Khabar Dabali ३० चैत्र २०८२ सोमबार | 13th April, 2026 Mon

के गर्दै छन् बालेन ?

खबरडबली संवाददाता

काठमाडौं । पार्टीका नवनिर्वाचित सांसदहरूका लागि आयोजना गरिएको परिचयात्मक तथा अभिमुखीकरण कार्यक्रममा समेत अनुपस्थित भएपछि व्यापक रूपमा खोजी गरिएका राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह 'बालेन' "विज्ञहरूसँग परामर्शमा रहेका" उक्त दलका एक उच्च पदाधिकारीले बीबीसीलाई बताएका छन्।

हालै भएको प्रतिनिधिसभा निर्वाचनमा भारी बहुमत प्राप्त गरेको रास्वपा बालेनको नेतृत्वमा सरकार बनाउने तयारीमा छ।

"विज्ञहरूसँग अलि बढी र सँगसँगै पार्टीका नेताहरूसँग पनि छलफल गरिरहनुभएको छ," उक्त दलका महामन्त्री कवीन्द्र बुर्लाकोटीले भने।

पार्टीले मङ्गलवार र बुधवार गरी नवनिर्वाचित सांसदहरूका निम्ति राखेको कार्यक्रममा उनी अनुपस्थित रहेका थिए।

"मुख्य कुरा त उहाँ स्वास्थ्यलाभमै हुनुहुन्छ। उहाँको स्वास्थ्य असाध्यै नाजुक थियो। त्योसँगै अहिलेको परामर्श भनेकोचाहिँ कसरी काम गर्ने, मुख्य कुराहरू केके हुन् र हामीले काम गर्ने सन्दर्भमा मुख्य कुराहरू केके हुन् भन्नेबारे अलि बढी सरसल्लाह गर्नुभएको जस्तो लाग्छ।"

चुनावका बेला उनी अस्वस्थ भएका विवरणहरू आएका थिए।

"हामीले ठूलो जिम्मेवारी बोकेर आएका छौँ र जनताले परिवर्तनको अपेक्षा गर्नु स्वाभाविकै हो। यस्तोमा नयाँ ढङ्गले कसरी अघि बढ्न सकिन्छ भन्नेबारेको छलफल हो जस्तो लाग्छ।"

प्रधानमन्त्री बन्दै गरेका पार्टीका वरिष्ठ नेतासँग आफ्नो भेट तीन दिनअघि भएको जानकारी दिएका बुर्लाकोटीले उनले परामर्श लिइरहेका विज्ञहरूको सूचीबारे भने कुनै विवरण दिएनन्।

बालेनमाथि उठेका प्रश्न

पार्टीकै कार्यक्रममा समेत उपस्थित नभएपछि सामाजिक सञ्जालमा कतिपयले उनले "अहङ्कार देखाउन नहुने" भन्दै आलोचना गरिरहँदा कतिपयले भने "सरकार बनाउने काममा व्यस्त रहेको हुन सक्ने" भन्दै उनको बचाउ गरेका छन्।

रास्वपाको उक्त कार्यक्रममा प्रशिक्षकसमेत रहेकी सूचना प्रविधिविज्ञ दोभान राईले फेसबुकमा लामो पोस्ट लेख्दै बालेनको अनुपस्थितिबारे प्रश्न गरेकी छन्।

"…यो अभिमुखीकरण कार्यक्रमसँगसँगै परिचयात्मक कार्यक्रम पनि थियो। पूरै कार्य्रक्रममा उपस्थित हुन नसके पनि उद्घाटन, समापन वा कुनै क्षणका लागि पनि उपस्थित भएर त्यहाँ दुई दिन लगातार सहभागी आफूसँगैका सांसदहरूलाई धन्यवाद दिनुपर्ने हैन?…"

उक्त पोस्टमा उनले "मेयर पद बीचैमा छाडेर चुनावी यात्रामा जाँदा पनि बालेनले केही सम्बोधन, धन्यवाद र माफी नमागीकन गएका" सन्दर्भ पनि स्मरण गरेकी छन्।

"अस्वस्थ र अन्यत्र व्यस्त भएका हुन् भने आफूसँगै निर्वाचित भएर आएका सांसदहरूलाई सामाजिक सञ्जालबाटै पनि शुभकामना दिन सकिन्छ वा म यो कारणले आउन सकिनँ भन्न सकिन्छ नि! त्यो पारा भएन नि त," उनले भनिन्, "यो चाहिँ सबै कर्मचारी काम गर्ने अनि हाकिमचाहिँ हराउने भनेजस्तो अलिकति सामन्ती पारा भयो नि, हैन?"

बालेननिकट ठानिने रास्वपाकै एक नवनिर्वाचित सांसदले भने उक्त कार्यक्रममा बालेन उपस्थित हुने तालिका नै नरहेको दाबी गरे।

"उहाँ आउने भन्ने कुरै थिएन," ती सांसदले भने, "कसले के भन्यो भन्दा पनि आआफ्नो व्यस्तताको कुरा हो। सरकारको नेतृत्व गर्दै गर्दा त्यसअघि गर्नुपर्ने तयारीहरू होलान्। त्यसकै छलफलमा व्यस्त हुनुहुन्छ जस्तो लाग्छ। उहाँ सरकारको नेतृत्व गर्ने पूर्वतयारीमा हुनुहुन्छ।"

कहिले नियुक्त हुन्छन् नयाँ प्रधानमन्त्री

निर्वाचन आयोगले फागुन २१ गते सम्पन्न निर्वाचनमा समानुपातिक प्रणालीबाट निर्वाचित सांसदहरूलाई बिहीवार प्रमाणपत्र प्रदान गरेको छ भने निर्वाचनको परिणामसहितको समग्र प्रतिवेदन पनि बिहीवारै राष्ट्रपति रामचन्द्र पौडेललाई बुझाइएको अधिकारीहरूले बताएका छन्।

जम्मा २७५ सदस्यीय प्रतिनिधिसभाको निर्वाचनमा रास्वपाले प्रत्यक्ष र समानुपातिक प्रणालीतर्फ गरी १८२ सीट जितेको छ।

निर्वाचन आयोगले राष्ट्रपतिलाई प्रतिवेदन बुझाएसँगै सरकार गठनको प्रक्रिया अघि बढ्ने भएको छ।

"यो प्रतिवेदन सङ्घीय संसद्‌मा पनि पठाइएको हुन्छ। हामी संसद्‌का महासचिवसँग सल्लाह गरेर प्रक्रिया अघि बढाउँछौँ," राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यले भने।

सङ्घीय संसद्‌का महासचिव पद्मप्रसाद पाण्डेयले आयोगको प्रतिवेदन प्राप्त भइसकेको र चैत १२ गते शपथको कार्यक्रम तय भएको बताए। "चैत्र १२ गते २ बजे शपथ गर्ने गरी सूचना जारी गर्दै छौँ," उनले भने।

सरकार गठन प्रक्रियाका कतिपय जानकारहरूले नेपालमा सांसदहरूको शपथ भएपछि मात्र नभएर बहुमत रहेका कतिपय अवस्थामा सांसदहरूले शपथ लिनुअघि पनि प्रधानमन्त्री नियुक्त भएका अभ्यास प्रचलनमा रहेको बताएका छन्।

रास्वपाका महामन्त्री बुर्लाकोटीले भने ती दुईमध्ये कुन प्रक्रियाबाट जाने भन्नेबारे आफूहरू कुनै निष्कर्षमा पुगिनसकेको बताए।

"सांसदहरूको शपथकै वरिपरिमा धेरै कुराहरू होलान् जस्तो मलाई लाग्छ। चैत १२ गतेतिर सांसदको शपथ हुने भएकाले यो धेरै पर जाने कुरा भने होइन," उनले भने, "पाँच दिन वर कि पाँच दिन पर भन्ने कुरा मात्रै हो। सामान्यतया: शपथपछाडि नै गर्ने हो कि भन्ने मनस्थितिमा छौँ।"

त्योसहितका विषयमा संसद् सचिवालयले आज विभिन्न दलका प्रतिनिधिहरूसँग छलफल भएको थियो।

सङ्घीय संसद्‌का महासचिव पाण्डेयले "त्यस क्रममा मुख्य दलले सांसदहरूको शपथपछि मात्रै प्रधानमन्त्रीको नियुक्ति चाहेको देखिएको" बताए।

'रवि-बालेन निरन्तर छलफलमा'

रास्वपाका कतिपय नेताहरूले सरकार गठनका विषयमा सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन निरन्तर छलफलमा रहेका बीबीसीसँग बताएका छन्।

उपयुक्त व्यक्तिहरूलाई सरकारमा पठाउने भन्ने भए पनि व्यक्तिकेन्द्रित छलफल भने भइनसकेको महामन्त्री बुर्लाकोटीले बताए।

"पार्टीका शीर्ष नेताहरूलाई मन्त्री छान्ने अधिकार प्रत्यायोजन हुन्छ किनभने सबै जना बसेर भोटिङ गरेर मन्त्री छान्ने सम्भावना हुँदैन," उनले भने, "पार्टीको शीर्ष तहमा छलफल भएर छानिन्छ र कम्तीमा पनि पदाधिकारीको तहमा यो विषयमा जानकारी हुन्छ।"

महामन्त्री बुर्लाकोटी नीति र नेतृत्वको सवालमा पार्टी सभापति लामिछाने र वरिष्ठ नेता बालेनबीच कुनै समस्या आउने जोखिम आफूहरूले नदेखेको दाबी गर्छन्।

"उहाँहरूबीच असाध्यै राम्रो समन्वय भइरहेको छ। उच्च स्तरको समझदारी पनि छ र उहाँहरूको मात्रै नभएर हामीहरू पनि मिसिएर त्यो समझदारीमा साथसाथै छौँ।"

"नीति पनि सामूहिक हो र नेतृत्व पनि पार्टीकै तर्फबाट भएको र सबै कुरा सरसल्लाहमा अघि बढ्दै जाने भएकाले नीति र नेतृत्वको तारतम्य राम्रैसँग मिल्छजस्तो लाग्छ," उनले भने। बीबीसी

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending