Ntc summer Offer
Khabar Dabali ९ मंसिर २०८१ आईतवार | 24th November, 2024 Sun
Investment bank

मकवानपुरमा दुई जनाको मृत्यु

खबरडबली संवाददाता

मकवानपुर । मकवानपुरमा शुक्रवार भएको फरक–फरक घटनामा दुई जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार पूर्वी मकवानपुरको बागमती गाउँपालिकामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । 

बागमती–९ बेतिनीका २० वर्षीय रामराज बम्जनको करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता लक्ष्मी भण्डारीले जानकारी दिए । 

शुक्रबार दिउँसो ४ बजेको समयमा बकैया गाउँपालिका–४, माझीखोला स्थित नेपाल प्रेम चर्चको भवनमा वाइरिङ गर्ने क्रममा बम्जनलाई करेन्ट लागेको थियो ।  करेन्ट लागेर अचेत अवस्थामा रहेको बम्जनलाई उपचारका लागि हेटौँडा अस्पताल ल्याइएकोमा डेढ घण्टापछि डाक्टरले मृत घोषणा गरेको हो ।

त्यस्तै खेतको आलीबाट लडेर हेटौँडामा एक वृद्धको मृत्यु भएको छ । हेटौँडा–१८ स्थित हर्नाफाटका ७१ वर्षीय प्रेम बहादुर तुम्सिङको मृत्यु भएको हो । तुम्सिङ शुक्रबार बिहान ११ बजेको समयमा आफ्नो घरदेखि ५ सय मिटर पुर्वतर्फ छिमेकीको खेतको आलीबाट लडेर मृत्यु भएको अवस्थामा भेटिएको हो । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपचारकाे लागि दुर्गा प्रसाईँलाई वीर अस्पताल लगियो

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई उपचारको लागि वीर अस्पताल लगिएको छ । अदालतको आदेश अनुसार उपचार गराउन उनलाई अस्पताल लगिएको साइबर ब्यूरोका ए...

धितोपत्र बाेर्डको अध्यक्षका लागि तीन जनाको नाम सिफारिस

काठमाडाैं । धितोपत्र बाेर्डको अध्यक्षका लागि तीन जनाको नाम सिफारिस भएकाे छ । बोर्डको अध्यक्षका लागि सन्तोषनारायण श्रेष्ठ, मुक्तिनाथ श्रेष्ठ र नवराज अध...

घोडाघोडी मन्दिरकाे एकै मण्डपमा २३ जोडीको बिवाह

कैलाली । जैविक विविधतासँगै पर्यटकीय रुपमा महत्वपूर्ण मानिएको घोडाघोडी तालको महत्वसँगै यहाँको धार्मिक महत्व पनि उत्तिकै छ । यहाँ विभिन्न पर्व तथा तीथिम...

सुनसरीमा सवारी दुर्घटनामा परी दम्पतीको मृत्यु

सुनसरी । सुनसरीको इटहरी उपमहानगरपालिका–१७ बालग्राम चोकमा भएको सवारीसाधन दुर्घटनामा आज एक दम्पतीको मृत्यु भएको छ ।  मृत्यु हुनेमा सङ्खुवासभाको धर्मद...

मोरङमा हायसको ठक्करबाट साइकलयात्रीको मृत्यु

माेरङ । मोरङमा हायसको ठक्करबाट आइतबार दिउँसो साइकल यात्रीको मृत्यु भएकाे छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सुन्दरहरैँचा नगरपालिका–५ दुलारीमा हायसले सा...

चार महिनामा १० अर्बबढीकाे खाद्यान्न आयात

काठमाडौं । नेपालमा चालु आर्थिक वर्षको चार महिनामा १० अर्ब रुपैयाँको खाद्यान्न आयात भएको छ । भन्सार विभागको तथ्यांक अनुसार साउन, भदौ, असोज र कार्तिक गर...

आइतबार तीन घण्टा खुलेकाे धरहराबाट दुई लाख बढी राजस्व संकलन

काठमाडौं । आइतबार तीन घण्टा खुलेकाे धरहराबाट दुई लाख बढी राजस्व संकलन भएकाे छ । सःशुल्क धरहरा खुलेको पहिलो दिन दुई लाख २० हजार ६५० रुपियाँ राजस्व संकल...

महिलाको हत्या गरी शव फाल्ने पक्राउ

काठमाडाैं । महिलाको हत्या आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बझाङका २२ वर्षीय कविन्द्र मल्ल रहेका प्रहरी जनाएको छ । उदयपुर घर भएकी ४५ ...

नेपालको शान्ति प्रयास विश्वका लागि उदाहरणीय छ: सभामुख घिमिरे

काठमाडौं । सभामुख देवराज घिमिरेले नेपालले शान्ति स्थापना र मेलमिलापको क्षेत्रमा हासिल गरेका उपलब्धि विश्वका लागि अनुकरणीय रहेको बताएका छन् ।  कम्बो...

चितवन राष्ट्रिय निकुञ्ज घुम्न आउने पर्यटक घटे

चितवन । चितवन राष्ट्रिय निकुञ्जमा घुम्न आउने पर्यटकको संख्या गत वर्षको तुलनामा यस वर्ष घटेको छ । गत वर्ष साउनदेखि कात्तिकसम्म ७७ हजार तीन सय ५९ पर्यटक...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy