Khabar Dabali १२ चैत्र २०८२ बिहीबार | 26th March, 2026 Thu
Investment bank

‘बाई बाई सुगर’को भर पर्दा सास्ती पाएपछि गण्डकी प्रदेशका पूर्वमन्त्री सिआइबीको शरणमा

खबरडबली संवाददाता

काठमाडौं । ‘मधुमेह चट’ हुने भन्दै हिजोआज सामाजिक सञ्जाल फेसबुकतिर भिडिओहरू प्रशस्त आउने गरेका छन् ।
विभिन्न कम्पनीका नाममा आयुर्वेदिक क्याप्सुल, पाउडर लगायतको सेवन गरे सुगर शतप्रतिशत निको हुने भन्दै फेसबुकमा विज्ञापन गरेको भेटिन्छ ।

जडिबुटीहरूको मिश्रण रहेका त्यस्ता आयुर्वेदिक औषधी प्रयोग गरे ‘लाइफटाइम’ सुगर ठिक हुने भन्दै विज्ञापनहरू गरिरहेको पाइन्छ । यस्तै विज्ञापनको भर परेर आयुर्वेदिक औषधी सेवन गर्दा गण्डकी प्रदेशका एक जना पूर्वमन्त्रीले सास्ती खेप्नु परेको छ ।

‘बाई बाई सुगर’ नामको आयुर्वेदिक औषधीजन्य क्याप्सुलको भर पर्दा उनले शारीरिक मात्रै होइन, मानसिक यातना खेप्नु पर्‍यो । बट्टामा ‘मेड इन युएसए’ लेखिएको उक्त ‘बाई बाई सुगर’ले स्वास्थ्यमा समस्या निम्तिएपछि उनी क्षतिपूर्ति तथा कारबाहीको माग गर्दै प्रहरीको शरणमा परेका छन् ।

उनी उक्त क्याप्सुल बेच्ने नेपाली कम्पनीलाई कारबाही माग गर्दै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोमा पुगेका हुन् । गोपनीयतालाई मध्यनजर गर्दै यहाँ ती पूर्वमन्त्रीको पहिचान खुलाइएको छैन ।

ब्युरोका प्रहरी उपरीक्षक होविन्द्र बोगटीका अनुसार ती मन्त्रीले तीन महिना ‘बाई बाई सुगर’ क्याप्सुल सेवन गरे । तर, सुगर नियन्त्रण हुनुको सट्टा बढेको बढै गरेपछि उनी सशंकित भए । चिकित्सककहाँ पुगेपछि उनले थाहा पाए ‘बाई बाई सुगर’को भर पर्दा आफ्नो स्वास्थ्यमा झन्डै गम्भीर समस्या निम्तिन लागेको ।

त्यसपछि उनी प्रहरीकहाँ पुगेर निवेदन दिएका छन् । बोगटीका अनुसार ‘बाई बाई सुगर’ बेचबिखन गर्ने कम्पनी काठमाडौं सोह्रखुट्टेमा रहेको पत्ता लागेको छ । ‘त्यसका सञ्चालकलाई हामीले बोलाएका छौं, उनी आइसकेका छैनन्,’ बोगटीले भने ।

उनका अनुसार यसको फेसबुक पेज देखिएको छ । ठेगाना काठमाडौं लेखिएको छ । त्यहाँ ‘बाई बाई सुगर’को विज्ञापनहरू पोष्ट गरिएको छ । अमेरिकामा बनेको र विश्वप्रसिद्ध रहेकाले सुगर निर्मूल हुने भन्दै इन्सुलिन लगाइरहन नपर्ने भनी आश्वस्त पारिएको छ ।

तीन महिना लगातार सेवन गरे सदाका लागि सुगरबाट मुक्ति पाइने प्रचार सामग्री त्यहाँ राखिएको छ । उक्त क्याप्सुल अमेरिकामा बने-नबनेकोबारे स्वतन्त्र पुष्टि हुन सकेको छैन । बोगटीले यसको सत्यता परीक्षणका लागि अनुसन्धान भइरहेको बताए । बोगटीले सामाजिक सञ्जालमा पोस्ट गरिएका विज्ञापन हेरेर आयुर्वेदिक औषधी सेवन गर्दा विचार पुर्‍याउनु पर्ने देखिएको बताए ।

उनले चिकित्सकको परामर्श र औषधी कम्पनीको आधिकारिकता परीक्षण गरेर मात्रै यस्ता औषधी सेवन गर्न सुझाव दिए ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: