Ntc summer Offer
Khabar Dabali २३ भाद्र २०८१ आईतवार | 8th September, 2024 Sun
NIMB

विश्वव्यापी प्राविधिक समस्याबाट प्रभावित एयरलाइन्स सेवा पुनः सुचारु

खबरडबली संवाददाता

फ्रान्स । माइक्रोसफ्ट प्रोग्रामको एन्टिभाइरस अद्यावधिकको समयमा भएको विश्वव्यापी प्राविधिक अवरोधका कारण प्रभावित बैङ्क, वित्तीय संस्था, एयरलाइन्सलगायतका सेवाहरू शनिबार बिस्तारै लयमा फर्किरहेका छन् । 

अद्यावधिकको समयमा शुक्रबार विश्वव्यापी आइटी प्रणालीमा आएको अवरोधपछि दर्जनौँ उडानहरू रद्द भएका थिए । एसियाका हङकङ, दक्षिण कोरिया र थाइल्यान्डलगायतका एयरपोर्टहरू चेक–इन सेवा पुनः सुचारु गरेका छन्  भने भारत, इन्डोनेसिया सिङ्गापुरका एयरपोर्टहरूले शनिबारसम्म सामान्य अवस्थामा फर्किने बताएका छन् । 

थाइल्यान्डका एयरपोर्टहरूमा चेक–इन प्रणाली सामान्य अवस्थामा फर्किएको राष्ट्रपति किराती किटमानावतले बताए । साइबर सुरक्षा फर्म क्राउडस्ट्राइकले माइक्रोसफ्ट विन्डोजलाई असर गर्ने त्रुटिपूर्ण सफ्टवेयर अद्यावधिक गर्ने क्रममा बिहीबार विश्वव्यापी प्राविधिक समस्या सुरु भएको माइक्रोसफ्टले जनाएको छ । 

क्राउडस्ट्राइकले उत्पन्न समस्याको समाधान भएको बताउँदै कम्पनीका सञ्चालक जर्ज कुर्ट्जले प्रभावित सबै निकायसँग माफी मागेको अमेरिकी समाचार च्यानल सिएनबीसीले जनाएको छ । क्राउडस्ट्राइकले समस्याबाट प्रभावीहरूसँग सम्पर्कमा रही आवश्यकताअनुसार सहयोग प्रदान गर्न तयार भएको अमेरिकी राष्ट्रपति जो बाइडेनको टोलीले विज्ञप्तिमार्फत जनाएको छ । 

बेलायतको स्काइ समाचार संस्थाले समाचार प्रसारणमा आएको समस्या समाधान भएको बताएको छ । अस्ट्रेलियाको बिसीले पनि प्रसारणमा समस्या आएको रिपोर्ट गरेको थियो । अस्ट्रेलियामा सेवाहरू हाल सामान्य लयमा फर्केको भएतापनि सिड्नी एयरपोर्टले अझैसम्म उडानमा ढिलाइ भएको रिपोर्ट गरिरहेको छ । 

केन्या र युक्रेनका बैङ्किङ एवम् अन्य सेवामा आएको प्राविधिक समस्याले धेरै ग्राहकहरू प्रभावित भएको गुनासो गरेको थियो । अमेरिकी सङ्घीय उड्डयन प्रशासन (एफएए) ले सबै उडानहरू बन्द गर्ने आदेश दिएको थियो यद्यपि एयरलाइन्सले पछि आफ्ना सेवाहरू पुनः स्थापना गरिरहेको जनाएका छन् । 

भारतीय एयरलाइन्स इन्डिगोले सामाजिक सञ्जाल एक्समार्फत समस्या समाधान भएको जनाएको छ । यसैबिच चिनियाँ सरकारी मिडियाले बेइजिङका विमानस्थल तथा उडान सेवाहरू विश्वव्यापी आउटेजले प्रभावित नभएको जनाएको छ । 

युरोपमा बर्लिनलगायत प्रमुख एयरपोर्टहरूले शुक्रबार सबै उडानहरू स्थगित गरेका थिए भने  हाल सेवाहरू पुनः सुरु भएको बताएका छन् । कम्पनीका सञ्चालक कुर्ट्जले शुक्रबार आएको समस्याबाट प्रभावित ग्राहकहरूलाई मद्दत गर्न कम्पनीका कर्मचारीहरू पूर्ण रूपमा परिचालन गरिएको विज्ञप्तिमार्फत उल्लेख गरे । 

विश्वव्यापी सफ्टवेयरमा आएको यस्तो समस्याले एकै समयमा धेरै सेवाहरू प्रभावित हुन सक्ने भएकाले पूर्वाधारहरू सामान्य समस्याहरू विरुद्ध लचिलो हुने गरी विकास गर्न आवश्यक रहेको बेलायतको योर्क विश्वविद्यालयका प्राध्यापक जोन म्याकडर्मिडले बताए । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

माेरङमा एक क्विन्टल गाँजासहित एक पक्राउ

माेरङ । प्रहरीले मोरङको धनपालथान गाउँपालिका–१ र जहदा गाउँपालिकाको सिमानाबाट शुक्रबार राति साढे ८ बजेतिर १ सय २० किलोग्राम गाँजा बरामद गरेको छ ।  भा...

सञ्चालनमा आयो पासाङ्ल्हामु मार्ग

रसुवा । भारी वर्षासँगै खसेको पहिरोका कारण अवरुद्व भएको रसुवाको पासाङ्ल्हामु मार्ग सञ्चालनमा आएको छ । सडकमार्ग सञ्चालनमा आएसँगै ग्राङ र ठाडेबीच मूलखर्क...

पोतोङतार्न थाइल्याण्डको प्रधानमन्त्रीका रूपमा शपथ ग्रहण

बैङ्कक । थाइल्याण्डको नयाँ प्रधानमन्त्रीका रूपमा पोतोङ्तार्न सिनावात्राले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।  पूर्व प्रधानमन्त्री थाक्सिन सिना...

बाँदर आतङ्कले सताउनथालेपछि स्याङ्जाका कृषक वैकल्पिक खेतीतर्फ आकर्षित

स्याङ्जा । बाँदर आतङ्कले सताउनथालेपछि स्याङ्जाका कृषक वैकल्पिक खेतीतर्फ आकर्षित भएका छन् । जिल्लाको गल्याङ नगरपालिकाका कृषकले परम्परागत रूपमा लगाउँदै ...

गणेशको पूजा आराधना गरी आज गणेश चतुर्थी पर्व मनाइयाे

काठमाडौं । भगवान गणेशको पूजा आराधना गरी आज गणेश चतुर्थी पर्व मनाइएको छ । सत्ययुगमा भाद्र शुक्ल चतुर्थीका दिन भगवान गणेशको उत्पत्ति भएको शास्त्रीय मान्...

अमेरिकामा एक लाख ४२ हजार रोजगारी थपियो, बेरोजगारी दर ४.२ प्रतिशत

अमेरिका । अमेरिकी रोजगारीका अवसर वृद्धि र भर्नाले अगस्टमा गति लिएको सरकारी तथ्याङ्कले देखाएको छ । रोजगारीका अवसर वृद्धि र भर्नामा देखिएको वृद्धिसँगै ब...

विभिन्न स्थानमा सातजना मृत फेला

काठमाडौं । सङ्खुवासभा र सल्यानसहित देशका विभिन्न स्थानमा ७ जना मृत अवस्थामा फेला परेका छन् ।  सङ्खुवासभा, सिलिचोङ गाउँपालिका-४ बस्ने छत्र कुमार राई...

अमेरिकामा जनावरको सम्पर्क विना नै बर्डफ्लुबाट सङ्क्रमितको पहिलो घटना पुष्टि

अमेरिका । अमेरिकाको मिसौरी राज्यका बर्डफ्लुबाट सङ्क्रमित जनावरको सम्पर्कमा नआईकन एक व्यक्तिमा वर्ड फ्लु सङ्क्रमण देखिएको छ ।  रोग नियन्त्रण तथा रोक...

यागी नाम दिइएको चक्रवातका कारण चीनमा दुई जनाको मृत्यु

चीन । दक्षिण चीनको टापु प्रान्त हाइनानमा सुपर टाइफुन यागीले निम्त्याएको भारी वर्षा र वेगवान् हुरीको कारण कम्तीमा दुई जनाको मृत्यु हुनुका साथै ९२ जना घ...

बहुआयमिक चुनौतिलाई सम्बोधन गर्न अन्तर्राष्ट्रिय समन्वय र सहकार्य आवश्यक छ: गृहमन्त्री लेखक

काठमाडौं ।  गृहमन्त्री रमेश लेखकले अन्तर्राष्ट्रिय संगठित अपराध, साइबर अपराध, आतंकवाद लगायतका बहुआयमिक चुनौतिलाई सम्बोधन गर्न कानून कार्यान्वयन गर्ने ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy