एजेन्सी । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले गाजामा जारी सङ्कटको राजनीतिक समाधानमा जोड दिन आग्रह गरेका छन् ।
कब्जाको अन्त्य गरी अन्तर्राष्ट्रिय कानून तथा राष्ट्रसङ्का प्रस्ताव अनुरूप द्वन्द्व समाधान गर्ने राजनीतिक समाधान खोज्नमा पुनः ध्यान केन्द्रित गर्नुपर्ने राष्ट्रसङ्घका महासचिवका चिफ डे क्याबिनेट, कर्टेने रट्रेले सुरक्षा परिषद्मा गाजामथि भएको बहसमा संयुक्त राष्ट्रसङ्का प्रमुखको तर्फबाट उल्लेख गरेका छन् । रट्रेले गाजाको गम्भीर परिस्थितिमना ध्यानाकार्षण गर्दै चलिरहेको द्वन्द्व अराजकताको विशेषता भन्दै बढ्दो क्षेत्रीय अस्थिरता र गाजामा संकटको बारेमा चिन्ता व्यक्त गरे ।
पछिल्लो समयमा गाजामा इजरायली सैन्य कारबाही र लडाइँ तीव्र भएको भन्दै रट्रेले स्थितिबारे गम्भीर जनाकारी प्रदान गरे । उनका अनुसार प्यालेस्टिनी सशस्त्र समूहले गाजाबाट इजरायली जनसङ्ख्या केन्द्रतर्फ रकेट प्रहार जारी राखेका छन् , राफाह भग्नावशेषमा परिणत छ भने राफाह क्रसिङ बन्द भएकाले मानवीय कार्यमा थप बाधा पुगी रहेको छ ।
गाजामा बीस लाख मानिसहरु विस्थापन भएको उल्लेख गर्दै उनले गाजाको लगभग सम्पूर्ण जनसङ्ख्या त्रासदीको सिकार भएको उल्लेख गरेका छन् । सार्वजनिक व्यवस्थाको विच्छेद र क्षेत्रीय फैलावटको बढ्दो खतरालाई प्रकाश पार्दै, रट्रेले तत्काल मानवीय युद्धविराम ,सबै बन्धकको तत्काल बिना शर्त रिहाईको लागि राष्ट्रसङ्घको आह्वानलाई दोहोर्याए ।
उनले नागरिकको अस्तित्व र कल्याण सुनिश्चित गर्न सबै क्रसिङबाट मानवीय सहायताको निरन्तर पहुँचको आवश्यकतामा जोड दिए । रट्रेले सङ्कटलाई सम्बोधन गर्न तत्काल कारबाहीलाई जोड दिँदै मार्ग परिवर्तन गरी मानवता विरोधि गतिविधि तुरुन्तै बन्द हुनुपर्ने उल्लेख गरे ।
इजरायली बस्तीमा अन्तर्राष्ट्रिय कानूनको स्पष्ट उल्लङ्घन र शान्तिका बाधाक जन्य कार्य भएको उल्लेख गर्दै उनले वैध प्यालेस्टिनी सरकार अन्तर्गत गाजामा शासन पुनःस्थापना गरी नेतृत्व गर्न प्यालेस्टिनी प्राधिकरणलाई बलियो बनाउन आह्वान गरे । संयुक्त राष्ट्रसङ्घ अन्तर्राष्ट्रिय कानुन र संयुक्त राष्ट्रसङ्घका प्रस्तावको पालना गरी दिगो शान्ति सम्झौतामाका लागि सबै प्रयास र समर्थन गर्न प्रतिबद्ध रहेको उनले प्रष्ट पारे ।
हिंसा अन्त्य गर्ने प्रयासलाई तीव्र बनाउन र संलग्न सबै व्यक्तिको अधिकार र मर्यादालाई सम्मान गर्ने स्थायी समाधानका लागि काम गर्न संलग्न सबै पक्षलाई रट्रेले आह्वान गरे ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...



प्रतिकृया लेख्नुहोस्: