Khabar Dabali १६ फाल्गुन २०८२ शनिबार | 28th February, 2026 Sat
Investment bank

दक्षिण अफ्रिकामा ३४ हजार बर्ष पूराना ‘धमिराको ढिस्का’ फेला

खबरडबली संवाददाता

एजेन्सी । दक्षिण अफ्रिकाको सुख्खा क्षेत्रमा अहिले पनि धमिरा बसोबास गरिरहेको ‘धमिराको ढिस्का’ ३० हजार वर्षभन्दा बढी पुरानो भएको थाहा पाएपछि वैज्ञानिकहरू दङ्ग परेका छन् ।

स्टेलेनबोस्च विश्वविद्यालयका अनुसन्धाताहरूका अनुसार नामाक्वाल्याण्डको बफेल्स नदी नजिकैका केही ढिस्का ३४ हजार वर्ष पुरानो भएका रेडियोकार्बनले अनुमान गरेको छ । अध्ययनको नेतृत्व गरेका विश्वविद्यालयको माटो विज्ञान विभागका वरिष्ठ प्राध्यापक मिचेल फ्रान्सिसले भने, “ती पुराना थिए भन्ने हामीलाई थाहा थियो तर त्यति पुरानो थिए भन्ने कल्पना गरिएको थिएन ।” उनको शोधपत्र मे महिनामा प्रकाशित भएको थियो । 

फ्रान्सिसका अनुसार ती ढिस्काहरू मांसाहारी विलुप्त समूहको कुनै एक सदस्य घुमाउरो दाँत भएका बिरालो प्रजातिका जङ्गली जनावर (साबर–टुथ क्याट) र अफ्रिका, यूरोप, एशिया, र उत्तर अमेरिकामा मायोसिन युगदेखि करिब चार हजार बर्षअघिसम्म अस्थित्वमा रहेका विभिन्न प्रजातीका बाक्लो ऊनले ढाकेको शरीर भएका (उली म्यामथ) पृथ्वीका अन्य भागहरूमा घुमिरहेका समय अथवा युरोप र एसियाका अधिकांश भागहरू हिउँले ढाकिएको समय बनेका अनसन्धानबाट थाहा हुन आएको छ । ती ‘धमिरोका ढिस्को’ हरू युरोपका केही प्रारम्भिक गुफा चित्र कोरिनुभन्दा भन्दा पहिलेका थिए । 

लाखौं वर्ष पुरानो केही जीवाश्मीकृत धमिराको ढिस्कोहरू पनि पत्ता नलागेका होइनन् । यो अध्ययनभन्दा पहिले अहिले पनि धमिरा भेटिएका सबैभन्दा पुरानो ढिस्को ब्राजिलमा फेला परेको थियो र यो करिब चार हजार वर्ष पुरानो थियो । तिनीहरू अन्तरिक्षबाट देखिन्छन् । फ्रान्सिसका अनुसार नामाक्वाल्याण्डको ढिस्को ‘अपार्टमेन्ट कम्प्लेक्स’को धमिराको संस्करण हो र प्रमाणले ती धमिराका बस्तीहरूले त्यहाँ लगातार ‘धमिराको उपनिवेश’ हरू बसोबास गर्दै आएको देखाउँछ । 

धमिराको ढिस्को नामाक्वाल्याण्ड परिदृश्यको एक प्रसिद्ध विशेषता हो र कसैले पनि उनीहरूको प्राचिनताका बारेमा शङ्का गरेको थिएन तर जव तिनीहरूको नमूना रेडियोकार्बन डेटिङको लागि हङ्गेरीमा विशेषज्ञहरूको अध्ययनका लागि पठाइयो यो निकै पूरानो भएको पुष्टि भएको छ । फ्रान्सिसले भने, “त्यहाँ वरपरका मानिसहरूलाई यी विशेष, प्राचीन परिदृश्यहरू हुन् र त्यहाँ संरक्षित छन् भन्ने कुरा थाहा छैन ।”

अफ्रिकी भाषामा ‘ह्युवेल्ट्जी’ अर्थात् सानो पहाड भनेर चिनिने केही ठूला थुम्काहरू लगभग १०० फिट (३० मिटर) चौडा हुन्छन् । त्यहाँ धमिराको गुँड १० फिट गहिरो जमिनमुनिसम्म रहेको छ । फ्रान्सिसले भने, “अनुसन्धानकर्ताहरूले नमूना लिनका लागि सावधानीपूर्वक ढिस्कोको केही भागहरू उत्खनन गर्न आवश्यक थियो । यसका लागि जब ढिस्कालाई भत्काइयो धमिराहरूले ‘आपतकालीन अवस्था’ को सामना गर्दै प्वालहरू भर्न थाले ।”

टोलीले ढिस्कालाई अफ्रिकामा पाइने जमिनमुनि बस्ने जनापर आर्डवार्क जस्ता शिकारीहरूबाट सुरक्षित राख्न ढिस्कोहरू पूर्ण रूपमा पुनर्निर्माण गरेको छ ।

फ्रान्सिसका अनुसार यो परियोजना पुरातन संरचनाको आकर्षक दृश्य मात्र होइन । यसले प्रागऐतिहासिक जलवायुको एक झलक पनि प्रस्तुत गरेको छ । यसबाट नामाक्वाल्याण्ड धमिराले ढिस्कोहरू बनाउने बेलामा धेरै ओसिलो ठाउँ थियो भन्ने पुष्टि हुन्छ ।

यी धमिराहरू रूखका सुकेका हाँगा र अन्य मृत काठहरू सङ्कलन गरेर र यसलाई माटोको गहिराइमा राखेर कार्बनलाई भण्डारण गर्न माहिर मानिन्छन् । यसले वायुमण्डलमा उत्सर्जित कार्बनको मात्रा घटाएर जलवायु परिवर्तनलाई कम गर्न मद्दत गर्दछ ।

धमिराको उत्पत्ति माटोको लागि पनि राम्रो हुन्छ । थोरै वर्षा हुने क्षेत्रमा धमिराकोे ढिस्कोको टुप्पोमा जङ्गली फूलहरूको थुप्रो फुल्छ । फ्रान्सिसले जलवायु परिवर्तन, दिगो पारिस्थितिकीय प्रणाली र कृषि अभ्यासमा सुधारका लागि पनि उनीहरूले प्रदान गर्ने पाठलाई ध्यानमा राख्दै धमिराकोे ढिस्कोमा थप अनुसन्धान गर्न आह्वान गरे ।

उनले भने, “धमिराहरूले ढिस्कोमा के गरेका छन् भनेर हामीले राम्रो तयारी पछि अध्ययन गरेका थियौँ । तिनीहरू धेरै पट्यारलाग्दा क्षण पनि थिए ।”

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE