनले बताए। सुरुमा सरकारको नेतृत्व एमाले अध्यक्ष ओलीले गर्ने र निर्वाचन गराउने सरकारको नेतृत्व कांग्रेस सभापति देउवाले गर्ने मोटामोटी समझदारी भएको जानकारी उनले दिए। यो समाचार आजको नागरिक दैनिकले लेखेको छ। 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेकपा एसमा अध्यक्ष र महासचिवपछि सबै पदाधिकारी र केन्द्रीय सदस्य सर्वसम्मत टुंग्याउने तयारी

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीको महाधिवेशन शुक्रबार समापन हुँदैछ। काठमाडौंको प्रज्ञा भवनमा गत १६ गते शुरु भएको महाधिवेशन अन्य पदाधिकारी र केन...

फिक्कल-नयाँबजार सडक कालोपत्र, चार घन्टा लाग्ने ठाउँ अब पुगिन्छ आधा घन्टामै

इलाम । इलामको फिक्कल–जोगमाई–नयाँबजार–दुधाङ सडकअन्तर्गत फिक्कल–नयाँबजार सडक खण्डको कालोपत्र भएको छ। सडकको जिरो प्वाइन्ट सूर्योदय नगरपालिका–९ फिक्कलस्थि...

सिन्धुलीका १८ वटा सामुदायिक विद्यालयको एसईई नतिजा शून्य

काठमाडौं । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)मा सिन्धुलीका १८ वटा सामुदायिक विद्यालयको नतिजा शून्य आएको छ।  सिन्धुलीका सरकारी र निजी गरी १४५ ...

प्रचण्डले राजीनामा नदिँदा सहज छैन ओलीको सत्तारोहण, राष्ट्रपति निर्णायक

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूमाथि प्रतिनिधिसभाको विश्वास परीक्षण गर्ने भन्ने विषयले अनेक अडकलबाजी उत्पन्न गरिदिएका बेला उनको द...

कास्की पूर्णखोप सुनिश्चित जिल्ला घोषणा

कास्की । कास्की जिल्लालाई पूर्णखोप सुनिश्चित जिल्ला घोषणा गरिएको छ । राष्ट्रिय खोप कार्यक्रमको तालिकाअनुसार बालबालिकाले पाउनुपर्ने सम्पूर्ण खोप लगाइसक...

विद्यार्थी दुई, शिक्षक पनि दुई, प्रअको गुनासो- दिन बिताउन गाह्रो हुन्छ

बागलुङ । बागलुङको जैमिनी नगरपालिका–८ छिस्ती, धुसस्थित ताराज्योति प्राथमिक विद्यालयमा पछिल्लो तीन वर्षमा विद्यार्थीको सङ्ख्या ह्वात्तै घटेको छ । हाल सो...

ओलीको घोषणा- एसइई पुरक परीक्षा दिने विद्यार्थीलाई निःशुल्क कक्षा सञ्चालन गर्छौँ

बुटवल । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एसइईको पुरक परीक्षा दिने विद्यार्थीका लागि निःशुल्क अनलाइन कक्षा सञ्चालन गर्न लागेको बताएका छन्।  एम...

बाढी पहिरोका कहर- मनसुन सुरु भएयता ५७ जनाको मृत्यु, तीन अझै बेपत्ता

काठमाडौं । मनसुन सुरु भएयता विभिन्न भूभागमा बाढी, पहिरो, भारी वर्षा, चट्याङ, सर्पदंश, जनावर आक्रमणलगायत विपत्बाट ५७ जनाको मृत्यु भएको छ । तीन जना बेपत...

सीडीओलाई जिल्ला नछाड्न गृह मन्त्रालयको निर्देशन

काठमाडौँ । गृहसचिव एकनारायण अर्यालले विपद् प्रतिकार्यमा उच्च प्राथमिकताका साथ समन्वयात्मक काम गर्न प्रमुख जिल्ला अधिकारी (सीडीओ) हरूलाई  निर्देशन दिएक...

रारा तालमा डुबेर युवकको मृत्यु

मुगु । रारा तालमा पौडी खेल्ने क्रममा डुबेर एक जनाको मृत्यु भएको छ। रारा तालको पूर्वी भागमा पौडी खेल्ने क्रममा छाँयानाथ रारा नगरपालिका–५ का २१ वर्षी...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy