Khabar Dabali १० श्रावण २०८३ आईतवार | 26th July, 2026 Sun
Investment bank

नेकपा जोगाउन खोज्दा एमालेमा जाँदैछ भनियो, अन्यायको मौन समर्थन गर्न सकिनँ : हरिबोल गजुरेल

खबरडबली संवाददाता

काठमाडौं । सिन्धुली-२ मा बागी उम्मेदवारलाई समर्थन गरेपछि नेकपाबाट कारबाहीमा परेका नेता हरिबोल गजुरेलले पार्टी नेतृत्वले गरेको अन्यायको मौन समर्थन गर्न नसकेर आफूले विद्रोह गरेको बताएका छन्। नेतृत्व गरेको अपमानजनक निर्णयविरुद्ध जिल्ला पार्टीले अभिभावकत्व लिन गरेको आग्रहलाई आफूले स्वीकार गरेको उनको भनाइ छ।

उनले विगतमा आफूले नेकपा जोगाउने प्रयास गर्दा पनि एमालेमा जाँदैछ भनेर भ्रमपूर्ण प्रचार गरेको गुनासो गरेका छन्। सिन्धुली-२ मा नेकपाले राजन दाहाललाई टिकट दिएपछि असन्तुष्टि जनाउँदै गजुरेल बागी उम्मेदवार महेश्वर दाहालको पक्षमा खुलेका थिए। यद्यपि, दुवै उम्मेदवार पराजित भए।

उनको भनाइ जस्ताको तस्तै:

पार्टीभित्र होस् वा बाहिर, संघर्षका आफ्नै नियम हुन्छन्। लडाइँको मैदानमा जस्तै, राजनीतिमा पनि रणनीति, कार्यनीति, धैर्य र समयको मूल्य अत्यन्त महत्त्वपूर्ण हुन्छ। विपक्षीले फायर खोल्दा आफ्नो तयारी अपर्याप्त छ भने पछि हट्नु कमजोरी होइनस त्यो परिस्थितिको यथार्थ मूल्याङ्कन हो। तर यदि पछि हट्ने ठाउँ नै छैन-पछाडि भीर र अगाडि चट्टानजस्तो पहरा छ भने-त्यस्तो अवस्थामा प्रतिफायर नगर्नु केवल कायरता मात्र होइन, आत्मसमर्पण नै हुन जान्छ।

नेतृत्वले गरेको अपमानजनक निर्णयविरुद्ध जिल्ला पार्टीले अभिभावकत्व लिन गरेको आग्रहलाई मैले स्वीकार गरेको छु। जनवादी क्रान्तिको आधारभूमि रोल्पा बनेजस्तै, समाजवादी क्रान्तिको सम्भावित आधारभूमि बन्ने सङ्केत देखिएको प्रतिकात्मरुपमा पूर्वको रोल्पा भनिने गरिएको सिन्धुली जिल्ला पार्टीको शिर उँचो राख्न साथ दिनु मेरो कर्तव्य हो। यस निर्णयप्रति मलाई कुनै पश्चात्ताप छैन-बरु गर्व छ। किनकि यसको पृष्ठभूमि विचार, नीति, संगठन, कार्यशैली र आचरणसँग अभिन्न रूपमा जोडिएको छ।

कतिपयले भ्रमवश नकारात्मक टिप्पणी गरेका हुन सक्छन्। त्यसप्रति मेरो कुनै गुनासो छैन। तर नियतवश भ्रम फैलाउनेहरूको चरित्र भने समयसँगै उजागर हुँदै जानेछ। विगतमा नेकपालाई विभाजन हुनबाट रोक्ने मेरो प्रयासलाई समेत ‘उनी एमालेमा जाने तयारी गर्दैछन्’ भनेर व्याख्या गरिएको थियो। तर इतिहासले त्यो आरोपलाई खारेज गरिदियो। आज पनि कसैलाई जिताउन खेल खेलिएको आरोप लगाइँदै छ। तर गोयबल्स शैली—झूटलाई हजार पटक दोहोर्‍याएर सत्य बनाउने प्रयास-धेरै दिन टिक्दैन। अन्ततः समयले नै सत्यलाई स्थापित गर्छ।

२०८२ असोज ९ मा बसेको केन्द्रीय समितिको बैठकमा मैले स्पष्ट रूपमा भनेको थिएँ-आगामी महाधिवेशनसम्म नेतृत्वलाई रूपान्तरणका लागि समय दिनुपर्छ। त्यस अवधिमा मुख्य नेतृत्वले विचारमा स्पष्टता, राजनीतिमा परिपक्वता, कार्यशैलीमा सुधार र आचरणमा निखार ल्याओस् भन्ने मेरो अपेक्षा थियो। यदि यस्तो हुन सकेन भने महाधिवेशनमा नेतृत्वको विकल्प अगाडि आउने कुरा मैले त्यतिबेलै स्पष्ट रूपमा राखेको थिएँ। नेतृत्वमा रूपान्तरण सम्भव देखिएन भने मुख्य नेतृत्वविरुद्ध विद्रोहका लागि उचित समय त्यही हो भन्ने कुरा मलाई थाहा थियो।

महाधिवेशनअघि टकराब सिर्जना गर्ने मेरो उद्देश्य थिएन। तर सङ्घीय संसद्को टिकट वितरणमा नेतृत्वले अपनाएको अनैतिक, अपारदर्शी र भद्दा तरिकाले परिस्थितिलाई नयाँ मोडमा पुर्‍आयो। जब कि प्रतिरोध गर, कि मरको अवस्था सिर्जना हुन्छ, त्यतिबेला मौन बस्नु केवल निष्क्रियता मात्र होइन-त्यो अन्यायको मौन समर्थन हुन्छ। त्यस्तो मौनता अन्ततः राजनीतिक आत्महत्या सावित हुन्छ। त्यसैले प्रतिरोध गर्नुको विकल्प रहँदैन।

यस अर्थमा यो कदम कुनै आवेगको परिणाम होइनस यो परिस्थितिले अनिवार्य बनाएको कर्तव्य पालन हो। प्रधान र निमित्त कारण एक ठाउँमा नजुटी कुनै पनि घटना घट्दैन। विश्व इतिहासका धेरै आन्दोलनहरूमा देखिएझैँ—कुनै आन्दोलनको निमित्त कारण सानो देखिए पनि त्यसको पृष्ठभूमिमा दीर्घकालीन असन्तोष, अन्याय र विरोधको सञ्चय हुन्छ। आजको डिजिटल युगमा सामाजिक सञ्जालमार्फत अभिव्यक्त भइरहेको जेन–जी आन्दोलनमा पनि यस्तै प्रवृत्ति देखिन्छ-जहाँ दीर्घकालीन असन्तोषले सानो कारणलाई आन्दोलनको चिंगारी बनाइदिन्छ। सङ्घीय संसद्को निर्वाचनको सन्दर्भमा महेश्वर दाहालको स्वतन्त्र उम्मेदवारीलाई यसैअर्थमा बुझ्दा उपयुक्त हुन्छः हेर्दा सानो घटना तर पृष्ठभूमि भयानक ।

राजनीतिक सन्यास, पलायन र प्रतिरोधबीच रोज्नुपर्ने बेला आयो, र मैले प्रतिरोध-अर्थात् विद्रोह-रोजेँ। यो विद्रोह कुनै व्यक्तिगत प्रश्नसँग जोडिएको छैन। एमालेसँगको पार्टी एकतापछि बैठकमा उठाइएका विषयहरू, आठौँ महाधिवेशनका बहसहरू, २०७९ जेठ ४ मा संसदमा गरिएको सम्बोधन, २०७९ मंसिरमा पदाधिकारी बैठकमा प्रस्तुत प्रस्ताव, २०८० माघ १० मा कान्तिपुर दैनिक, नयाँ पत्रिका दैनिक सहित अन्य पत्रिकाहरू र अनलाइनहरूमा प्रकाशित लेख र विभिन्न टि।भी च्यानलमा दिएका अन्तर्वार्ताहरू , विधान महाधिवेशनमा उठाइएका प्रश्नहरू, प्रमुख सल्लाहकारबाट राजीनामा दिँदा उठाइएका विषय, २०८२ असोजको २८ बुँदे सुझाव, र कार्तिक १५ मा पदाधिकारीको अन्तिम बैठकमा राखिएको लिखित प्रस्ताव-यी सबैको निरन्तरतामा उभिएको यो प्रतिरोध हो।

यसैले यो कुनै व्यक्तिविरोधी अभियान होइन। यो विचार, विधि-पद्धति, मूल्य र राजनीतिक नैतिकताको पक्षमा उभिएको विद्रोह हो। यति सबै हुँदाहुँदै पनि नेतृत्वको रूपान्तरणको आशामा लामो समयसम्म अलमलिनु आफ्नो कमजोरी भएको यथार्थलाई स्वीकार गर्नैपर्छ।

इतिहासले बारम्बार प्रमाणित गरेको छ-अन्याय सहनेहरूले परिवर्तन ल्याउन सक्दैनन्। परिवर्तन सधैँ त्यहीँबाट सुरु हुन्छ, जहाँ अन्यायको विरुद्ध पहिलो साहसी आवाज उठ्छ। अन्ततः इतिहास त्यही आवाजको पक्षमा उभिन्छ र नयाँ सम्भावनाहरूको ढोका खोल्छ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

प्रदेशमा सत्ता सहकार्यका लागि एमाले–नेकपाबीच ३ बुँदे सहमति, पाँच प्रदेशको नेतृत्व बाँडफाँट

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकार गठन तथा सत्ता सहकार्यका विषयमा तीनबुँदे सहमति भएको छ। शनिबार ...

रोल्पा पहिरोमा बेपत्ता दुवै महिला मृत फेला, एक गम्भीर घाइते

 रोल्पा । रोल्पाको सुनछहरी गाउँपालिका–१ सेरमस्थित दवाङ लेकमा शुक्रबार गएको पहिरोमा बेपत्ता भएका दुई महिलाको शव फेला परेको छ। मृतक स्थानीय ३५ वर्षीय...

नेपालगञ्जमा एकै दिन छ शालिक अनावरण

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकामा आज एकैदिन छ वटा शालिक अनावरण गरिएको छ । नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले जेनजी आन्दोलनका क्रम...

नबिल बैंकलाई ‘बेस्ट कमर्सियल बैंक (नेपाल)’ अन्तर्राष्ट्रिय सम्मान

काठमाडौं । नबिल बैंकले अन्तर्राष्ट्रिय स्तरको ‘बेस्ट कमर्सियल बैंक (नेपाल)’ अवार्ड प्राप्त गरेको छ। भारतको नयाँ दिल्लीमा आयोजित चौथो इमर्जिङ एसिया बैं...

उदयपुरमा महिलाको रहस्यमय मृत्यु, फूलजोरमा रगताम्मे अवस्थामा शव फेला

उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका–१३ फूलजोर क्षेत्रमा एक महिलाको शव फेला परेको छ। घटनापछि प्रहरीले घटनास्थल सुरक्षित राखेर अनुसन्धान सुरु गरेको छ। ...

मोरङमा ४ वर्षीया बालिकाको बीभत्स हत्या, घरबाट हराएकी बालिकाको शव घाँसघारीमा भेटियो

विराटनगर । मोरङको सुनवर्षी नगरपालिका–९ डाइनियास्थित मुस्लिम टोलकी ४ वर्षीया बालिका कायानत खातुनको हत्या भएको अवस्थामा शव फेला परेको छ। उनी स्थानीय जफा...

कालो कोटको आडमा ठगी? धरौटी नलाग्ने मुद्दामा ६० हजार असुलेको आरोप

सुर्खेत । सुर्खेतमा एक कानुन व्यवसायीमाथि अदालतमा धरौटी नै नलाग्ने मुद्दामा धरौटी लाग्ने भन्दै सेवाग्राहीबाट रकम असुलेको आरोप लागेको छ। पीडित पक्षले अ...

८ लाख २१ हजार घुससहित सिँचाइ डिभिजन सर्लाहीका प्रमुख र अधिकृत पक्राउ

सर्लाही । सर्लाहीको भूमिगत जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय, कर्मैयाका डिभिजन प्रमुख अनुपमा ढकाल र मेकानिकल अधिकृत तुलाकान्त चौधरी ८ लाख २१ हज...

मुगुमा घरमाथिबाट पहिराे खस्दा ३ वर्षीय बालकको मृत्यु, ८ घर उच्च जोखिममा

मुगु । मुगुको मुगम कार्मारोङ गाउँपालिका–५ पुलु बजारमा शनिबार बिहान घरमाथिबाट ढुंगासहितको पहिरो खस्दा तीन वर्षीय बालकको मृत्यु भएको छ...

साउनमै तरकारीको भाउ आकासियो, केही तरकारी पाँच गुणासम्म महँगियो

काठमाडौं । काठमाडौं उपत्यकामा हरियो तरकारीको मूल्य अस्वाभाविक रूपमा बढेको छ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार गत वर्ष साउनको पहिलो ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending