Khabar Dabali १ माघ २०८२ बुधबार | 14th January, 2026 Wed
Investment bank

निलम्बनपछि रविमाथि मुकुलको आरोप- उहाँसँग परिचालित व्यक्ति छन्, मेरो चरित्र हत्या गराउन सक्नुहुन्छ

खबरडबली संवाददाता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले महामन्त्री पदबाट निलम्बन गरेपछि डा. मुकुल ढकाल सभापति रवि लामिछानेमाथि खनिएका छन्। 

बुधबार बसेको केन्द्रीय समितिको बैठकपछि रास्वपाले पार्टी अनुशानविपरीत व्यवहार गरेको आरोपमा डा. ढकाललाई महामन्त्री पदबाट ७ दिनका लागि निलम्बन गरेको छ। 

उनले जनताको पक्षमा बोल्नपर्छ, सत्य त्यही हो बुझेकाले सत्यको पक्षमा बोल्दा पार्टीले निलम्बन पत्र थमाएको बताए। 

उनले भनका छन्, 'अरू पनि भनिदिऔँ, अरू के के गर्नुहुन्छ अब भनेर। अब उहाँको एउटा फेसबुक स्ट्याटस आउन सक्छ। केही परिचालित व्यक्तिहरू छन्, पक्षमा स्ट्याटसहरू लेख्न लगाउन सक्नुहुन्छ। एक स्टेप अघि बढेर मिडियामा प्रमाणसहित यो, त्यो भनेर मेरो चरित्र हत्या हुनेगरी केही हल्ला फैलाउने प्रयास गर्नुहुन्छ।'

उनको भनाइ जस्ताको तस्तैः 

२ वर्षदेखि सभापतिको कुरालाई किन गलत भनिनस् भनेर सोधिन्छ। मलाई लाग्यो- उहाँले देश बनाउनुहुन्छ, उहाँको कुरा मान्नुपर्छ। कति कुरा गलत लाग्दालाग्दै मानिदिएँ, केन्द्रीय समितिको बैठकमा केही कुरा पेलेरै लागू गरिदिएँ। पेल्ने मान्छे म थिएँ, वा म केवल एक पात्रको रूपमा थिएँ र त्यसको पछाडि अरू कोही थियो, त्यो आजको बैठकले छर्लङ्ग भएको छ।

प्रचण्डसँग सहमति गरेर आइसकेपछि मलाई सरकारमा जाने भन्नुभयो। मैले उहाँको आदेशअनुसार प्रस्तुति दिएँ, मैले सोचेँ- मेरो कर्तव्य हो, र यो मान्छेले देश बनाउँछ साथ दिनपर्छ। तर सरकारमा पुगेपछिका कुराहरूका कारण, मलाई शंका लाग्यो- यो मान्छेले देश बनाउँछ वा बनाउँदैन। जनताले जे भने- त्यही बोलिदिएँ। सोचेँ- कुर्सीको न्यानोले छोपेको, गाडीको कालो सिसाहरूले घेरिएको हुनुहुन्छ, सचेत गराउनपर्छ। मैले सोचेँ- नेता होइन, राजनेता बनाउनपर्छ, नेता मात्र त चङ्गुलमा फसे। विगत लामो समयदेखि परिचित भएकाले मलाई महामन्त्रीबाट हटाउँछन् भन्ने लागेकै थियो।

पद गौण हो, जनताका कुरा बोलिदिँदा कारबाही भए पनि बोल्नपर्छ लाग्यो र बोलेँ। सरकारमा हुँदा प्रतिवेदनहरू कसरी लुकाइए देखेको मैले, मिडियाबाजी गर्न बाध्य भएँ। मलाई शंका लाग्यो- प्रतिवेदनलाई फासफुस गर्छन्, पार्टी बिग्रिसक्यो, सुधार्दैनन्। जनताको कुरा जस्ताको तस्तै बोलिदिएकोमा आज मलाई कारबाही भएको छ।

बालहठ जस्तो होस्, अस्वाभाविक लागोस् वा अव्यावहारिक जनताले जसरी बताए, त्यसरी नै बताइदिएँ। प्रतिवेदन सार्वजनिक भएपछि पढेर विचार गर्नुहोला नै। जनताको आवाज बोल्दा यो पटक रवि लामिछानेको विरुद्ध बोलेको हुन्थ्यो, उहाँ पनि जनताकै पक्षमा होला सोचेर बोलिदिएँ। जनताको पक्षमा बोल्नपर्छ, सत्य त्यही हो बुझेकाले सत्यको पक्षमा बोलिदिएँ। बोलेकै आधारमा आज मलाई पार्टीले निलम्बन पत्र थमाएको छ।

अरू पनि भनिदिऔँ- अरू के के गर्नुहुन्छ अब भनेर। अब उहाँको एउटा फेसबुक स्ट्याटस आउन सक्छ। केही परिचालित व्यक्तिहरू छन्, पक्षमा स्ट्याटसहरू लेख्न लगाउन सक्नुहुन्छ। एक स्टेप अघि बढेर मिडियामा "प्रमाणसहित" यो, त्यो भनेर मेरो चरित्र हत्या हुनेगरी केही हल्ला फैलाउने प्रयास गर्नुहुन्छ।

आज बैठकमै भनिसक्नुभयो- मिडिया क्षेत्रको हेडमास्टर हो म। सबै प्रकारका प्रश्नहरूको जवाफ, आरोपहरूको जवाफ दिन सक्छु। पर्‍यो भने "लाइ डिटेक्सन टेस्ट" दिन पनि तयार छु। पदीय मर्यादामा रहँदा केही राजनीतिक व्यक्तिको नाताले गरेको छु , त्यो पनि आदेशले, हल्ला फैलाउने हो भने डिफेन्सका लागि म तयार छु। त्यसपछि पत्रकारहरूको प्रश्नमा उहाँले जवाफ दिनुहुन्छ, कहाँ मैले कारबाही गरेको, सम्पूर्ण केन्द्रीय समिति सदस्यको मतले कारबाही गरेको। मैले लोकतन्त्र मान्नपर्छ, पार्टीको विधि, पद्धति मान्न पर्छ। फेरि विधान उहाँ महामन्त्री आफैँले लेखेको।"

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एकीकृत परिवार योजना शिविरः महिलालाई भन्दा पुरुषलाई सम्झाउन गाह्रो

धनुषा । पछिल्ला वर्षहरूमा जिल्लास्थित अतिविपन्न समुदायले ‘परिवार योजनाको सेवा’ लाई निर्धक्क उपयोग गर्न थालेका छन् । पायक पर्ने स्थानमा परिवार योजनाको ...

आजको मौसम : मधेशमा हुस्सु/कुहिरो, पहाडी भागमा आंशिक बादल

काठमाडौँ । हाल देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।  जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो तराई भूभागका केही स...

देउवा निवास महाराजगञ्जमा निर्णायक वार्ता सुरु

काठमाडौं । कांग्रेसभित्रको विवाद समाधानका लागि सभापति शेरबहादुर देउवाले बोलाएको बैठक उनको निवास महाराजगञ्जमा सुरु भएको छ । भृकुटीमण्डपमा दोस्रो विश...

नकाबधारी समूहद्वारा बैंक लुटपाट, ३ करोडभन्दा बढी रकम चोरी

नजिकैको जंगलबाट १ करोड ८० लाख बरामद, चालक प्रहरी नियन्त्रणमा

ओलीको आधार क्षेत्रबाट लड्दै बालेन, डेरा खोज्दै सहयोगी

काठमाडौं । झापा ५ एमाले अध्यक्ष केपी ओलीको आधार क्षेत्र हो । हुन पनि सो क्षेत्रमा ०४८ यताका सातमध्ये ६ निर्वाचन ओलीले नै जितेका थिए । ०६४ को संविधानसभ...

पछि हट्न होइन, फुट्न तयार भए देउवा

काठमाडौं । सहमतिका लागि मंगलबार राति अबेरसम्म गरिएको पहल निष्कर्षमा पुग्न नसकेपछि कांग्रेस विभाजनको संघारमा पुगेको छ । विशेष महाधिवेशन पक्षधरले राखेको...

सुमन सायमी नेतृत्वको समूह आज नेकपामा समाहित हुँदै

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र अभियन्ता सुमन सायमी नेतृत्वको समूहबीच आज एकता हुँदैछ । आज दिउँसो एक बजे राष्ट्रिय सभागृहमा एकता सभा ह...

कांग्रेस विशेष महाधिवेशनः मनोनयन दर्ताको समय पुनः थप

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनअन्तर्गत मनोनयन दर्ताको समय फेरि थप गरिएको छ। यसअघि मंगलबार दिउँसो २ बजेदेखि ३ बजेसम्मका लागि तय गरिएको...

कांग्रेसको केन्द्रीय समिति बैठक आज पनि बस्दै, विशेष महाधिवेशन पक्षधर सहभागी नहुने

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक बस्दैछ। बिहान ८ बजे केन्द्रीय कार्यालय सानेपामा केन्द्रीय कार्यसमिति बैठक बस्न लागेको हो। भृकुट...

तनहुँंको तीन जनाको हत्या प्रकरणमा एक जना पक्राउ

दमौली । तनहुँंको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारा कसेरीघाटस्थित फोहरमैला प्रशोधन केन्द्रमा तीन जनाको हत्या प्रकरणमा एक जना पक्राउ परेका छन् । शनिबार...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending