काठमाडौँ । मनोरञ्जनका क्षेत्रमा आबद्ध युवायुवती यौन शोषण, बाध्यात्मक श्रम र हिंसा व्यहोर्न बाध्य भएका प्रहरी अनुसन्धानबाट खुलेको छ । नेपाल प्रहरीको मानव बेचबिखन तथा अनुसन्धान ब्यूरोले चालु आर्थिक वर्षको हालसम्म मनोरञ्जन क्षेत्रमा वेश्यावृत्तिमा लगाउने १९ जनालाई पक्राउ गरेको छ ।
काठमाडौँका विभिन्न स्थानमा सञ्चालित डान्सबार, रेष्टुरेन्ट तथा गेष्टहाउसमा वेश्यावृत्तिमा लगाउने ८ पुरुष र ११ महिलालाई पक्राउ गरिएको ब्यूरोले जनाएको छ । ब्यूरोका प्रहरीले रातेपुल, गोङ्गबु, ठमेल, गौशाला, ललितपुर, चाबहिल, जडीबुटी, शिवचोक, तारकेश्वर, जोरपाटी, दीपज्योति, माछापोखरी, मित्रपार्क र नारायणटारलगायत क्षेत्रबाट निजहरूलाई पक्राउ गरेको ब्यूरोका प्रहरी नायब उपरीक्षक वीरेन्द्र गोदारले जानकारी दिए ।
ब्यूरोको आयोजना तथा महिला सशक्तीकरण र हिंसा न्यूनीकरणका क्षेत्रमा क्रियाशील अनाहत नेपाल संस्थाको समन्वयमा सम्पन्न ‘आन्तरिक मानव बेचबिखनका नयाँ आयाम’सम्बन्धी कार्यक्रममा मनोरञ्जन क्षेत्रमा वेश्यावृत्तिमा लगाउने आठ पुरुष र ११ महिलालाई पक्राउ गरिएको जानकारी दिइएको हो ।
ब्यूरोको तथ्याङ्क अनुसार आन्तरिक बेचबिखन तथा वेश्यावृत्तिका घटनामा १५ पुरुष र ४४ महिला गरी ५९ जना पीडित देखिएका छन् । पछिल्लो तीन वर्षमा मानव बेचबिखनमा संलग्न पाँच सय २१ जना पक्राउ परेका ब्यूरोले जनाएको छ ।
ब्यूरोका प्रहरी नायब उपरीक्षक गोदारले मुख्यगरी गाउँबाट ठूला सपनाको प्रलोभनमा पारी मनोरञ्जन क्षेत्रमा ल्याई वेश्यावृत्तिलगायत कार्यमा लगाइँदा ती व्यक्ति विभिन्न शोषणमा पर्ने गरेका अनुसन्धानका क्रममा पाइएको बताए ।
मानव बेचबिखन तथा ओसारपसार ९नियन्त्रण० ऐन, २०६४ ले कुनै पनि उद्देश्यले मानिस बेच्ने वा किन्ने, कुनै प्रकारको फाइदा लिई वा नलिई वेश्यावृत्तिमा लगाउने, प्रचलित कानुनबमोजिमबाहेक मानिसको अङ्ग झिक्ने तथा वेश्यागमन गर्ने कार्यलाई मानव बेचबिखन मानेको छ ।
उक्त ऐनले मुलुक बाहिर हुने ओसारपसार र बेचबिखनका साथै मुलुकभित्र पनि एक ठाउँबाट अर्को ठाउँमा वेश्यावृत्तिमा लगाउने वा शोषण गर्ने उद्देश्यले कुनै किसिमले ललाइफकाई, प्रलोभनमा पारी, झुक्याई, जालसाज गरी, प्रपञ्च मिलाई, डर, त्रास, धाक, र धम्कीका आडमा हुने कार्यलाई सङ्गठित अपराध मानेको प्रहरी नायब उपरीक्षक गोदारको भनाइ छ ।
विश्वभरिका तीन ठूला सङ्गठित अपराधमध्ये मानव बेचबिखन एक मुख्य अपराधका रूपमा रहेको छ । नेपाली समाजमा अहिले मानव बेचबिखन सुसुप्त ढङ्गले सञ्चालित भएको प्रहरीको अनुमान छ ।
अनाहत नेपालका कार्यक्रम व्यवस्थापक सञ्जय ढकालले मानव बेचबिखनको आन्तरिक आयामका बारेमा धेरै चर्चा नभएकाले विभिन्न प्रलोभनमा पारी किशोरीलाई व्यावसायिक केन्द्रमा ल्याई वेश्यावृत्तिमा लगाउने गरिएको बताए । आन्तरिक बेचबिखनमा पर्ने किशोरी मुलतः १३ देखि १७ वर्ष समूहका रहेका उनले बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन २८ गते, २०८२ - १७:०४
सुर्खेत । गुर्भाकोट नगरपालिका–६ बडाखोली स्थायी घर भई वीरेन्द्रनगर–१ बस्दै आएकी १६ वर्षीया इनिसा विकको मृत्यु यौनांगको भित्री भाग च्यातिएर अत्यधिक रक्त...
फाल्गुन २८ गते, २०८२ - १६:४०
काठमाडौं । नेकपा एमालेकी नेतृ तथा बागमती प्रदेशकी पूर्वमुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले हालै सम्पन्न निर्वाचनले देशको राजनीतिक अन्यौलतालाई केही हदसम्म...
फाल्गुन २८ गते, २०८२ - १६:३३
सुर्खेत । बलात्कारपछि हत्या भएकी १६ वर्षीया इनिशा विकका बुवा इन्द्रबहादुर विक सुर्खेत आइपुगेका छन्। छोरीको हत्या भएको खबर पाएपछि उनी रोजगारीका लागि दु...
फाल्गुन २८ गते, २०८२ - १६:२४
काठमाडौँ । देशका विभिन्न सहरमा यही फागुन २६ देखि २८ गतेसम्म अधिकांश स्थानमा अधिकतम तापक्रम क्रमश: बढ्दै गएको देखिन्छ । जल तथा मौसम विज्ञान विभागको तथ्...
फाल्गुन २८ गते, २०८२ - १६:१०
काठमाडौँ । नेकपा एमालेका केन्द्रीय सदस्य तथा कास्की ईन्चार्ज कृष्ण थापाको निधन भएको छ। बिहीबार जिल्ला कमिटीको बैठकमा बोल्दै गर्दा उनी ढलेका थिए। उन...
फाल्गुन २८ गते, २०८२ - १५:४९
सल्यान। वैदेशिक रोजगारीका क्रममा क्रोसियामा सवारी दुर्घटनामा परी निधन भएका सल्यानका एक युवकको शव स्वदेश ल्याउन ढिलाइ भएको छ । कुमाख गाउँपालिका–७ जिमाल...
फाल्गुन २८ गते, २०८२ - १५:३०
काठमाडौं । बलात्कारपछि हत्या भएकी १६ वर्षीया इनिसा विकको न्यायका लागि काठमाडौंमा बिहीबार पनि विरोध प्रदर्शन भएको छ। माइतीघर मण्डलामा भएको प्रदर्शनम...
फाल्गुन २८ गते, २०८२ - १५:१०
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता कमल थापाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) हिन्दू राष्ट्र बनाउन संविधान संशोधनका लागि तय...
फाल्गुन २८ गते, २०८२ - १४:४५
काठमाडौं । मानव तस्करको प्रलोभनमा परेर कम्बोडिया पुगेका १६ जना नेपाली उद्धार गरी नेपाल फर्काइएको छ। थाइल्याण्डस्थित नेपाली राजदूतावासको पहल, कम्बोड...
फाल्गुन २८ गते, २०८२ - १४:०७
धनगढी । कञ्चनपुरमा जिप र मोटरसाइकल आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्ग अन्तर्गत बेदकोट नगरपालिका–७, लालपुरमा से १ च १४०५...



प्रतिकृया लेख्नुहोस्: