Khabar Dabali २९ फाल्गुन २०८२ शुक्रबार | 13th March, 2026 Fri
Investment bank

ईयूको सहयोगमा क्रिएसनद्धारा १ करोड २० लाख बराबरको अनुदान दिने घोषणा

खबरडबली संवाददाता

काठमाडौं । यूरोपियन यूनियन (ईयु) को सहयोगमा क्रिएसन नेपालद्धारा सन्चालित ग्रिनसिफ्ट परियोजना अन्तर्गत प्लास्टिकजन्य फोहोरमैला उद्यम व्यवस्थापनका लागि १ करोड २० लाख बराबरको अनुदान रकम दिने भएको छ । 

यूरोपिएन यूनियन (ईयु) को सहयोगमा क्रिएसन नेपालद्धारा सन्चालित ग्रिनसिफ्ट परियोजना अन्तर्गत तीन प्रदेशका ६ निजी प्लास्टिकजन्य फोहोरमैला उद्यम सञ्चालन गरी रहेका संस्थालाई प्रदान गरिने परियोजनाका प्रमुख युनिस घिमिरले जानकारी दिए । बागमती प्रदेशबाट तीन, मधेश प्रदेशबाट दुई र लुम्बिनी प्रदेशबाट एक गरी जम्मा ६ प्लास्टिकजन्य फोहोरमैला उद्यम सन्चालन गरीरहेका निजी संस्थालाई मूल्याकंनका आधारमा उक्त अनुदान प्रदान गरिने उनले बताए । छनौट भएका प्रति उद्यमलाई २० लाखका दरले अनुदान रकम प्रदान गरिनेछ । 

प्लास्टिकजन्य फोहोरमैला संकलन तथा व्यवस्थापन क्षेत्रमा काम गरीरहेका संस्थाहरुलाई शसक्त बनाउने उदेश्यले यो अनुदान प्रदान गर्न लागिएको हो । प्राप्त अनुदान रकमबाट संस्थाले आफनो क्षमता अभिवृद्धिसँगै भौतिक पूर्वाधार तथा मिसिनरी उपकरणहरु खरिद गर्न सक्नेछन्, उनले भने । 

क्रिएसन नेपालका संस्थापक तथा अध्यक्ष आनन्द मिश्रले यस अनुदानले प्लास्टिकजन्य फोहोरमैला क्षेत्रमा काम गर्ने निजी उद्यमीहरुलाई संस्थागत र प्राविधिक क्षमता अभिवृद्धि गर्न ठुलो सहयोग हुने विश्वास व्यक्त गरे । स्टार्टअपको लागि सम्भवतः निजी स्तरमा पहिलो पटक यति धेरै राशीको अनुदान रकम प्रदान गर्न लागिएको उनले बताए । 

निजी संस्थाहरुले अनुदानका लागि परियोजनाद्धारा जारी गरिएको अनुदान निर्देशिकाको पूर्ण पालना गरी प्राप्त ढाँचाको आधारमा आआफनो संस्थाको विवरण सहित अनुदान प्राप्त गरेको खण्डमा सन्चालन गरिने विभिन्न क्रियाकलापको विस्तृत जानकारी सहित निवेदन फारम भर्नुपर्ने उनले बताए ।  

अनुदान निर्देशिका अनुसार प्रारम्भमा प्राप्त भएका निवेदन फारमलाई मूल्याकंन गरी पहिलो चरणमा १० उत्कृष्ट फारमलाई छनौटगरी उनीहरुलाई अभिमुखिकरण तथा क्षमता अभिवृद्धि सम्बन्धी तालिम प्रदान गरिनेछ । त्यसपछि छनौट भएका १० उत्कृष्ट उद्यमीहरुले पूर्ण प्रस्तावना पेश गर्नुपर्ने हुन्छ, उक्त प्रस्तावनालाई मूल्याकंन टीमले गहिरो अध्ययन पश्चात त्यसमध्ये ६ टीमलाई अनुदानका लागि अन्तिम छनौट गर्नेछ । अनुदानका लागि अन्तिम छनौट भएका संस्थाले किस्तावन्दीमा उक्त अनुदान रकम प्राप्त गर्नेछ । अनुदान प्राप्त गर्ने उद्यमीले परियोजना कार्यान्वयन गर्दै जाँदा प्रगतिविवरण सहित खर्च विवरणको पारदर्शी रुपमा समय समयमा नियमित रिर्पोटिङ गर्नुपर्नेछ ।    

क्रिएसन नेपालले ग्रिनसिफ्ट परियोजना चार बर्ष समायवधिका लागि तीन प्रदेशको नौ स्थानीय तहमा विभिन्न क्रियाकलप सन्चालन गरीरहेको छ, । क्रिएसनको नेतृत्वमा रेस्टलेस डेभलम्पमेन्ट र यूथ इनोभेसन ल्याब परियोजनाको कन्सोर्टियम पार्टनरका रुपमा रहेका छन ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

इनिसा विकको बलपूर्वक यौनसम्पर्कले मृत्यु

सुर्खेत । गुर्भाकोट नगरपालिका–६ बडाखोली स्थायी घर भई वीरेन्द्रनगर–१ बस्दै आएकी १६ वर्षीया इनिसा विकको मृत्यु यौनांगको भित्री भाग च्यातिएर अत्यधिक रक्त...

निर्वाचनले देशको राजनीतिक अन्यौलतालाई केही हदसम्म कम गरेको छ : अष्टलक्ष्मी शाक्य

काठमाडौं । नेकपा एमालेकी नेतृ तथा बागमती प्रदेशकी पूर्वमुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले हालै सम्पन्न निर्वाचनले देशको राजनीतिक अन्यौलतालाई केही हदसम्म...

इनिशा विकका बुवा दुबईबाट सुर्खेत आइपुगे, न्याय नपाए शव नबुझ्ने

सुर्खेत । बलात्कारपछि हत्या भएकी १६ वर्षीया इनिशा विकका बुवा इन्द्रबहादुर विक सुर्खेत आइपुगेका छन्। छोरीको हत्या भएको खबर पाएपछि उनी रोजगारीका लागि दु...

बढ्न थाल्यो सहरी क्षेत्रमा तापक्रम

काठमाडौँ । देशका विभिन्न सहरमा यही फागुन २६ देखि २८ गतेसम्म अधिकांश स्थानमा अधिकतम तापक्रम क्रमश: बढ्दै गएको देखिन्छ । जल तथा मौसम विज्ञान विभागको तथ्...

बैठकमा बोल्दै गर्दा ढलेका एमालेका केन्द्रीय सदस्य कृष्ण थापाको निधन

काठमाडौँ । नेकपा एमालेका केन्द्रीय सदस्य तथा कास्की ईन्चार्ज कृष्ण थापाको निधन भएको छ। बिहीबार जिल्ला कमिटीको बैठकमा बोल्दै गर्दा उनी ढलेका थिए। उन...

क्रोसियामा दुर्घटनामा परेका विकको शव ल्याउन ढिलाइ

सल्यान। वैदेशिक रोजगारीका क्रममा क्रोसियामा सवारी दुर्घटनामा परी निधन भएका सल्यानका एक युवकको शव स्वदेश ल्याउन ढिलाइ भएको छ । कुमाख गाउँपालिका–७ जिमाल...

इनिसा विकको न्याय माग गर्दै माइतीघर मण्डलामा प्रदर्शन

काठमाडौं । बलात्कारपछि हत्या भएकी १६ वर्षीया इनिसा विकको न्यायका लागि काठमाडौंमा बिहीबार पनि विरोध प्रदर्शन भएको छ। माइतीघर मण्डलामा भएको प्रदर्शनम...

रास्वपा हिन्दू राष्ट्र बनाउन संविधान संशोधनका लागि तयार भए दुईतिहाइ सिटका लागि हामी सहयोग गर्छाै: कमल थापा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता कमल थापाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) हिन्दू राष्ट्र बनाउन संविधान संशोधनका लागि तय...

कम्बोडियामा अलपत्र परेका १६ नेपाली उद्धार गरी स्वदेश फर्काइयो

काठमाडौं । मानव तस्करको प्रलोभनमा परेर कम्बोडिया पुगेका १६ जना नेपाली उद्धार गरी नेपाल फर्काइएको छ। थाइल्याण्डस्थित नेपाली राजदूतावासको पहल, कम्बोड...

कञ्चनपुरमा जिप–मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

धनगढी । कञ्चनपुरमा जिप र मोटरसाइकल आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्ग अन्तर्गत बेदकोट नगरपालिका–७, लालपुरमा से १ च १४०५...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: