Khabar Dabali २८ फाल्गुन २०८२ बिहीबार | 12th March, 2026 Thu
Investment bank

महाभारतमा उत्पादित कफी जापान निर्यात

खबरडबली संवाददाता

काभ्रे । काभ्रेपलाञ्चोकको दक्षिणपूर्वी क्षेत्रमा अवस्थित दुर्गम महाभारत गाउँपालिकाले व्यावसायिक कफी उत्पादनलाई आधुनिकीकरण गर्न थालेको छ । कफी उत्पादनलाई आधुनिक बनाउने उद्देश्यले पालिकाले व्यावसायिक कफी किसानलाई आधुनिक कृषि सामग्री वितरण गरेको हो ।

आधुनिक कृषि प्रविधिसँग जोड्दै थप सहज र उत्पादन वृद्धि गरी कफीखेतीबाट आत्मनिर्भर बनाउने उद्देश्यले व्यावसायिक किसानलाई सामग्री वितरण गरिएको गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बाले बताए । यो साता कफी किसानलाई ८० पल्पर मेसिन, एक सय कफीराख्ने जाली, एक सय किसानलाई पाँच सय मिटर पार्चमेन्ट जाली, बिन्स बनाउने मेसिन, महिचर मेसिन, डिजिटल तराजु र ह्याण्ड ग्रेडरसहितका सामग्री वितरण गरिएको छ ।

बाँकी किसानलाई आवश्यकताका आधारमा सामग्री वितरण गर्दै जाने अध्यक्ष जिम्बाले बताए । “आधुनिक सामग्रीले कफी खेती तथा उत्पादनमा सहजता हुने अपेक्षा गरेका छौँ”, उनले भने । केही वर्षदेखि स्थानीयको आयआर्जनको माध्यम कफीखेती बन्न थालेपछि पालिकाले बर्सेनि अनुदानमा कफीका बिरुवा वितरण गर्दै आएको छ । गाउँपालिकाका अनुसार एक हजार चार सय ३३ रोपनी जमिनमा कफीखेती भइरहेको छ । 

आर्थिक वर्ष २०७९र८० मा स्थानीय किसानलाई एक लाख कफीका बिरुवा निःशुल्क वितरण गरेको पालिकाले चालु आवमा ९० हजार बिरुवा वितरण गरेको छ । महाभारत–३, ५ र ८ मा नर्सरी स्थापना गरिएको छ । गाउँपालिकामा हाल व्यावसायिक कफी उत्पादन गर्ने किसान एक हजार दुई सयको हाराहारिमा रहेका अध्यक्ष जिम्बाले जानकारी दिए ।

कफी उत्पादनलाई पकेट क्षेत्रका रुपमा विकसित गर्दै हरेका वर्षको नीति तथा कार्यक्रम र बजेटमा प्राथमिकतामा राखिएको जिम्बाले बताए । यहाँका किसान परम्परागत मकै, कोदो तथा अन्य खाद्यान बाली छाडेर कफीखेतीमा आकर्षित हुँदै गएका उनको भनाइ छ ।

पालिकाबाट बर्सेनि रु पाँचदेखि १२ लाखसम्मको कफी बिक्री हुने गरेको वडा नं ५ का सुवास जिम्बाले बताए । यहाँ कफी उत्पादन राम्रो हुनुका साथै बजारीकरणको समस्या हट्दै गएकाले किसान यसतर्फ आकर्षित हुँदै गएका उनको भनाइ छ ।

यसैबीच महाभारतका किसानले उत्पादन गरेको कफी जापान निर्यात हुँदै आएको छ । ‘हिमालयन लक्जरी विन्स’ नामक कम्पनीले तीन वर्षदेखि यहाँ उत्पादित कफी जापान निर्यात गर्दै आएको हो । 

बागमती प्रदेश सरकारले ‘एक वडा, एक उत्पादन’ कार्यक्रमअन्तर्गत आगामी आवका लागि महाभारत–५ र खानीखोला गाउँपालिका–२ लाई कफी उत्पादनका लागि छनोट गरेको छ । 

विन्सका सञ्चालक गुणबहादुर लामाले महाभारत क्षेत्रमा उत्पादित कफी स्वादिलो र गुणस्तरीय भएकाले जापानबाट माग हुने गरेको भन्दै निर्यातलाई निरन्तरता दिँदै आएको बताए । “हाल एक हजार पाँच सय केजी जापान पठाउने गरेका छौँ । माग अनुसार थप निर्यात बढाउने तयारीमा छौँ”, उनले भने । 

यहाँ उत्पादित कफीलाई सुरुमा स्थानीयस्तरमा प्रशोधन गर्ने र बनेपास्थित विन्समा ल्याई पूर्णरूपमा प्रशोधन गर्ने गरिएको सञ्चालक लामाले जानकारी दिए । डाँडापारिमा पल्पिङ सेन्टर स्थापनापछि किसानले बोक्रा फालेर प्रशोधनअघि बिक्री गर्दा प्रतिकेजी रु पाँच सयदेखि रु छ सयसम्म पाउने गरेका छन् । 

एक पटक रोपेको बिरुवाबाट पचास वर्षसम्म आम्दानी लिन सकिन्छ । एक रोपनीमा वार्षिक रु २५ देखि ३० हजारसम्म कमाइ हुने गरेको गाउँपालिकाका अध्यक्ष जिम्बाले बताए । महाभारतको आर्थिक समृद्धिको आधार कफीमार्फत गराउने योजना रहेको उनले जानकारी दिए । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

इनिसा विकको बलपूर्वक यौनसम्पर्कले मृत्यु

सुर्खेत । गुर्भाकोट नगरपालिका–६ बडाखोली स्थायी घर भई वीरेन्द्रनगर–१ बस्दै आएकी १६ वर्षीया इनिसा विकको मृत्यु यौनांगको भित्री भाग च्यातिएर अत्यधिक रक्त...

निर्वाचनले देशको राजनीतिक अन्यौलतालाई केही हदसम्म कम गरेको छ : अष्टलक्ष्मी शाक्य

काठमाडौं । नेकपा एमालेकी नेतृ तथा बागमती प्रदेशकी पूर्वमुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले हालै सम्पन्न निर्वाचनले देशको राजनीतिक अन्यौलतालाई केही हदसम्म...

इनिशा विकका बुवा दुबईबाट सुर्खेत आइपुगे, न्याय नपाए शव नबुझ्ने

सुर्खेत । बलात्कारपछि हत्या भएकी १६ वर्षीया इनिशा विकका बुवा इन्द्रबहादुर विक सुर्खेत आइपुगेका छन्। छोरीको हत्या भएको खबर पाएपछि उनी रोजगारीका लागि दु...

बढ्न थाल्यो सहरी क्षेत्रमा तापक्रम

काठमाडौँ । देशका विभिन्न सहरमा यही फागुन २६ देखि २८ गतेसम्म अधिकांश स्थानमा अधिकतम तापक्रम क्रमश: बढ्दै गएको देखिन्छ । जल तथा मौसम विज्ञान विभागको तथ्...

बैठकमा बोल्दै गर्दा ढलेका एमालेका केन्द्रीय सदस्य कृष्ण थापाको निधन

काठमाडौँ । नेकपा एमालेका केन्द्रीय सदस्य तथा कास्की ईन्चार्ज कृष्ण थापाको निधन भएको छ। बिहीबार जिल्ला कमिटीको बैठकमा बोल्दै गर्दा उनी ढलेका थिए। उन...

क्रोसियामा दुर्घटनामा परेका विकको शव ल्याउन ढिलाइ

सल्यान। वैदेशिक रोजगारीका क्रममा क्रोसियामा सवारी दुर्घटनामा परी निधन भएका सल्यानका एक युवकको शव स्वदेश ल्याउन ढिलाइ भएको छ । कुमाख गाउँपालिका–७ जिमाल...

इनिसा विकको न्याय माग गर्दै माइतीघर मण्डलामा प्रदर्शन

काठमाडौं । बलात्कारपछि हत्या भएकी १६ वर्षीया इनिसा विकको न्यायका लागि काठमाडौंमा बिहीबार पनि विरोध प्रदर्शन भएको छ। माइतीघर मण्डलामा भएको प्रदर्शनम...

रास्वपा हिन्दू राष्ट्र बनाउन संविधान संशोधनका लागि तयार भए दुईतिहाइ सिटका लागि हामी सहयोग गर्छाै: कमल थापा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता कमल थापाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) हिन्दू राष्ट्र बनाउन संविधान संशोधनका लागि तय...

कम्बोडियामा अलपत्र परेका १६ नेपाली उद्धार गरी स्वदेश फर्काइयो

काठमाडौं । मानव तस्करको प्रलोभनमा परेर कम्बोडिया पुगेका १६ जना नेपाली उद्धार गरी नेपाल फर्काइएको छ। थाइल्याण्डस्थित नेपाली राजदूतावासको पहल, कम्बोड...

कञ्चनपुरमा जिप–मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

धनगढी । कञ्चनपुरमा जिप र मोटरसाइकल आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्ग अन्तर्गत बेदकोट नगरपालिका–७, लालपुरमा से १ च १४०५...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE