Khabar Dabali १९ बैशाख २०८३ शनिबार | 2nd May, 2026 Sat

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १२ जना पक्राउ

खबरडबली संवाददाता

काठमाडौँ । प्रहरीले अवैध लागूऔषधसहित देशका विभिन्न स्थानबाट १२ जना पक्राउ गरेको छ ।

जसमा बर्दियाको गुलरिया नगरपालिका-११ वाईपास रोडबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ६ सय ७० मिलिग्राम सहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत लौकाही बजार घर भई बाँसगढी नगरपालिका-८ लक्ष्मणा बस्ने २२ वर्षीय अवराज जागा र बाँसगढी नगरपालिका-५ बस्ने २८ वर्षीय सिजन पौडेल रहेका छन् । प्रहरी चौकी महम्मदपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।   

त्यस्तै मोरङको बिराटनगर महानगरपालिका-१५ एक नम्बर ढाटबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम १ सय ५० मिलिग्राम सहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मोरङ सुन्दर हरैंचा नगरपालिका-४ बस्ने ३१ वर्षीय नबिन कार्की  र ३२ वर्षीय बिष्णु चौधरी रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो बिराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । 

त्यसैगरी रूपन्देहीको बुटवल उपमहानगरपालिका-११ मझुवा बस्ने ४६ वर्षीय राजु सारू मगर र निजको श्रीमती ४१ वर्षीया सुमित्रा शाहीलाई अवैध लागूऔषध गाँजा ८ सय १० ग्राम सहित सोमबार राति प्रहरीले पक्राउ गरेको हो । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय भैरहवा र इलाका प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरीले उनीहरूको घर तलासी गर्दा उक्त गाँजा फेला पारी पक्राउ गरेको हो । 

त्यस्तै उदयपुरको कटारी नगरपालिका-७ रिस्कुबाट अवैध लागूऔषध गाँजा करिब ४९ किलोग्राम सहित ताप्ली गाउँपालिका-१ बस्ने ३१ वर्षीय शम्भु राई समेत ३ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरबाट  खटिएको प्रहरीले उनीहरूलाई उक्त गाँजासहित पक्राउ गरेको हो ।

त्यस्तै रोल्पाको माडी गाउँपालिका-२ पिपलबोटबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २२ मिलिग्राम सहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेहरूमा माडी गाउँपालिका-६ पन्तिवाङ बस्ने २२ वर्षीय सगुन पुन मगर र २० वर्षीय युवान घर्ती रहेका छन् । इलाका प्रहरी कार्यालय घर्तीनगरबाट खटिएको प्रहरीले घर्तिगाउँबाट कोर्चावाङतर्फ जाँदै गरेको रा।६ प ४९०२ नम्बरको मोटरसाइकलाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । 

त्यसैगरी काठमाडौंको दक्षिणकाली नगरपालिका-५ फर्पिङबाट नियन्त्रित लागूऔषध डाईजेपाम २२ एम्पुल, फेनारगन २२ एम्पुल, नुर्फिन २० एम्पुल सहित मकवानपुर हेटौंडा उपमहानगरपालिका-१२ घर भई कलंकी बस्ने २७ वर्षीय दिपक लामालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय फर्पिङबाट खटिएको प्रहरीले हेटौंडाबाट काठमाडौं आउँदै गरेको ना.१ ज ४१०४ नम्बरको टाटा सुमो गाडीमा सवार उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

प्रधानमन्त्री बालेनलाई ज्ञवालीको प्रश्न : बागमतीमा बगेको आँशुले नेपाल हाँसिरहेको देखिन्छ कि रोइरहेको ?

काठमाडौं । नेकपा एमालेका नेता प्रदीप ज्ञवाली ले बागमती नदी किनारमा सुकुमवासी बस्ती हटाउने क्रममा देखिएको मानवीय पीडामाथि प्रश्न उठाउँदै सरकारको विकास ...

इजरायलका लागि जासुसी गरेको आरोपमा इरानद्वारा दुई जनालाई मृत्युदण्ड

तेहरान। इरानले इजरायलका लागि जासुसी गरेको आरोपमा शनिबार दुई जनालाई  मृत्युदण्ड दिएको इरानी अदालतले जनाएको छ । यघौब करिम्पोर र नासेर बेक्रजादेहलाई गुप्...

राष्ट्रपतिद्वारा तीन अध्यादेश जारी

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले शनिबार तीनवटा नयाँ अध्यादेश जारी गरेका छन्। नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले नेपालको संव...

मापदण्ड मिचेको निष्कर्षपछि रोकिएको विष्णुमतीको घर पुन: भत्काउन सुरु

काठमाडौं । नदी किनारका अनधिकृत संरचना हटाउने क्रममा नयाँ बसपार्क नजिकै विष्णुमती नदी किनारमा पुगेपछि रोकिएको डोजरले पुन: काम अघि बढाएको छ। उक्त क्ष...

सुकुम्बासी समस्या समाधानमा लोकतान्त्रिक शैली अपनाउन कांग्रेसको आग्रह

काठमाडौँ। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता  भीष्मराज आङ्देम्बेले सुकुम्बासी बस्ती हटाउन सरकारले लोकतान्त्रिक शैली अपनाउनु पर्ने...

सल्यानमा भवनको जग खन्ने क्रममा ८६ वटा बम फेला

सुर्खेत । सल्यानमा भवन निर्माणका लागि जग खन्ने क्रममा ठूलो परिमाणमा बम तथा विस्फोटक पदार्थ फेला परेको छ। शारदा नगरपालिका–३ स्थित जिल्ला प्रहरी कार्...

रोल्पा जिप दुर्घटना: छानबिन समितिको अवधि सकियो, प्रतिवेदन कार्यान्वयन गर्न सरकार प्रतिबद्ध

काठमाडौँ । रोल्पाको थवाङमा भएको जिप दुर्घटनाको सत्यतथ्य छानबिन गर्न गठित समितिको समयावधि आज सकिएको छ । २०८३ वैशाख १७ गते रोल्पाको थवाङ गाउँपालिका–१ मा...

नेकपाको एकता महाधिवेशनको कार्यतालिका सार्वजनिक

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले एकता राष्ट्रिय महाधिवेशनको कार्यतालिका सार्वजनिक गरेको छ। पार्टीका संयोजक पुष्पकमल दाहाल 'प्रचण्...

ट्रम्पका विशेष दूत गोर र सभापति रवि लामिछानेबीच भेटवार्ता

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका दक्षिण तथा मध्य एसियाली विशेष दूत सर्जियो गोर ले रवि लामिछाने सँग भेटवार्ता गरेका छन्। शनिबार भएको भ...

नेकपा बैठकका ७ बुँदे निर्णय सार्वजनिक, महाधिवेशनको मिति तय

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले केन्द्रीय कार्यसंयोजन समितिको पहिलो बैठकका सातबुँदे निर्णयहरू सार्वजनिक गरेको छ। संयोजक पुष्पकमल दाह...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending