Khabar Dabali ९ चैत्र २०८२ सोमबार | 23rd March, 2026 Mon
Investment bank

वन्यजन्तुबाट पीडित परिवारलाई प्रदेश सरकारको राहत

खबरडबली संवाददाता

बर्दिया । बर्दियामा वन्यजन्तुबाट ज्यान गुमाएका तथा घाइते व्यक्तिका परिवारलाई राहत हस्तान्तरण गरिएको छ । डिभिजन वन कार्यालय बर्दियाको समन्वयमा वन तथा वातावरण मन्त्रालय लुम्बिनी प्रदेशले वन्यजन्तुबाट पीडित भएकाहरुको परिवारलाई राहत उपलब्ध गराएको छ । 

बर्दियामा आर्थिक वर्ष २०८०/८१ मा वनक्षेत्रअन्तर्गत वन्यजन्तुबाट भएको क्षतिको राहतअन्तर्गत मृत्युवरण गरेका व्यक्तिको परिवारलाई रु आठ लाख र घाइतेका परिवारलाई एक लाख ५० हजारको चेक हस्तान्तरण गरिएको वन तथा वातावरण मन्त्रालय लुम्बिनी प्रदेशका सचिव मोहनराज काफ्लेले जानकारी दिए । बर्दियाको मधुवन नगरपालिका-३ का मृतक कलि वंशीमगरका छोरा प्रेम वंशीमगर, वडा नम्बर ५ का मृतक गायत्री डाँगीका पति नारायणकुमार डाँगी, बारबर्दिया नगरपालिका-४ का मृतक सुमित थारुका पिता रामशङ्कर थारुलाई आठ लाखको चेक हस्तान्तरण गरिएको छ । 

यस्तै घाइते बारबर्दिया नगरपालिका-३ का साहिल सुनारका पिता प्रेमबहादुर सुनारलाई एक लाख ५० हजारको चेक हस्तान्तरण गरिएको जानकारी दिँदै सचिव काफ्लेले हरेक वर्ष वन्यजन्तुको आक्रमणले मानवीय क्षति वृद्धि भइरहेकाले नीतिगत तहमै सुधार गर्नुपर्ने औँल्याए । नीति बनाउँदा समुदायलाई वनजङ्गलको पहुँचबाट टाढा राखी जीवनयापन गर्न सहज हुने किसिमका उपाय अवलम्बन गर्नुपर्नेमा उनको जोड छ । वनजङ्गल अतिक्रमण गरी बसेका परिवारलाई सरकारी जग्गा वा जग्गा खरिद गरी एकीकृत बस्ती बसाल्नु उचित हुने उनको सुझाव छ । 

लुम्बिनी प्रदेशसभा नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक जन्मजय तिमिल्सिनाले स्थानीय समुदायबाट वन, वन्यजन्तु संरक्षण भएकाले जङ्गल नजिकका बस्तीको उचित व्यवस्थापन गर्दै वनमाथिको परनिर्भरता घटाउन आवश्यक रहेको बताए । वन्यजन्तुबाट पीडा भोगिरहेका नागरिकबारे संसद्मा आवाज उठाउँदै आएको स्मरण गराउँदै तिमिल्सिनाले आफ्नै नेतृत्वमा बर्दियाका आठजना सांसदको एकताबाट राहत ल्याउन सफल भएको स्मरण गराए । 

बर्दियाको विकास, समृद्धिसँगै वन्यजन्तुबाट पीडित परिवारको न्यायका लागि सधैँ अग्रमोर्चामा रहने उनको प्रतिबद्धता छ । लुम्बिनी प्रदेशसभा सदस्य मालती सोडारी र भुवनेश्वर चौधरीले मानव-वन्यजन्तु द्वन्द्व घटाउन बर्दियाका लुम्बिनी प्रदेशमा सहभागी सबै सदस्य एक भएर लाग्ने प्रतिबद्धता जनाए । 

डिभिजन वन कार्यालय बर्दियाका प्रमुख प्रविण बिडारीले मानव-वन्यजन्तुबिचको द्वन्द्व घटाएर मात्र नहुने भएकाले मानव–वन्यजन्तुबिच सहअस्तित्व कायम गराउन वन कार्यालयलगायत स्थानीय सरकारबाट आएका सुझावलाई अविलम्ब कार्यान्वयन गरिनुपर्ने बताए । समयमै बजेट अनाउँदा राहत वितरणमा ढिलाइ भएकाले आगामी दिनमा राहत वितरण प्रक्रिया सहज हुने प्रमुख बिडारीले विश्वास व्यक्त गरे । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: