Ntc summer Offer
Khabar Dabali ११ आश्विन २०८१ शुक्रबार | 27th September, 2024 Fri
NIMB

कालीगण्डकी कोरिडोर तीन दिनदेखि अवरुद्ध

खबरडबली संवाददाता

काठमाडौं । कालीगण्डकी कोरिडोर तीन दिनदेखि अवरुद्ध रहेको छ । असार २६ गतेको भारी वर्षाका कारण ठाउँ ठाउँमा पहिरो खसेपछि कोरिडोर  अवरुद्ध भएको हो । 

कोरिडोरको बागलुङ नगरपालिका–१० दब्ल्याङमा सडकको बीच भागबाटै पहिरोले भासिएको छ । सडक अवरुद्ध हुँदा दक्षिण बागलुङसँग सीधा यातायात विच्छेद भएको छ । असार २१ गतेको खसको पहिरोले सडक भासिएपछि पाँच दिनसम्म अवरुद्ध बनेको कोरिडोर असार २६ गते करिब तीन घन्टा सञ्चालनमा आएको थियो । 

सडक मर्मतका लागि मेसिन र कामदार खटाए पनि वर्षाका कारण काम गर्न समस्या भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक वसन्त भुजेलले जानकारी दिए । अवरुद्ध सडक खुलाउन प्रयास गरिए पनि वर्षाले हालसम्म सञ्चालनमा ल्याउन नसकिएको  उनको भनाइ छ । 

कोरिडोरबाहेक जिल्लाका अन्य सडक सञ्चालनमा रहेका प्रहरी निरीक्षक भुजेलले बताए । उनले भने,  “पानी पर्ने बित्तिकै पहिरो खस्छ, पहिराले बगाएको पर्खाल निर्माण गर्न बाँकी छ ।”

कोरिडोर अवरुद्ध सडक सञ्चालनमा नआउँदा दक्षिण बागलुङसँग सीधा यातायात सम्पर्क हुन सकेको छैन । यातायात सञ्चालन नहुँदा यात्रुले सास्ती खेपिरहेका छन् । किसानले उत्पादन गरेको दूध सहज रुपमा बजारमा ल्याउन सकेका छैनन् । 

बागलुङको जैमिनी क्षेत्रबाट मात्रै दैनिक चार सय लिटर दूध बागलुङ बजारमा ल्याउने भए पनि सडक अवरुद्ध हुँदा पर्वतको कुश्मा हुँदै आउनुपर्ने अवस्था रहेको जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्माले बताए । अहिले यात्रु कैयाको झोलुङ्गे पुल र यान्त्रिक पुल तरेर कुश्मा पुगेर आउनुपर्ने बाध्यता रहेको उनको भनाइ छ ।

सडक अवरुद्ध हुँदा दूध ढुवानीमा समस्या परेको जैमिनी नगरपालिका–२ का राजन सापकोटाले बताए । उनले सडक सञ्चालन हुँदा दैनिक रु सात सयमा बागलुङ बजारमा दूध ल्याउने गरेको सुनाउँदै अहिले केबलकारको प्रयोग गर्दै दुई हजार तिर्नुपरेको गुनासो गरे । पहिरोले लामो समयसम्म सडक बन्द हुँदा सबैभन्दा बढी मारमा किसान परेका सापकोटाले सुनाए ।

“बाटो बन्द भएको धेरै दिन भयो, २६ गते एकैछिन खुल्यो, त्यसपछि फेरि बन्द भयो, यतिका दिनसम्म खुलेको छैन, अझै कति दिन लाग्ने हो ? हामीहरु निकै मारमा प¥यौँ, दूध बजार नलैजाउँभन्दा बिग्रिन्छ, लैजाउँभन्दा बाटो बन्द छ”, उनले भने, “अहिले केवलकार तारेर कुश्मा जान्छौँ, कुश्माबाट बल्ल बागलुङ बजारमा दूध ल्याउँछौँ ।”

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

डेङ्गी नियन्त्रण नीति निर्माण गर्न मन्त्री पौडेलद्वारा शेरबहादुर नेतृत्वमा कार्यदल

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशैभर डेङ्गी फैलिएको भन्दै रोकथाम तथा नियन्त्रण नीति तथा योजना तयार पार्न शुक्रराज संक्रामक तथा सरुवा र...

प्रतिकूल मौसमका कारण हवाई उडान ठप्प

काठमाडौं । प्रतिकूल मौसमका कारण मुलुकको हवाई उडान प्रभावित भएको छ । मौसममा आएको खराबीका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक तथा अन...

निर्धारीत समयको ५ घण्टा ढिलो भइसक्दा पनि अखिल क्रान्तिकारीको बन्दसत्र भएन सुरु

काठमाडौं ।   अखिल क्रान्तिकारीको आजबाट सुरु हुने भनिएको बन्द सत्र ५ घण्टा बितिसक्दा पनि सुरु भएको छैन । बिहान ११ बजेका लागि बन्द सत्र सुरु गर्ने का...

नेपाललाई शान्तिको गन्तव्य मुलुक बनाउनु पर्छः मन्त्री पाण्डे

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले नेपाललाई शान्तिको पर्यटकीय गन्तव्य मुलुक बनाउनु पर्ने बताएका छन् । विश्व पर्यटन...

मुग्लिङ-काठमाडौँ सडक खण्डमा एक दर्जनभन्दा बढी स्थानमा पहिरो

काठमाडौँ । शुक्रबार बिहानै देखि परेको बर्षाका कारण मुग्लिङ-काठमाडौँ सडक खण्डमा एक दर्जन भन्दा बढी स्थानमा पहिरो जादा सडक अवरुद्ध भएको छ । यस सडक खण...

विभिन्न कार्यक्रम गरि मनाइयो विश्व पर्यटन दिवस

काठमाडौँ । पर्यटन र शान्ति भन्ने मूल नाराका साथ ४५ औं  विश्व पर्यटन दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरि मनाइएको छ । यसै अवसरमा काठमाडौमा आयोजित कार...

उच्च अदालतका १४ जना न्यायाधीशको सरुवा (सूचीसहित)

काठमाडौं । न्याय परिषद सचिवालयको बैठकले उच्च अदालतका १४ जना न्यायाधीशको सरुवा गरेको छ । ...

झापामा अत्यधिक वर्षा, प्रहरी प्रशासन ‘अलर्ट’

काठमाडौं । अत्यधिक वर्षा भएपछि झापा प्रशासन अलर्टमा बसेको छ । अविरल वर्षाले नदी तथा खोलाहरुमा बहाव बढेपछि डुबान हुनसक्ने सम्भावित क्षेत्रमा सतर्कता अप...

उच्च अदालतका दुई मुख्य न्यायाधीश सर्वोच्चको न्यायाधीशमा सिफारिस

काठमाडौं । सर्वोच्च अदालतको न्यायधीशमा उच्च अदालतका दुईजना न्यायाधीश सिफारिस भएका छन् ।  न्याय परिषद्ले पाटन उच्च अदालतका मुख्य न्यायाधीश नृपध्वज निरौ...

धरानका होटेलमा प्रहरीकाे छापाः व्यवसायीबाट युवतीहरूलाई यौन व्यवसायमा प्रोत्साहित गरेको प्रहरीकाे दाबी

सुनसरी । कुनै बेला यौन व्यवसायको चर्चामा आउने केही होटलहरुका कारण धरान सहरको नाम बदनाम भएको भन्दै सामाजिक दबाब परेपछि व्यवसायीहरूबाट त्यसलाई निरुत्साह...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy