हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई राष्ट्रिय प्रजातन्त्र पार्टीले विश्वासको मत नदिने भएको छ । मुख्यमन्त्री जम्कट्टेलले यही साउन ६ गते बागमती प्रदेश सभाबाट विश्वासको मत लिने कार्यक्रम रहेकाे छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बागमती प्रदेश संसदीय दलको बिहीबार बसेको बैठकमा मुख्यमन्त्री जम्कट्टेललाई विश्वासको मत नदिने बारेमा छलफल भएको थियाे । राप्रपा संसदीय दलका उपनेता गिरबहादुर तामाङले संसदीय दलको बैठकमा सहभागी प्रदेश सभा सदस्य मुख्यमन्त्री जम्कट्टेलले राख्ने विश्वासको विपक्षमा मतदान गर्ने मनस्थितिमा रहेको र सोही अनुसार निर्णय भएको जानकारी दिए ।
उनले मुख्यमन्त्री जम्कट्टेलले प्रदेश सभाको बैठकमा राख्ने विश्वासको मतको बारेमा पार्टीमा छलफल गरी निर्णय गरिने बताए । राप्रपा संसदीय दलका नेता उद्धब थापाले यसअघि मुख्यमन्त्री जम्कट्टेललाई विश्वासको मत नदिने बताए । विश्वासको मत दिने प्रयोजनका लागि मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयले प्रदेश सभा सचिवालयमा पत्र दर्ता गराएको छ ।
साउन ६ गते आइतबार दिउँसो १ बजे विश्वासको मत लिने प्रयोजनका लागि समय व्यवस्थापन गरिदिन मुख्यमन्त्री कार्यालयबाट पत्र प्रदेश सभा सचिवालयमा दता भएको हो । सत्ता गठबन्धनमा रहेको नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले बागमती प्रदेश संसदीय दलले असार २४ गते प्रदेश सरकारलाई दिएको समर्थन फिर्तासँगै सरकारबाट बाहिरिएसँगै मुख्यमन्त्री जम्कट्टेल अल्पमतमा परेका थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर ९ गते, २०८१ - २१:०३
काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई उपचारको लागि वीर अस्पताल लगिएको छ । अदालतको आदेश अनुसार उपचार गराउन उनलाई अस्पताल लगिएको साइबर ब्यूरोका ए...
मंसिर ९ गते, २०८१ - २०:५८
काठमाडाैं । धितोपत्र बाेर्डको अध्यक्षका लागि तीन जनाको नाम सिफारिस भएकाे छ । बोर्डको अध्यक्षका लागि सन्तोषनारायण श्रेष्ठ, मुक्तिनाथ श्रेष्ठ र नवराज अध...
मंसिर ९ गते, २०८१ - २०:५३
कैलाली । जैविक विविधतासँगै पर्यटकीय रुपमा महत्वपूर्ण मानिएको घोडाघोडी तालको महत्वसँगै यहाँको धार्मिक महत्व पनि उत्तिकै छ । यहाँ विभिन्न पर्व तथा तीथिम...
मंसिर ९ गते, २०८१ - २०:४७
सुनसरी । सुनसरीको इटहरी उपमहानगरपालिका–१७ बालग्राम चोकमा भएको सवारीसाधन दुर्घटनामा आज एक दम्पतीको मृत्यु भएको छ । मृत्यु हुनेमा सङ्खुवासभाको धर्मद...
मंसिर ९ गते, २०८१ - २०:०७
माेरङ । मोरङमा हायसको ठक्करबाट आइतबार दिउँसो साइकल यात्रीको मृत्यु भएकाे छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सुन्दरहरैँचा नगरपालिका–५ दुलारीमा हायसले सा...
मंसिर ९ गते, २०८१ - २०:०१
काठमाडौं । नेपालमा चालु आर्थिक वर्षको चार महिनामा १० अर्ब रुपैयाँको खाद्यान्न आयात भएको छ । भन्सार विभागको तथ्यांक अनुसार साउन, भदौ, असोज र कार्तिक गर...
मंसिर ९ गते, २०८१ - १९:५४
काठमाडौं । आइतबार तीन घण्टा खुलेकाे धरहराबाट दुई लाख बढी राजस्व संकलन भएकाे छ । सःशुल्क धरहरा खुलेको पहिलो दिन दुई लाख २० हजार ६५० रुपियाँ राजस्व संकल...
मंसिर ९ गते, २०८१ - १९:४७
काठमाडाैं । महिलाको हत्या आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बझाङका २२ वर्षीय कविन्द्र मल्ल रहेका प्रहरी जनाएको छ । उदयपुर घर भएकी ४५ ...
मंसिर ९ गते, २०८१ - १९:४०
काठमाडौं । सभामुख देवराज घिमिरेले नेपालले शान्ति स्थापना र मेलमिलापको क्षेत्रमा हासिल गरेका उपलब्धि विश्वका लागि अनुकरणीय रहेको बताएका छन् । कम्बो...
मंसिर ९ गते, २०८१ - १९:३३
चितवन । चितवन राष्ट्रिय निकुञ्जमा घुम्न आउने पर्यटकको संख्या गत वर्षको तुलनामा यस वर्ष घटेको छ । गत वर्ष साउनदेखि कात्तिकसम्म ७७ हजार तीन सय ५९ पर्यटक...
प्रतिकृया लेख्नुहोस्: