इलाम । इलामको फिक्कल–जोगमाई–नयाँबजार–दुधाङ सडकअन्तर्गत फिक्कल–नयाँबजार सडक खण्डको कालोपत्र भएको छ। सडकको जिरो प्वाइन्ट सूर्योदय नगरपालिका–९ फिक्कलस्थित बरबोटेदेखि गन्तव्य स्थान माइजोगमाई गाउँपालिका–१ नयाँबजारसम्म २० किलोमिटर २०० मिटर सडक कालोपत्रे पूरा भएको हो।
कोशी प्रदेश सरकारको लगानीमा जीर्ण सो सडक कालोपत्रे गरिएको हो। ५३ करोड ८९ लाख ३८ हजार १४९ रूपैयाँ लागतमा सडक कालोपत्रे सम्पन्न गरिएको पूर्वाधार विकास कार्यालय भद्रपुर झापाका इञ्जिनियर वीरेन्द्र लामाले बताए।
सडकको अप्ठ्यारो भूभागमा ८ सय मिटर पक्की ढलाइ गरिएको छ। डिबिएसटी (डबल बिटुमिन एस ट्रिटमेन्ट) प्रविधिको कालोपत्र गरिएको हो। सडक कालोपत्रबाहेक किलोमिटर पोष्ट, सेफ्टी बारलगायतको कामसमेत गरिएको छ।
सो कार्यका लागि निर्माण कम्पनीसंग सम्झौता भएको थियो। विसं २०७९ कात्तिक १५ गते सम्पन्न हुनुपर्ने भए पनि सम्पन्न नभएपछि एक पटक म्याद थप भएको थियो।
विसं २०७६ देखि नै काम सुरू भए पनि २०७७ कात्तिक २ गते ठूलो बाढी आएर पुलसमेत बगाएकाले काममा ढिलाइ भएकाले म्याद थप्नुपरेको निर्माण कम्पनीका प्रतिनिधि डिल्लीराम खनालले बताए।
सडक कालोपत्रे भएपछि सर्वसाधारणलाई दैनिक यात्रा गर्न सहज भएको छ। सडक कालोपत्र भएसँगै सूर्योदय नगरपालिकाको गोर्खे तथा माइजोगमाई गाउँपालिकाको जोगमाई, नयाँबजार, प्याङलगायत विभिन्न क्षेत्रका बासिन्दा लाभान्वित भएका छन्।
‘पहिले बर्खामा याममा सडक हिलाम्मे हुने भएकाले दैनिक उपभोग्य सामग्री ल्याउन फिक्कल बजारसम्म पुग्न धेरै सास्ती हुन्थ्यो,’ माइजोगमाई गाउँपालिका–१ का किसान बिनु खड्काले भनिन्, ‘सडक कालोपत्रे भएसँगै यो वर्षदेखि त्यो कष्ट अन्त्य भएको छ, पहिले चार घण्टा समय खर्चेर फिक्कल पुग्नुपर्दथ्यो, अहिले आधा घण्टामा पुग्न सकिन्छ।’
सडक कालोपत्रे भएसँगै बिरामीलाई उपचारका लागि अस्पताल लैजानसमेत सहज भएका माइजोगमाई –१ नयाँ बजारका देवी अधिकारी बताउँछन्।
‘विगतमा कच्ची सडकमा रहेका खाल्डाखुल्डीका कारण बिरामीलाई अस्पतालसम्म पुर्याउनसमेत हम्मेहम्मे पर्दथ्यो,’ उनले भने, ‘सडक कालोपत्र भएपछि सहजरुपमा सवारी साधन गुडाउन तथा बिरामीलाई अस्पताल पुर्याउन सकिने भएको छ।’
सडक कालोपत्रसँगै कृषकलाई धेरै फाइदा पुगेको उनीहरु बताउँछन्। ‘सडक कालोपत्र भएपछि कृषि उत्पादन बजारसम्म पुर्याउन निकै सहज भएको छ, व्यवसायी गाडी लिएर गाउँगाउँसम्म आउन थालेका छन्,’ स्थानीय मनिकुमार राईले भने, ‘यहाँ उत्पादित कृषिउपज बारीबाटै बिक्री हुन थालेको छ, आउँदो दिनमा कृषि उत्पादनमा समेत वृद्धि हुने अपेक्षा गरेका छौं।’
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ १ गते, २०८२ - ०९:२२
धनुषा । पछिल्ला वर्षहरूमा जिल्लास्थित अतिविपन्न समुदायले ‘परिवार योजनाको सेवा’ लाई निर्धक्क उपयोग गर्न थालेका छन् । पायक पर्ने स्थानमा परिवार योजनाको ...
माघ १ गते, २०८२ - ०९:१८
काठमाडौँ । हाल देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो तराई भूभागका केही स...
माघ १ गते, २०८२ - ०९:१५
काठमाडौं । कांग्रेसभित्रको विवाद समाधानका लागि सभापति शेरबहादुर देउवाले बोलाएको बैठक उनको निवास महाराजगञ्जमा सुरु भएको छ । भृकुटीमण्डपमा दोस्रो विश...
माघ १ गते, २०८२ - ०८:०७
नजिकैको जंगलबाट १ करोड ८० लाख बरामद, चालक प्रहरी नियन्त्रणमा
माघ १ गते, २०८२ - ०८:००
काठमाडौं । झापा ५ एमाले अध्यक्ष केपी ओलीको आधार क्षेत्र हो । हुन पनि सो क्षेत्रमा ०४८ यताका सातमध्ये ६ निर्वाचन ओलीले नै जितेका थिए । ०६४ को संविधानसभ...
माघ १ गते, २०८२ - ०७:५५
काठमाडौं । सहमतिका लागि मंगलबार राति अबेरसम्म गरिएको पहल निष्कर्षमा पुग्न नसकेपछि कांग्रेस विभाजनको संघारमा पुगेको छ । विशेष महाधिवेशन पक्षधरले राखेको...
माघ १ गते, २०८२ - ०७:४८
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र अभियन्ता सुमन सायमी नेतृत्वको समूहबीच आज एकता हुँदैछ । आज दिउँसो एक बजे राष्ट्रिय सभागृहमा एकता सभा ह...
माघ १ गते, २०८२ - ०७:३४
काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनअन्तर्गत मनोनयन दर्ताको समय फेरि थप गरिएको छ। यसअघि मंगलबार दिउँसो २ बजेदेखि ३ बजेसम्मका लागि तय गरिएको...
माघ १ गते, २०८२ - ०७:३१
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक बस्दैछ। बिहान ८ बजे केन्द्रीय कार्यालय सानेपामा केन्द्रीय कार्यसमिति बैठक बस्न लागेको हो। भृकुट...
माघ १ गते, २०८२ - ०७:२४
दमौली । तनहुँंको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारा कसेरीघाटस्थित फोहरमैला प्रशोधन केन्द्रमा तीन जनाको हत्या प्रकरणमा एक जना पक्राउ परेका छन् । शनिबार...




प्रतिकृया लेख्नुहोस्: