काठमाडौं । खानेपानीमन्त्री प्रदीव यादव तथा नेपालका लागि एसियाली विकास बैंक (एडीबी) का कन्ट्री डाइरेक्टर अर्नाउड कौकोइसबीच आज मन्त्रालयमा शिष्टाचार भेटवार्ता भएको छ । उक्त भेटवार्ताका क्रममा एडीबीका कन्ट्री डाइरेक्टर अर्नाउडले खानेपानीको क्षेत्रमा नेपालमा एडीबीले गर्दै आएका काम कारवाहीका विषयमा जानकारी दिएका थिए ।
सोही भेटघाटका क्रममा एडीबीको सहयोग र सहकार्यमा नेपालमा सञ्चालित विभिन्न खानेपानी सम्बन्धी कार्यक्रम तथा परियोजनाहरुको बारेमा छलफल भएको थियो । भेटवार्ताकै क्रममा कन्ट्री डाइरेक्टर अर्नाउडले मेलम्ची खानेपानी आयोजनाको वर्तमान अवस्था र प्रगतिको विषयमा मन्त्री यादवलाई विशेष जानकारी दिए । यसैगरी कन्ट्री डाइरेक्टर अर्नाउडले एडीबीले खानेपानीका क्षेत्रमा नेपालमा फेरी पनि सहयोग गर्ने अपेक्षा गरेको जानकारी दिए ।
मेलम्ची खानेपानी विकास समिति र एडीबी धेरै लामो समयदेखि संयुक्त रुपमा सहकार्य गरेर खानेपानीको क्षेत्रमा काम गर्दै आइरहेका विषयमा मन्त्री यादवलाई जानकारी दिँदै कन्ट्री डाइरेक्टर अर्नाउडले भने, “मेलम्चीमा बाढीका कारण भएको क्षतीलाई पनः निर्माण गर्नका लागि एडीबी सधै तयार रहेको छ, हामी फेरी पनि सहयोग गर्ने छौँ ।”
मेलम्ची खानेपानी आयोजनाको मुहानस्थलमा २०२१ मा आएको बाढी पहिराले हेडवक्र्स पुरै बगाएर क्षेती गरेकाले उक्त हेडवक्र्सलाई ठाउँ परिर्वतन गरी (केही माथी सारी) पानी बितरण सहज गर्ने कार्यका लागि आफुहरुले सहयोग गर्ने डाइरेक्टर अर्नाउडले बताए ।
भेटवार्ताकै क्रममा नेपालका खानेपानीको दीर्घकालीन प्रभाव, परियोजनाहरुको सफल कार्यान्वयन र भविष्यमा एडीबीको थप सहयोगको संभावनाका बारेमा पनि विस्तृत छलफल गरिएको थियो । सोही भेटवार्ताका क्रममा मन्त्री यादवले नेपाल सरकार र एडीबीबीचको थप सहयोग र यस प्रकारको सहकार्यले खानेपानीको पहुँचलाई थप सुदृढ बनाउने विश्वास व्यक्त गरेका थिए ।
भेटका क्रममा मन्त्रालयकातर्फबाट एडीबीलाई गर्नु पर्ने र आवश्यक पर्ने सम्पूर्ण सहयोग गर्न मन्त्रालय तयार रहेको मन्त्री यादवले बताए । उनले भने, “मन्त्रालय र एडीबीबाट भइरहेका काम कारबाहीका विषयमा जानकारी दिन दुबै ठाउँबाट प्रतेक दिन कामका विषयमा तयारी गरिएको रिपोर्ट पेश गर्नु पर्ने आवश्यक छ, हामी प्रतेक दिन केके काम गरियो, केके गर्ने छौँ भन्ने योजना बनाएर अगाडि बढ्नु जरुरी छ ।”
सोही क्रममा मन्त्री यादवले मेलम्ची खानेपानी आयोजनाको मुहानस्थलमा २०२१ मा आएको बाढीले बगाएर क्षेती गरेका हेडवक्र्सलाई ठाउँ परिर्वतन गर्न लागि जुनसुक्कै निकायमा जान पनि तयार रहेको बताए । यसैगरी उनले याङ्ग्री र लार्केको पानी काठमाडौंमा ल्याउनका लागि सञ्चालन भएको परियोजनालाई आफ्नै कार्यकालमा सफल पर्ने प्रयास गर्ने बताएका थिए ।
मन्त्री यादवले मेलम्ची खानेपानी आयोजनाको अर्थमन्त्रालयमा रोकिएको फायल अगाडि बढाउन प्रधानमन्त्री केपी शर्मा ओली तथा अर्थमन्त्रीसँग सल्लाह गरी अगाडि बढाइने बताए । मेलम्ची खानेपानी आयोजनाको पानी १२ महिना काठमाडौंका ल्याउनका लागि युद्ध स्तरमा काम गर्न मन्त्रालयका सचिव, कर्मचारी र आयोजना प्रमुखहरुलाई निर्देशन दिएको मन्त्री यादवले जानकारी दिए ।
एडीबीले नेपालमा खानेपानी लगायतका क्षेत्रमा गरेका कार्यहरु प्रसंसनिय भएका भन्दै मन्त्री यादवले धन्यवाद समेत व्यक्त गरेका थिए । कन्ट्री डाइरेक्टर अर्नाउड सहित एडीबीको प्रतिनिधि टोली आज मन्त्रालयमा शिष्टाचार भेटघाटका लागि आइपुगेको थियो । एडीबीले खानेपानी मन्त्रालय सहित अन्य विभिन्न मन्त्रालयसँगको सहकार्यमा बिगत २० वर्षदेखि नेपालमा विभिन्न विकासका क्षेत्रमा काम गर्दै आएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...


प्रतिकृया लेख्नुहोस्: