Ntc summer Offer
Khabar Dabali १० असार २०८२ मंगलवार | 24th June, 2025 Tue
Investment bank

पश्चिम नवलपरासीकाे सरावलमा १२ सय बिघा धानखेती डुबानमा

खबरडबली संवाददाता

पश्चिम नवलपरासी । लगातारको वर्षाका कारण पश्चिम नवलपरासीको सरावल गाउँपालिका–६ र ७ मा एक हजार दुई सय बिघा धानखेती डुुबानमा परेको छ । लगातार चार दिनसम्म परेको पानीले धानखेती डुबानमा परेको हो । 

चार दिनसम्म अविरल वर्षा हुँदा खेतमा पानी नघट्नुका साथै रोपाइँ गरेको धान पनि नष्ट भएको गाउँपालिकाका कृषि प्राविधिक कूलदीपनारायण मिश्राले बताए । उनका अनुसार गत वर्ष पनि वर्षाले शङ्करपुर, मधवलिया, भुजहवा बुडनतवापुरका किसानको खेतीमा क्षति भएको थियो । 

झरही खोला र धनेवा खोला दीर्घकालीन रुपमा समाधान नहुुँदा यहाँका मुख्य खाद्यभण्डार भनिने शङ्करपुर, खडवना, मधवलिया, भुजहवा हिउँदमा सुुक्खा र वर्षयाममा प्रत्येक वर्ष डुबानको चपेटामा पर्ने गरेका छन् सरावल–७ निवासी धर्मनाथ कुश्वाहाले बताए ।

झरही र धनेवा खोलामा बाढी आएकाले खोला वरपरका किसानको धानखेती डुबानमा परेको स्थानीय उपेन्द्र हरिजनले बताए । खोलामा तटबन्ध बनाउनेतर्फ ध्यान नपुुग्दा मधवलिया, शङ्कपुर, भुजहवाका हजारौँ कृषकले बर्सेनि ठूलो क्षतिको सामना गर्नुु परिरहेको उनको भनाइ छ । 

“मलखाद र जोताइ गर्नका लागि ऋण कर्जा लिएर धान रोपेको अहिले वर्षायाममा डुबान लागेपछि ऋण कहाँबाट तिर्ने चिन्ता लागेको छ”, उनले भने । झरही खोला र धनेवा खोलाको पानीले बर्सेनि यो क्षेत्र डुबान हुने गरेको भन्दै आगामी आर्थिक वर्षमा डुबान नियन्त्रण गर्न तटबन्धका लागि बजेट विनियोजन गरेको सरावल गाउँपालिकाका अध्यक्ष सुखाडीप्रसाद चौधरीले जानकारी दिए । 

खोला क्षेत्रमा तटबन्ध निर्माण गरेपछि बाढी र डुबानबाट हुने क्षति कम हुने उनको भनाइ छ । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पहिचानका मुद्दामा माओवादी

कोशी प्रदेशमा ‘पहिचान’को मुद्दा पेचिलो बन्दै छ । कोशी प्रदेश नामकरणमा असन्तुष्ट बनेका समूहहरू गोलबन्द हुँदै छन् । पहिचानको आन्दोलनलाई राजनीतिक आन्दोलन...

एक सातामा थपिए डेंगु संक्रमणका ९१ नयाँ बिरामी

काठमाडौं । एक सातायता डेंगु संक्रमणका ९१ नयाँ केस पुष्टि भएका छन् । स्वास्थ्य सेवा विभागअन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) को ...

बजेट सच्याउन कोशीमा माओवादीको माग

विराटनगर । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)ले कोशी प्रदेश सरकारले ल्याएको आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटलाई ‘इतिहासकै झुरेस्ट’ र ‘असन्त...

अदालतबाट दण्ड सजाय पाएका १३ जना फरार प्रतिवादी पक्राउ

गौर । अदालतको फैसला कार्यान्वयन गर्ने सिलसिलामा दण्ड सजाय पाएका १३ जना फरार प्रतिवादी पक्राउ परेका छन् । अदालतबाट दण्ड सजाय पाएका फैसला कार्यान्वयन गर...

धनकुटामा जबर्जस्ती करणी आरोपमा एक पक्राउ

धनकुटा । एक ५० वर्षीया महिलालाई जबर्जस्ती करणी गरेको आरोपमा धनकुटा नगरपालिका–८ का ५२ वर्षीय खड्गबहादुर राई पक्राउ परेका छन् । असार ८ गते राति ११ बज...

माेरङमा दुर्घटनामा एकको मृत्यु

माेरङ ।  मोरङको उत्तर दक्षिण रङ्गेली कानेपोखरी सडक खण्ड अन्तर्गत दर्बेसामा मङ्गलवार   ट्याक्टरमा   मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालक  रङ्गेली नगरपालि...

भोजपुर नगरपालिकाको बजेट ६५ करोड ११ लाख

भोजपुर । भोजपुर नगरपालिकाले आर्थिक वर्ष २०८२/०८३ का लागि ६५ करोड ११ लाख ८० हजार ४ सय ६९ रुपियाँको बजेट प्रस्तुत गरिएको छ । नगरपालिकाको १० औँ नगरसभा...

ताप्लेजुङका पाँच स्थानीय तहद्वारा बजेट सार्वजनिक

ताप्लेजुङ । एक नगरपालिकासहित नौ स्थानीय तह रहेको जिल्लाका सिदिङ्वा, सिरिजङ्घा, आठराई त्रिवेणी, मेरिङ्देन र मैवाखोला गाउँपालिकाले बजेट सार्वजनिक गरका छ...

पहिराले उत्तर–दक्षिण कोशी राजमार्ग अवरुद्ध

सङ्खुसवासभा । सुक्खा पहिरोका कारण उत्तर–दक्षिण कोशी सडकअन्तर्गत सङ्खुवासभाको मकालु गाउँपालिकाको खाँदबारी –किमाथाङ्का सडकखण्ड अवरुद्ध भएको छ । मकालु...

घरेलु श्रमिकलाई न्यूनतम ज्याला दिन कानुन बनाउँछौँ: प्रचण्ड

ललितपुर । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कानुन बनाएर श्रमिकको न्यूनतम ज्यालामा घरेलु श्रमिकलाई पनि ल्य...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending