हेटौंडा । हेटौंडा उपमहानगरपालिका पूर्ण खोप सुनिश्चित क्षेत्र घोषित भएको छ । हेटौंडा उमहानगरपालिकाद्वारा आइतबार आयोजित कार्यक्रममा उपमहानगरपालिकाका १६ महिनादेखि ५ वर्षसम्मका सबै बालबालिकाहरूले पूर्ण खोप पाएको सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको हो ।
सवै बालबालिकालाई सम्पूर्ण खोप दिएका उपमहानगरपालिकालाई पूर्ण खोप सुनिश्चितता भएको प्रमाणपत्र जिल्ला खोप समन्वय समिति मकवानपुरका सचिव कृष्ण मिजारले मेयर मीनाकुमारी लामालाई उपलब्ध गराएका थिए ।
हेटौंडा उपमहानगरपालिकाकी प्रमुख मिना कुमारी लामाले प्रमाणपत्र लिंदै उपमहानगरपालिकाका सबै १९ वडाहरूले यो लक्ष्य हासिल गर्न महत्त्वपूर्ण भूमिका खेलेको बताइन्। प्रमुख लामाले भनिन्, “खोप स्वास्थ्यको एक महत्त्वपूर्ण पक्ष हो। यो उपलब्धिले हाम्रो समुदायको स्वास्थ्य आधार बलियो बनाएको छ।” उनले थप भनिन् “यो सफलता बालमैत्री वडा घोषणाको लक्ष्य तर्फको एक महत्त्वपूर्ण कदम हो।”
बागमती प्रदेश स्वास्थ्य मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख सागर घिमिरेले नेपाल सरकारको प्रतिबद्धता जनाउँदै भने, “हामी हरेक वर्ष घरधुरी सर्वेक्षण गरी बालबालिकाहरूलाई खोप सेवा उपलब्ध गराउन प्रतिबद्ध छौं।” उनले आगामी वर्षको नीति तथा कार्यक्रममा विपन्न जेष्ठ नागरिकहरूका लागि निःशुल्क निमोनिया खोप सेवा समावेश गरिने जानकारी पनि दिए।
पूर्ण खोप अन्तर्गत १६ महिनादेखि १६ वर्षमुनिका बालबालिकाहरूले बीसीजी, रोटा, पोलियो, एफआईपीभी, पीसीभी, डीपीटी, हेप–बी, दादुरा–रुवेला र जापनीज इन्सेफलाइटिस विरुद्धका विभिन्न चरणका खोपहरू समय तालिकाभित्र प्राप्त गर्छन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
कार्तिक १४ गते, २०८१ - १६:५२
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले गोरखा मिडियामा सहकारीको रकम जीबी राईले ल्याएकाले सजायको भागीदारपनि राईनै हुनुपर्ने बताएको छ । बु...
कार्तिक १४ गते, २०८१ - १६:४७
काठमाडौँ। गृह मन्त्रालयले चाडपर्वलाई शान्तिपूर्ण बनाउन आवश्यक सुरक्षा योजना लागू गरी उच्च सुरक्षा प्रदान गर्न निर्देशन गरेको छ । सुरक्षा समितिले आवश्य...
कार्तिक १४ गते, २०८१ - १६:३५
सर्लाही। सर्लाहीमा स्यालले टोकेर १३ जना घाइते भएका छन्। जिल्लाको बसबरिया गाउँपालिकामा नौ जना, गोडैता नगरपालिकामा तीन जना र बलरा नगरपालिकामा एक जनालाई ...
कार्तिक १४ गते, २०८१ - १६:२७
काठमाडौँ । नेपाल आयल निगमले तिहार बिदामा डिपोहरु आलोपालो खुलाउने भएको छन् । तिहारको पाँच दिनको बिदामा निगमका डिपोहरु एकदेखि तीन दिनदेखि खुल्ने व्यवस्थ...
कार्तिक १४ गते, २०८१ - १६:०९
काठमाडौँ । साफ महिला च्याम्पियनसिप फुटबलको फाइनल खेल आज हुँदै छ । खेल सुरु हुन हुन करिब साढे २ घण्टा बाँकी हुँदै दर्शकहरू त्रिपुरेश्वरस्थित दशरथ रंगशा...
कार्तिक १४ गते, २०८१ - १५:५६
तनहुँ। तनहुँमा पाडापाडी र बाच्छाबाच्छी हुर्काउने किसानलाई दश हजार पुरस्कारको व्यवस्था गरिएको छ। भारतबाट उन्नत जातका भैँसी तथा गाईको ठुलो सङ्ख्यामा हुन...
कार्तिक १४ गते, २०८१ - १५:४१
काठमाडौँ। उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले नेपाली समाजलाई झुटा समाचारबाट जोगाउन आग्रह गरेको छन्। नेपाल टेलिभिजन कर्मचारी सङ्घक...
कार्तिक १४ गते, २०८१ - १५:२९
पर्सा । वीरगंज महानगरपालिका-८ गहवा टोलस्थित प्रभु साह कानुको टहरामा जुवातास खेलिरहेको अवस्थामा सोही महानगरपालिका-८ गहवा टोल बस्ने ४० वर्षीय बिरेन्द्र ...
कार्तिक १४ गते, २०८१ - १५:०१
काठमाडौँ । दक्षिण अफ्रिकाका तिब्र गतिका बलर कागीसो रबाडा टेस्ट क्रिकेटको बलिङ वरियतामा शिर्ष स्थानमा उक्लिएका छन् । आइसीसीले बुधबार जारी गरेको नयाँ...
कार्तिक १४ गते, २०८१ - १३:३७
काठमाडौं । नेपाल सरकार मन्त्रिपरिषद्को २०८१ कात्तिक १३ गतेको निर्णयअनुसार प्रहरी नायव महानिरीक्षकबाट प्रहरी अतिरिक्त महानिरीक्षक पदमा पदोन्नति भएका प्...
प्रतिकृया लेख्नुहोस्: