भैरहवा । मोहर्रम पर्व धुमधामका साथै मनाइँदै छ । हसन र हुसेनको प्रतीकस्वरुप ताजिया निर्माण गरी यो पर्व मनाइँदै छ । रुपन्देहीमा मुस्लिम मात्र होइन हिन्दू धर्मालम्बीले पनि ताजिया बनाई विधिवत रूपमा पूजाअर्चना गरेका छन् ।
भैरहवा गाउँका पाचु ठाकुर यो पर्वप्रति आफ्नो प्रगाढ आस्था रहेको बताउँछन् । वाञ्छित मनोकामना पूर्ण हने आशामा वा पूर्ण भएपछि ताजिया बनाउने गरिएको छ ।
भैरहवाको खजहना, भैयाटोल, कठौतिया, उदयपुरलगायत क्षेत्रमा दुवै धर्मावलम्बीको सहभागितामा ताजिया निर्माण हुँदै आएको छ । भैरहवा बाहिर पनि धकधई, मर्चवारलगायत क्षेत्रमा धुमधामका साथ मोहर्रम मनाइने गरिन्छ ।
हजरत इमाम हुसेन इस्लामका पैगम्बर मुहम्मदका नाति थिए । उनले इस्लाम र मानवताको रक्षा गर्न आफ्नो परिवार र साथीहरूको बलिदान दिए । यिनै सहिदहरूकोे सम्झनामा ताजिया निस्कने गरेको छ । ताजियालाई सहिदहरूको प्रतीक मानिन्छ ।
ताजियासँगै जुलुस निकालिन्छ र त्यसपछि यो प्रतीकात्मक रूपमा विर्सजन गरिन्छ । मोहर्रमको १०औँ दिन आशुराको दिन र हुसेनको बहादुर बलिदानको सम्झना दिन हो । हिन्दू तथा मुस्लिम समुदायले समान रुपले मनाउने यो पर्व १० दिनको भए पनि मुख्य रूपमा चार दिन मनाइन्छ । केराको पात काटी गाड्ने, मोहर्रमको एक दिन पहिला बनाएको ताजिया बाहिर निकाली ‘चौकी’ बसाल्ने तथा अन्तिम दिन सम्बन्धित क्षेत्रको सम्पूर्ण तजिया एकजुट पारी स्थानीय कर्बलामा लगी विर्सजन गरेपछि मेलाको समापन हुने गर्दछ ।
हसन तथा हुसेनको प्रतीकस्वरुप बाँसको ढाँचामा विभिन्न रङ्गीचङ्गी कागज बेरी ताजिया बनाई त्यसको वरिपरि तासा, ढोल तथा मजिराजस्ता बाजा बजाई, झर्रा खेल्दै परिक्रमा गरे आफूले चिताएको मनकामना पूर्ण हुने विश्वासका साथ यो पर्व मनाउने गरिएको भैरहवामा लगातार ताजिया बनाउँदै आएका रमजान मुसलमान बताउँछन् । यस वर्ष यो पर्वको तजियालाई आज कर्बलामा विर्सजन गरी समापन गरिँदै छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन २८ गते, २०८२ - १७:०४
सुर्खेत । गुर्भाकोट नगरपालिका–६ बडाखोली स्थायी घर भई वीरेन्द्रनगर–१ बस्दै आएकी १६ वर्षीया इनिसा विकको मृत्यु यौनांगको भित्री भाग च्यातिएर अत्यधिक रक्त...
फाल्गुन २८ गते, २०८२ - १६:४०
काठमाडौं । नेकपा एमालेकी नेतृ तथा बागमती प्रदेशकी पूर्वमुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले हालै सम्पन्न निर्वाचनले देशको राजनीतिक अन्यौलतालाई केही हदसम्म...
फाल्गुन २८ गते, २०८२ - १६:३३
सुर्खेत । बलात्कारपछि हत्या भएकी १६ वर्षीया इनिशा विकका बुवा इन्द्रबहादुर विक सुर्खेत आइपुगेका छन्। छोरीको हत्या भएको खबर पाएपछि उनी रोजगारीका लागि दु...
फाल्गुन २८ गते, २०८२ - १६:२४
काठमाडौँ । देशका विभिन्न सहरमा यही फागुन २६ देखि २८ गतेसम्म अधिकांश स्थानमा अधिकतम तापक्रम क्रमश: बढ्दै गएको देखिन्छ । जल तथा मौसम विज्ञान विभागको तथ्...
फाल्गुन २८ गते, २०८२ - १६:१०
काठमाडौँ । नेकपा एमालेका केन्द्रीय सदस्य तथा कास्की ईन्चार्ज कृष्ण थापाको निधन भएको छ। बिहीबार जिल्ला कमिटीको बैठकमा बोल्दै गर्दा उनी ढलेका थिए। उन...
फाल्गुन २८ गते, २०८२ - १५:४९
सल्यान। वैदेशिक रोजगारीका क्रममा क्रोसियामा सवारी दुर्घटनामा परी निधन भएका सल्यानका एक युवकको शव स्वदेश ल्याउन ढिलाइ भएको छ । कुमाख गाउँपालिका–७ जिमाल...
फाल्गुन २८ गते, २०८२ - १५:३०
काठमाडौं । बलात्कारपछि हत्या भएकी १६ वर्षीया इनिसा विकको न्यायका लागि काठमाडौंमा बिहीबार पनि विरोध प्रदर्शन भएको छ। माइतीघर मण्डलामा भएको प्रदर्शनम...
फाल्गुन २८ गते, २०८२ - १५:१०
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता कमल थापाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) हिन्दू राष्ट्र बनाउन संविधान संशोधनका लागि तय...
फाल्गुन २८ गते, २०८२ - १४:४५
काठमाडौं । मानव तस्करको प्रलोभनमा परेर कम्बोडिया पुगेका १६ जना नेपाली उद्धार गरी नेपाल फर्काइएको छ। थाइल्याण्डस्थित नेपाली राजदूतावासको पहल, कम्बोड...
फाल्गुन २८ गते, २०८२ - १४:०७
धनगढी । कञ्चनपुरमा जिप र मोटरसाइकल आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्ग अन्तर्गत बेदकोट नगरपालिका–७, लालपुरमा से १ च १४०५...


प्रतिकृया लेख्नुहोस्: