Ntc summer Offer
Khabar Dabali ११ माघ २०८१ शुक्रबार | 24th January, 2025 Fri
Investment bank

धनुषामा ८ सय ३७ हेक्टर वनको जमिन अतिक्रमण

खबरडबली संवाददाता

धनुषा । जिल्लामा वन क्षेत्रको ८ सय ३७ हेक्टर जमिन अतिक्रमण भएको छ । पछिल्लो समय बस्ती तथा सडक विस्तारका कारण वन क्षेत्रको जमिन अतिक्रमण हुँदै गएको हो । 

जिल्लास्थित डिभिजन वन कार्यालयद्वारा आयोजित ‘वन अतिक्रमणको समस्या र समाधानका उपाय’ विषयक अन्तरक्रिया कार्यक्रममा वन अतिक्रमण प्रतिवर्ष बढ्दै गएको तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको हो । तथ्याङ्क अनुसार जिल्लामा रहेका वन क्षेत्रका आठ सय ३७ हेक्टर जमिन अतिक्रमणको चपेटामा परेको छ ।

जिल्लामा २७ हजार पाँच सय ७८ हेक्टर जमिन वन क्षेत्र रहेको भन्दै आठ सय ३७ हेक्टर अतिक्रमण भएको कार्यालयका वन अधिकृत अनिलकुमार शाहले जानकारी दिए । जमिन अतिक्रमण गरी बस्ती, सडक विस्तारका साथै कतिपयले खेती गर्न थालेका उनको भनाइ छ । 

वन क्षेत्रलाई अतिक्रमणबाट जोगाउन वन कार्यालयले सरोकार भएका निकायसँग छलफल गरी ठोस योजना बनाइरहेको बताउँदै शाहले यसमा प्रशासनिक निकाय तथा राजनीतिक दलहरूले पनि समन्वय गर्नुपर्नेमा जोड दिए । ।

गत आर्थिक वर्षमा ३५ हेक्टर अतिक्रमित जमिन फिर्ता गराइएको शाहले जानकारी दिए । “यो कार्य कठिन छ तर मुक्त गराउने प्रयास जारी छ”, उनले भने, “कतिपय अवस्थामा वन कार्यालयका कर्मचारीको लापरबाही र मिलेमतोमा अतिक्रमण भइरहेको देखिन्छ । यसको समाधानका लागि नीतिगत तहदेखि योजनाबद्ध रूपमा काम गर्दै जानुपर्छ ।”

अन्तरक्रिया कार्यक्रममा सहभागीले सरकारी वन क्षेत्रको अवैध कटान तथा अतिक्रमणले प्राकृतिक विपद्हरू बढ्दै गएकामा चिन्ता व्यक्त गरे । प्रमुख जिल्ला अधिकारी रामुराज कडरियाले वन क्षेत्रको अतिक्रमण हटाउन वन कार्यालयले पहल गर्नुपर्ने बताउँदै स्थानीय नागरिक, राजनीतिक दलका साथै सङ्घसंस्थाको सहयोग आवश्यक पर्ने बताए । मधेस प्रदेशमा सबैभन्दा कम वन क्षेत्र  धनुषामा रहेको छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

आज पनि सकिएन रविको थुनछेक बहस

काठमाडौं । बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारी ठगी र सङ्गठित अपराधको मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सभापति रवि लामिछानेको थुनछेक हे...

सरकारको नेतृत्व गरेकाले आफैंमाथि अनुसन्धान गरेर देखाउन प्रचण्डको चुनौती

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिले सरकारको नेतृत्व गरिरहेकाहरूले आफैंमाथि अनुसन्धान गरेर देखाउन चुनौती दिएका छन...

८४ सालमा बहुमत दिनुहोस्, भ्रष्टाचारलाई जरैदेखि उखेलेर फाल्ने छौः प्रचण्ड

दाङ । नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी निर्वाचनमा माओवादी केन्द्रलाई बहुमत दिन अपिल गरेका छन् । माओवादी केन्द्रले  त...

अबको बजेट सबै नागरिकको घरमा खानेपानी जानेगरी बन्छः मन्त्री यादव

काठमाडौं । खानेपानीमन्त्री प्रदीप यादवले आगामी आर्थिक वर्षको बजेटमा शतप्रतिशत नागरिकको घरमा खानेपानी जानेगरी बनाउने प्रतिवद्धता जनाएको छन । शुक्रबा...

दुई जनाविरुद्ध नक्कली शैक्षिक प्रमाणपत्रको भ्रष्टाचार मुद्दा दायर

काठमाडौं। बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, भरतपुर, चितवनमा प्रशासनतर्फ वरिष्ठ सहायक पदमा कार्यरत कमला अधिकारीविरुद्ध नक्कली शैक्षिक प्रमाणपत्रक...

मुग्लिन-पोखरा सडक बिस्तार : पूर्वीखण्डमा ७६ प्रतिशत काम सम्पन्न

तनहुँ । पृथ्वी राजमार्गको पोखरा–मुग्लिन सडक विस्तार आयोजना अन्तर्गत पूर्वीखण्डको कामले गति लिएको छ । ७६ प्रतिशत काम पूरा भएको सूचना अधिकारी इन्जिनियर ...

सिद्धबाबा सुरुङमार्गको ‘ब्रेक थ्रु’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको भर्चुअल माध्यमबाट सिद्धबाबा सुरुङमार्गको मुख्य सुरुङको ब्रेक थ्रू गरेका छन् । सिद्धार्थ राजमार्ग अन्तर्गत...

भारतको महाराष्ट्रमा रेल दुर्घटनाः मृत्यु भएका ७ नेपालीको सनाखत (नामावली)

काठमाडौं । भारतको महाराष्ट्र राज्यमा भएको रेल दुर्घटनामा परी मृत्यु भएका ७ नेपालीको सनाखत भएको छ । परराष्ट्र मन्त्रालयले शुक्रबार एक विज्ञप्ति जारी...

जनताको विकास र समृद्धिको चाहना पूरा गर्न अध्यादेश : अर्थमन्त्री पौडेल

तानसेन । उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले जनताको विकास र समृद्धिको चाहनालाई पूरा गर्न सरकारले अध्यादेश ल्याएको उल्लेख गरेको छन । शुक्रबा...

सरकार परिवर्तन हुन्छ भन्ने हल्ला अर्थहीनः प्रधानमन्त्री

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले पाल्पाको तिनाउ गाउँपालिकाको देभानस्थित प्रशासकीय भवनको आज भर्चुअल माध्यमबाट उद्घाटन गरेका छन । कार्यक्रमस्...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Nepal Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy