Khabar Dabali १३ पुष २०८२ आईतवार | 28th December, 2025 Sun
Investment bank

अविरल वर्षाका कारण बाँकेको डुडुवाका एकसय घर परिवारलाई सुरक्षित स्थानमा सारियो

खबरडबली संवाददाता

बाँके । अविरल वर्षाका कारण राप्ती नदीमा आएको बाढी बाँकेका गाउँ बस्तीमा पस्न थालेपछि जोखिम क्षेत्रका स्थानीयलाई सुरक्षित स्थानमा सार्न थालिएको छ ।

राप्ती नदीको पानीले खतराको बिन्दु पार गरेर धेरै माथि बग्न थालेपछि बाँकेको डुडुवा १ का गाउँ डुबानमा पर्ने निश्चित भएकोले राप्ती नदी तटीय क्षेत्रका तीन गाउँबाट सय परिवारलाई सुरक्षित स्थानमा सारिएको जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्र बाँकेले जनाएको छ ।

राप्ती नदीमा ठुलो बाढी आउने देखिएपछि हरेक वर्ष डुबानमा पर्ने गरेका डुडुवा १ कृषि चौफेरी, बार्डर चौफेरी र पाँझा गाउँका जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्र बाँकेका सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवालीले जानकारी दिए । तीन गाउँका स्थानीयलाई सुरक्षित स्थानमा सारिएको हो । 

उता, कृषि चौफेरीका स्थानीय राम यादवले राप्तीको बाढी गाउँमा आउन थालेको जनाउँदै सबै स्थानीय सुरक्षित स्थानतर्फ आउन थालेको बताए । गाउँका सबै स्थानीयलाई नजिकैको आश्रयस्थलमा पुर्‍याउने काम गरिएको र बाँकी रहेकालाई पनि ल्याउने काम भइरहेको बताए । 

यसैबिच नदीको बाढीले गर्दा कुसुममा रहेका गाउँ डुब्न थालेका छन् । राप्ती सोनारी गाउँपालिका वडा नम्बर १ अन्तर्गत गर्ने कुसुमस्थित बाघखोर गाउँमा बाढी पसेपछि सो गाउँको धेरै घर डुबानमा परेको स्थानीयले जनाएका छन् । बाढी गाउँमा पस्दा स्थानीय खुमलाल रावत, शालिकराम भण्डारी, राजकुमार रावत, गर्भे बिक, रमेश भण्डारी, धर्मबहादुर ओली, चोपा ओली, रोवर ओलीका घर डुबानमा परेका छन् ।

बाँकेको कुसुमस्थित बाढी मापन केन्द्रमा शनिबार अपराह्न ५ बजेको रेकर्ड अनुसार राप्ती नदीमा पानीको सतह ७ मिटर ९५ सेन्टिमिटर पुगेको छ । पानीको सतहले खतराको बिन्दु पार गरेकोले अब ५ घण्टामा बाढी राप्तीसोनारी, डुडुवा र नरैनापुरका गाउँमा पुग्ने र त्यहाँ धेरै गाउँ डुबानमा पर्ने निश्चित छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पार्टी परित्याग गरेर स्वतन्त्र बनेकाहरूलाई कांग्रेसमै फर्कन आह्वान

काठमाडौं । नेपाली कांग्रेसले पार्टी परित्याग गरेर स्वतन्त्र बनेकाहरूलाई फर्कन आह्वान गरेको छ । पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले पार्टी छ...

भारतमा बेचिएका १० महिला तथा किशोरीको उद्धार

कञ्चनपुर । माइती नेपाल आवधिक गृह, कञ्चनपुरले भारतमा बेचिएका १० जना महिला तथा किशोरीको उद्धार गरेको छ । विसं २०८१ कात्तिक मसान्तदेखि गत बिहीबारसम्मको ए...

आगामी जनवरी १ देखि रसुवागढी नाका खुल्दै

काठमाडौँ । रसुवागढी–चीन जोड्ने बेलिब्रिज जनवरी १ देखि सञ्चालनमा आउने भएको छ । साे नाका चीन सरकारले जनवरी १ अर्थात् पुस १७ गतेदेखि सञ्चालनमा ल्याउने जा...

निर्वाचन आचारसंहिता ०८२ स्वीकृत, माघ पहिलो सातादेखि लागू गर्ने तयारी

काठमाडौं । निर्वाचन आयोगले २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आचारसंहिता ०८२ स्वीकृत गरेको छ । शनिबार बसेको आयोग बैठकले आचारस...

पखेर–बरङ्जा सडक योजना अन्तिम चरणमा

म्याग्दी । म्याग्दीको मङ्गला गाउँपालिका–३ र ४ नं वडालाई जिल्ला सदरमुकाम बेनी बजारसँग जोड्ने पखेर–बरङ्जा सडक स्तरोन्नतिका लागि सञ्चालन भएको योजना निर्म...

गोलन्जोरका जुनार–सुन्तला बगैँचामा पैसाको बिटो !

सिन्धुली । मौलिक दानेदार फल जुनार उत्पादनको केन्द्र गोलञ्जोर गाउँपालिकाको महाभारत क्षेत्रका किसान मात्र होइन, यहाँका व्यापारीलाई समेत जुनार र सुन्तला ...

धनकुटाबाट नेकपाद्वारा १० उम्मेदवार नाम सिफारिस

काठमाडाैं । आसन्न प्रतिनिधिसभा निर्वाचनको लागि नेपाली कम्युनिष्ट पार्टी धनकुटाले प्रत्यक्ष र समानुपातिकको लागि विभिन्न व्यक्तिहरुलाई उम्मेदवारको रुपमा...

खरबारी सुन्तला बगैँचामा परिणत

म्याग्दी । म्याग्दीको मङ्गला गाउँपालिका–३ भेडाबारी र भोर्लेनीका किसानले भिरालो पाखो खरबारीलाई सुन्तला बगैँचामा परिणत गरेका छन् । कोदो, मकैलगायत परम्पर...

हनुमानढोका दरबार क्षेत्रको मौलिकता जोगाउन सरोकारवालाको जोड

काठमाडौँ । हनुमानढोका दरबार सङ्ग्राहलयकाे मौलिकता संरक्षण गर्न सरोकारवालाहरूले जोड दिएका छन् । हनुमान ढोका दरबार सङ्ग्राहलय विकास समितिको १६औँ स्थापना...

रक्षा खर्च बढाउँदै जापान

टोकियो । जापान सरकारले आर्थिक वर्ष सन् २०२६ का लागि हालसम्मकै सबैभन्दा ठूलो रक्षा बजेट प्रस्ताव गरेको छ । स्थानीय सञ्चारमाध्यमका अनुसार प्रस्तावित रक्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending