Ntc summer Offer
Khabar Dabali २५ असार २०८१ सोमबार | 8th July, 2024 Mon
NIMB

उत्पादक र उपभोक्तालाई जोड्दै कृषि ‘एम्बुलेन्स’

खबरडबली संवाददाता

गण्डकी । पोखरा महानगरपालिकाले सञ्चालनमा ल्याएको कृषि एम्बुलेन्सले उत्पादक र उपभोक्ता बीचमा सेतुको काम गरेको   छ । एम्बुलेन्सले महानगरपालिकाका ग्रामीण बस्तीमा भएका उत्पादनको सहज बजारीकरण गर्न सहयोग पुर्याएको छ । 

फलफूल तथा तरकारी मूल्य शृङ्खला विकास आयोजना र पोखरा महानगरपालिकाको सहकार्यमा रु ३६ लाख लागतमा खरिद गरिएको कृषि एम्बुलेन्सले गत वर्ष वैशाख ५ गतेदेखि सेवा सुरुआत गरेको महानगरपालिकाका कृषि महाशाखा प्रमुख मनोहर कडरियाले जानकारी दिए।

कृषि एम्बुलेन्समार्फत हाल पोखरा महानगरपालिका वडा नं २२ पुम्दी भुम्दी, वडा नं २३ चापाकोट, घाँटीछिना, वडा नं २८ माझठाना, वडा नं ३३ भरतपोखरीको बागमारा, वडा नं २५ झिर्झिकालगायत स्थानबाट कृषिजन्य उत्पादन निःशुल्क ढुवानी भइरहेको छ ।

मागअनुसार कृषि एम्बुलेन्सलाई विभिन्न ठाउँमा पुर्याउने गरिएको जनाउँदै ग्रामीण क्षेत्रबाट ल्याइएका कृषिजन्य उत्पादन बारअनुसार फरक–फरक ठाउँमा लगेर बिक्रीवितरण गर्ने गरिएको उनले बताए । कृषि उपज आइतबार पोखराको वडा नं ३ नदीपुर, मङ्गलबार वडा नं ७ स्थित मुनाबजार, बुधबार मुस्ताङचोकस्थित लोकसेवा आयोग कार्यालय अगाडि, बिहीबार सिद्धार्थ चोकस्थित श्री कम्लेक्स, शुक्रबार वडा नं ४ गैरापाटनस्थित वडा कार्यालय अगाडि र शनिबार मुस्ताङचोकस्थित लोकसेवा आयोगको कार्यालय अगाडि बिक्री वितरण गर्ने गरिएको छ ।

गाउँबाट आएको ताजा तरकारी लिन सर्वसाधारणको आकर्षण बढिरहेको छ । किसानबाट ल्याइएको उत्पादन उनीहरूसँग खरिद गरेको मूल्यको २० प्रतिशतभन्दा बढी नबढ्ने गरी उपभोक्ताले खरिद गर्न पाउने व्यवस्था मिलाइएको महानगरपालिकाले जनाएको छ । पछिल्लो समयमा कृषि एम्बुलेन्सको ठाउँठाउँबाट माग बढ्दै गएको जनाउँदै प्रमुख कडरियाले नियमित गाडीको पहुँच नभएका साना किसानका साथै उपभोक्ता दुवैका लागि प्रभावकारी भएको बताए ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बागमतीमा एमालेका ५ मन्त्रीले बुझाए राजीनामा

हेटौंडा । माओवादी केन्द्र नेतृत्वको बागमती प्रदेश सरकारबाट नेकपा एमाले बाहिरिएको छ । एमालेले सरकारलाई दिएको समर्थन पनि फिर्ता लिएको छ । मुख्यमन्त्र...

अविरल वर्षाका कारण खोटाङका ग्रामीण सडक अवरुद्ध

खोटाङ । अविरल वर्षाले जिल्लाका सबै ग्रामीण सडक अवरुद्ध बनेका छन् । वर्षासँगै आएको भलबाढी तथा पहिरोका कच्ची अवस्थामा रहेका अधिकांश ग्रामीण सडक अवरुद्ध ...

ललितपुरमा पहिरो जाँदा कान्ति लोकपथ अवरुद्ध

काठमाडौं । ललितपुरको बागमती गाउँपालिका–३ स्थित कान्ति लोकपथको कार्कीबास भन्ने ठाउँमा पहिरो खस्दा बाटो अवरुद्ध भएको छ । सोमबार बिहान पहिरो खसेर बाटो...

एसएलआर लगायतका हतियारसहित ३ जना लुटेरा पक्राउ

मुगु । हतियार देखाएर लुट्दै हिँड्ने लुटेरा समूहलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ  । आइतबार साँझ पत्रकार सम्मेलन गरि जिल्ला प्रहरी कार्यालय मुग...

चलचित्र “चिट्ठी”ले पायो पिजी सर्टिफिकेट

काठमाडौं । एरा प्रोडक्सनको प्रा‍.लि. को ब्यानरमा निर्माण भएको चलचित्र चिट्ठीको सिंहदरवार स्थित केन्द्रिय चलचित्र जाँच पास समितिको कार्यलयमा सेन्सर भएक...

सुनकाे मूल्य तोलाको १ लाख ४५ हजार हुँदा, चाँदीको कति ?

काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ । अघिल्लो दिनको तुलनामा सोमबार छापावाल सुनको मूल्य तोलामा ४०० रुपैयाँ घट्दै १ लाख ...

ग्लोबल आइएमई बैंक र नास–आईटीबिच दिगो साझेदारीसम्बन्धी सम्झौता

काठमाडौ‌ं । ग्लोबल आइएमई बैंक लिमिटेड र नेपाल एसोसियसन अफ सफ्टवेयर एन्ड आईटी सर्भिसेस ९नास–आईटी० बिच दिगो साझेदारीसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ ...

महिलाहरुलाई हाेटलमा काम लगाइदिने भन्दै यौन व्यवसायमा लगाउने युवती परिन् प्रहरीको फन्दामा

बिराटनगर । महिलाहरुलाई यौन व्यवसाय लगाउने एक युवतीलाई मोरङ प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा झापाको बिर्तामोड नगरपालीका वडा नं.–८...

निरन्तरको वर्षाले कञ्चनपुर जलमग्नः १६ सय बढी विस्थापित

कैलाली। निरन्तर परेको अविरल वर्षाको कारण कञ्चनपुर जलमग्न भएको छ । यहाँका अधिकांश पालिका डुबानमा परेका छन् । अहिलेसम्म कञ्चनपुरमा ४६६ परिवारका १ हजा...

फ्रान्सका बामपन्थी गठबन्धनका नेता भन्छन्, प्यालेस्टाइन राज्यलाई मान्यता दिन्छौं

काठमाडौँ । फ्रान्सको संसदीय चुनावमा वामपन्थी गठबन्धन न्यू पपुलर फ्रन्टका नेता जीन लुक मेलेन्सनले आफ्नो गठबन्धनले प्यालेस्टाइन राज्यलाई मान्यता दिने बत...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy