काठमाडौँ। राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्ताको खेल नबुझेको टिप्पणी गर्नुभएको छ ।नेकपा (एमाले) सँग सहकार्य गरेर सरकार बनाएयता प्रधानमन्त्री प्रचण्डको नराम्रो दिन सुरु भएको उनको जिकिर थियो ।
मङ्गलबार प्रतिनिधि सभा बैठकमा बोल्नुहुँदै अध्यक्ष केसीले एमालेप्रति सङ्केत गर्दै बालकोटले प्रधानमन्त्रीलाई अहिलेको परिस्थितिमा पुर्याएको बताए ।
‘‘प्रधानमन्त्रीले पुस १० गते जहाँ पुग्नुभयो, त्यही दिनदेखि दशा सुरु भएको थियो । त्यो उहाँले बुझ्नु भएन । अब यसो भन्दाखेरी नराम्रो लाग्ला । तपाईँले चाहिँ कति पटक बालकोट धाउनु भयो, कति पटक बुढानीलकण्ठ पुग्नु भयो रु यसरी चल्छ राजनीति ? तपाई पाँच वर्ष सरकारमा राख्न संसद् भित्रको दोस्रो पार्टी मिसिएको थिएन । लाटो खान्छ एक बल्डयाङ, बाठो खान्छ तीन बल्ड्याङ भनेजस्तै तपाईँले बल्ल भोग्नु भयो ।,’’ अध्यक्ष केसीले भन्नुभयो, ‘‘तपाईँहरूको मन्त्रिमण्डल गठन हुँदै तपाई भन्दा ठुलो पार्टीले अर्थ मन्त्रालय किन लिएन ? गृह मन्त्रालय किन लिएन ? त्यतिबेला म राजनीति नजान्ने मान्छेले पनि अड्कल गरेको थिए –दालका काला हेय । बुढानीलकण्ठ छोडेर बालकोट पुगेको परिणाम अहिले भोगिरहनु भएको छ । अब दुई वटा ठुलो पार्टी मिसिएपछि हुनेवाला केही छैन, मुखको तितो मात्रै पोख्ने कुरा हो ।’’
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १३ गते, २०८२ - १६:२६
काठमाडौँ । आसन्न प्रतिनिधिसभाको निर्वाचनका लागि निर्वाचन आयोगले सामाजिक सञ्जाल र एआईको प्रयोगबारे आचारसंहिता तय गरेको छ । आयोगबाट स्वीकृत निर्वाचन आचा...
पौष १३ गते, २०८२ - १६:०७
काठमाडौं । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साह राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा प्रवेश गरेसँगै सेयर लगानीकर्ताहरू उत्साहित भएका छ...
पौष १३ गते, २०८२ - १५:४८
काठमाडौं । नेपाली कांग्रेसले यसपटक समानुपातिक निर्वाचन प्रणालीबाट यसअघि सांसद बनेकाहरूलाई उम्मेदवार नबनाउने निर्णय गरेको छ। समानुपातिकतर्फका उम्मेद...
पौष १३ गते, २०८२ - १५:३५
काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ। ११औँ महाधिवेशनबाट निर्वाचित पदाधिकारीहरू सम्मिलित सचिवालयको यो पहिलो बैठक हो। ललितपुरको च्यासलस्...
पौष १३ गते, २०८२ - १५:१९
काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवारले चुनावी प्रचार–प्रसारका क्रममा दुईभन्दा बढी सवारी साधन प्रयोग गर्न नपाउने ...
पौष १३ गते, २०८२ - १५:०२
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका नेता पम्फा भुसालले आगामी फागुन २१ गतेको प्रतिनिधि सभा निर्वाचन नलड्ने निर्णय गरेकी छन्। उनले समानुपातिक र प्रत्य...
पौष १३ गते, २०८२ - १४:५४
काठमाडौँ । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे र उपसभामुख इन्दिरा राना आफ्नो कार्यकाल समाप्त भएसँगै बिदा हुने भएका छन्। सभामुख घिमिरेका सञ्चार विज्ञ ...
पौष १३ गते, २०८२ - १४:२०
रसुवा । ६ महिनादेखि बन्द रसुवागढी नाकामा आजदेखि आवतजावत सुरू भएको छ । आजै बिहान ७ बजेदेखि नेपाली ट्रकका सवारी चालक केरूङतर्फ जान सुरू गरेका हुन् । ...
पौष १३ गते, २०८२ - १४:०७
धनगढी । बाघको आक्रमणबाट कञ्चनपुरमा एक वृद्धाको ज्यान गएको छ । इलाका प्रहरी कार्यालय त्रिभुवन बस्तीका अनुसार भारतको दुधुवा नेशनल पार्कमा घाँस–दाउरा लिन...
पौष १३ गते, २०८२ - १३:५७
काठमाडौँ । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–०८२ स्वीकृत गरेको छ। आयोगको शनिबार बसेको बैठकले आचारसंहिता पारित गरेको हो। निर्वाचनको स्वच्छता, निष्...




प्रतिकृया लेख्नुहोस्: