Ntc summer Offer
Khabar Dabali २ असार २०८२ सोमबार | 16th June, 2025 Mon
Investment bank

कति छ कर्णालीका सामाजिक विकास मन्त्रीको सम्पत्ति ?

खबरडबली संवाददाता

सुर्खेत । ठेक्का पट्टाबाट राजनीतिमा आएका वीरबहादुर शाही यति बेला कर्णाली सरकारको सामाजिक विकास मन्त्री रहेका छन् । डोल्पाबाट प्रत्यक्ष चुनाव जितेर प्रदेश सभा सदस्य बनेका उनी माओवादी केन्द्रका नेता हुन् ।

यार्सागुम्बाका व्यापारी शाही माओवादी शान्ति प्रक्रियामा आएपछि राजनीतिमा आएका हुन् । शाहीलाई मुख्यमन्त्री यामलाल कँडेलले गत १८ वैशाखमा मन्त्रीमा नियुक्त गरेका थिए ।

बिहीबार सार्वजनिक सम्पत्ति विवरणमा मन्त्री शाहीले आफू ठेकेदार रहेको खुलाएका छन् । शाही कर्णालीका मन्त्रीहरुमध्ये सबैभन्दा धनी देखिएका छन् । संसदीय राजनीतिमा आउनुपूर्व आफैँले चलाउँदै आएको डीबीसी कन्स्ट्रक्सन प्रालि हाल उनकी श्रीमती शीलाकुमार शाहीको नाममा गरेका छन् ।

उक्त कन्स्ट्रक्सन कम्पनीमा मन्त्री शाहीको ७० प्रतिशत र श्रीमती शीलाकुमारीको ३० प्रतिशत सेयर रहेको उल्लेख गरिएको छ । मन्त्री शाहीले आफूसँग चार वटा घर, सात कित्ता जग्गा रहेको खुलाएका छन् । डोल्पाको जगदुल्ला गाउँपालिका–५, माझगाउँमा दुईवटा घर छ । उक्त घरहरु पुर्ख्यौली रहेको उनले बताएका छन् । त्यस्तै सुर्खेतमा एउटा र नेपालगञ्जमा एक एक वटा घर छन् ।

नेपालगञ्जको घर १० लाख र सुर्खेतको घर ३५ लाखमा किनेको उनले उल्लेख गरेका छन् । यसको स्रोत ठेक्कापट्टाबाट भएको आम्दानी रहेको मन्त्री शाहीले उल्लेख गरेका छन् । शाहीकै नाममा डोल्पा, सुर्खेत, बाँके, रुकुम पश्चिममा गरी ७ कित्ता जग्गा छ । डोल्पामा ३ कित्ता, रुकुम पश्चिममा २ कित्ता, सुर्खेत र बाँकेमा १÷१ कित्ता रहेको उनले खुलाएका छन् ।

सुर्खेत र बाँकेको १ करोड ५० लाख रुपैयाँमा र रुकुम पश्चिमको ६५ लाख रुपैयाँमा किनेको मन्त्री शाहीले खुलाएका छन् । मन्त्री शाहीसँग ३२ तोला सुन, ५ किलो चाँदी र १० तोला मुगा भएको सम्पत्ति विवरणमा उल्लेख छ ।

पुर्ख्यौली र ठेक्का पट्टाबाट सुनचाँदी प्राप्त भएको शाहीले स्रोत खुलाएका छन् । मन्त्री शाहीको एनआईसी बैङ्कको खातामा ५ लाख रकम मौज्दात छ । शाहीले आफू र आफ्नो कन्स्ट्रक्सन कम्पनीका लागि साढे ८ लाख ऋण लिएको पनि खुलाएका छन् ।

शाहीसँग २ वटा डोजर, एउटा ट्याक्टर, दुई वटा मोटरसाइकल र एउटा कार छ । यी सबै ठेक्कापट्टाबाटै खरिद गरिएको शाहीले उल्लेख गरेका छन् । डोजरको मूल्य २ करोड ३० लाख, ट्याक्टरको मूल्य ३० लाख उल्लेख गरेका छन् ।

१ करोड ५० लाख मूल्यको टोयटा हाइलक गाडी उनीसँग छ । यो सबै पनि उनले ठेक्कापट्टाबाटै जोडेको बताएका छन् । यस्तै एउटा स्याउ फार्म, ४० घोडा, ६० खच्चर, २०० बाख्रासमेत रहेको मन्त्री शाहीले विवरणमा उल्लेख गरेका छन् ।

शाहीसँग एउटा ग्रिल उद्योग पनि छ । उक्त उद्योग एक करोड रुपैयाँमा खरिद गरिएको उल्लेख छ । उक्त उद्योग डोल्पामै रहेको र छोराले चलाइरहेको मन्त्री शाहीले बताएका छन् । ०४८ सालदेखि कम्युनिस्ट पार्टीमा सक्रिय शाही ०५२ सालदेखि माओवादीमा आवद्ध भएको बताएका छन् । तर त्यो बेला उनी खुलेर माओवादी राजनीतिमा नलागेको माओवादी नेताहरू नै बताउँछन् ।

शान्ति प्रक्रियासँगै माओवादी राजनीतिमा आएका शाही हाल पार्टीको प्रदेश कमिटी सदस्य हुन् । ०७४ मा प्रदेश सभा सदस्यमा टिकट पाएर जितेका शाही प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीसमेत बने । त्यसपछि ०७९ को प्रदेशसभा चुनाव पनि जितेर अहिले उनी सामाजिक विकास मन्त्री बनेका छन् ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बढ्यो पेट्रोल र डिजेलको मूल्य

काठमाडौं । नेपाल आयल निगमले आजदेखि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । इण्डियन आयल कर्पोरेशनले असार १ गते पेट्रोलियम पदार्थको भाउ बढाएर नयाँ मूल्य...

वालिङमा ‘एक विद्यालय एक करेसाबारी अभियान’

स्याङ्जा । स्याङ्जाको वालिङ नगरपालिका– १४ उपल्लो पेखुस्थित हिमशिखर आधारभूत विद्यालयले दिवा खाजामा प्रयोग गर्ने सामग्री विद्यालयमै उत्पादन गर्दै आएको छ...

वीरगञ्ज भन्सारद्वारा एघार महिनामा एक खर्ब ५८ अर्ब राजस्व सङ्कलन

पर्सा । वीरगञ्ज भन्सार कार्यालयले चालु आवको एघार महिनामा रु एक खर्ब ५८ अर्ब ६० करोड ४३ लाख राजस्व  सङ्कलन गरेको छ । कार्यालयले सो अवधिमा कूल वार्षिक ल...

ढोरपाटन सडक सञ्जालमा जोडियो

म्याग्दी । म्याग्दी र बागलुङको ढोरपाटन जोड्ने सडकको ट्याक (मार्ग) जोडिएको छ । मध्यपहाडी लोकमार्गको बागलुङ खण्डको विकल्प र म्याग्दीको मङ्गला, मालिका र ...

ढोरपाटन सडक सञ्जालमा जोडियो

म्याग्दी । म्याग्दी र बागलुङको ढोरपाटन जोड्ने सडकको ट्याक (मार्ग) जोडिएको छ । मध्यपहाडी लोकमार्गको बागलुङ खण्डको विकल्प र म्याग्दीको मङ्गला, मालिका र ...

प्रतिनिधि सभा बैठक बस्दै, बजेटमाथिको छलफल अघि बढाउने

काठमाडौं । संघीय संसद्अन्तर्गत आज प्रतिनिधि सभाको बैठक बस्दैछ । बैठक बिहान ११ बजेका लागि तय भएको छ । संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्ने बैठकमा उ...

कुन प्रदेश सरकारले कति ल्याए बजेट ?

काठमाडौं । प्रदेश सरकारले बजेट ल्याएका छन् । संवैधानिक व्यवस्था अनुसार ७ वटा प्रदेशले आइतबार बजेट ल्याएका हुन् । संवैधानिक व्यवस्था अनुसार संघले जे...

आज कालीमाटीमा कुन तरकारी र फलफूलको कति छ थोक मूल्य ?

काठमाडौं।  कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ ।  समितिका अनुसार प्रस्तुत सागसब्जी र फल...

आजका लागि विदेशी मुद्राको विनिमय दर, कुन देशकाे मुद्रा कतिमा हुँदै छ कारेबार ?

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १३७ रुपैयाँ ४४ ...

हुम्लाको उनापानी गाउँमा आगलागी, ८ घर जलेर नष्ट

 हुम्ला । सर्केगाड गाउँपालका–३ को उनापानी गाउँमा आगलागी भएको छ । आगलागी हुदाँ ८ घर जलेको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ । आगलागी बाट सर्क...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending