Khabar Dabali १६ फाल्गुन २०८२ शनिबार | 28th February, 2026 Sat
Investment bank

विश्वव्यापी प्राविधिक समस्याबाट प्रभावित एयरलाइन्स सेवा पुनः सुचारु

खबरडबली संवाददाता

फ्रान्स । माइक्रोसफ्ट प्रोग्रामको एन्टिभाइरस अद्यावधिकको समयमा भएको विश्वव्यापी प्राविधिक अवरोधका कारण प्रभावित बैङ्क, वित्तीय संस्था, एयरलाइन्सलगायतका सेवाहरू शनिबार बिस्तारै लयमा फर्किरहेका छन् । 

अद्यावधिकको समयमा शुक्रबार विश्वव्यापी आइटी प्रणालीमा आएको अवरोधपछि दर्जनौँ उडानहरू रद्द भएका थिए । एसियाका हङकङ, दक्षिण कोरिया र थाइल्यान्डलगायतका एयरपोर्टहरू चेक–इन सेवा पुनः सुचारु गरेका छन्  भने भारत, इन्डोनेसिया सिङ्गापुरका एयरपोर्टहरूले शनिबारसम्म सामान्य अवस्थामा फर्किने बताएका छन् । 

थाइल्यान्डका एयरपोर्टहरूमा चेक–इन प्रणाली सामान्य अवस्थामा फर्किएको राष्ट्रपति किराती किटमानावतले बताए । साइबर सुरक्षा फर्म क्राउडस्ट्राइकले माइक्रोसफ्ट विन्डोजलाई असर गर्ने त्रुटिपूर्ण सफ्टवेयर अद्यावधिक गर्ने क्रममा बिहीबार विश्वव्यापी प्राविधिक समस्या सुरु भएको माइक्रोसफ्टले जनाएको छ । 

क्राउडस्ट्राइकले उत्पन्न समस्याको समाधान भएको बताउँदै कम्पनीका सञ्चालक जर्ज कुर्ट्जले प्रभावित सबै निकायसँग माफी मागेको अमेरिकी समाचार च्यानल सिएनबीसीले जनाएको छ । क्राउडस्ट्राइकले समस्याबाट प्रभावीहरूसँग सम्पर्कमा रही आवश्यकताअनुसार सहयोग प्रदान गर्न तयार भएको अमेरिकी राष्ट्रपति जो बाइडेनको टोलीले विज्ञप्तिमार्फत जनाएको छ । 

बेलायतको स्काइ समाचार संस्थाले समाचार प्रसारणमा आएको समस्या समाधान भएको बताएको छ । अस्ट्रेलियाको बिसीले पनि प्रसारणमा समस्या आएको रिपोर्ट गरेको थियो । अस्ट्रेलियामा सेवाहरू हाल सामान्य लयमा फर्केको भएतापनि सिड्नी एयरपोर्टले अझैसम्म उडानमा ढिलाइ भएको रिपोर्ट गरिरहेको छ । 

केन्या र युक्रेनका बैङ्किङ एवम् अन्य सेवामा आएको प्राविधिक समस्याले धेरै ग्राहकहरू प्रभावित भएको गुनासो गरेको थियो । अमेरिकी सङ्घीय उड्डयन प्रशासन (एफएए) ले सबै उडानहरू बन्द गर्ने आदेश दिएको थियो यद्यपि एयरलाइन्सले पछि आफ्ना सेवाहरू पुनः स्थापना गरिरहेको जनाएका छन् । 

भारतीय एयरलाइन्स इन्डिगोले सामाजिक सञ्जाल एक्समार्फत समस्या समाधान भएको जनाएको छ । यसैबिच चिनियाँ सरकारी मिडियाले बेइजिङका विमानस्थल तथा उडान सेवाहरू विश्वव्यापी आउटेजले प्रभावित नभएको जनाएको छ । 

युरोपमा बर्लिनलगायत प्रमुख एयरपोर्टहरूले शुक्रबार सबै उडानहरू स्थगित गरेका थिए भने  हाल सेवाहरू पुनः सुरु भएको बताएका छन् । कम्पनीका सञ्चालक कुर्ट्जले शुक्रबार आएको समस्याबाट प्रभावित ग्राहकहरूलाई मद्दत गर्न कम्पनीका कर्मचारीहरू पूर्ण रूपमा परिचालन गरिएको विज्ञप्तिमार्फत उल्लेख गरे । 

विश्वव्यापी सफ्टवेयरमा आएको यस्तो समस्याले एकै समयमा धेरै सेवाहरू प्रभावित हुन सक्ने भएकाले पूर्वाधारहरू सामान्य समस्याहरू विरुद्ध लचिलो हुने गरी विकास गर्न आवश्यक रहेको बेलायतको योर्क विश्वविद्यालयका प्राध्यापक जोन म्याकडर्मिडले बताए । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE