त्रिपुरेश्वरको सडकमा
एउटा सपना आगो बन्यो,
राहदानीको पर्खाइभन्दा
पीडा धेरै भारी भयो।
गणेशले केवल शरीर जलाएन,
उसले राज्यलाई एउटा प्रश्न छोड्यो
"नागरिक कति जलेपछि
सेवा सहज हुन्छ?"
उत्तर आउन नपाउँदै
सर्लाहीको अर्को आकाश रातो भयो।
विवेकले पनि आफ्नै शरीरलाई
पीडाको चितामा सुम्पियो।
एउटा आगो निभ्न नपाउँदै
अर्को आगो बलिरह्यो,
देशभर धुवाँ फैलियो,
तर संवेदनाको वर्षा परेन।
आमा अझै ढोकातिर हेर्छिन्,
"छोरो फर्किन्छ" भन्ने आशामा।
तर फर्किने त केवल खबर हुन्छ
एउटा मृत्युको,
एउटा संघर्षको,
एउटा असहाय देशको।
हामी विकासका अग्ला सपना गन्छौँ,
तर नागरिकको आँसु नाप्ने
कुनै मापन यन्त्र बनाउँदैनौँ।
हामी पुल बनाउँछौँ,
सडक बनाउँछौँ,
तर भाँचिएको मन जोड्ने
एउटा बाटो पनि बनाउँदैनौँ।
गणेशको आगो
विवेकको शरीरसम्म पुग्नु हुँदैनथ्यो,
तर यो देशले
दुःखलाई पनि
सर्ने रोग बनाइदियो।
अब प्रश्न केवल
दुई युवाको होइन,
प्रश्न यो देशको हो।
कतिवटा शरीर जलेपछि
सिंहदरबारको निद्रा खुल्छ?
कतिवटा आमाले
सन्तान गुमाएपछि
प्रणाली बदलिन्छ?
र कतिवटा सपना
राख बनेपछि
राज्यले नागरिकको पीडा देख्छ?
हे देश,
यदि अझै पनि
यी आगाहरूले तिम्रो मन पगाल्न सकेनन् भने,
भोलि फेरि कुनै गणेश,
कुनै विवेक,
अर्को सडकमा
आफ्नो शरीर होइन,
हाम्रो सामूहिक असफलतालाई आगो लगाइरहेको हुनेछ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण २४ गते, २०८३ - १५:३३
काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपाली राजनीतिमा पुरानो नेतृत्व र संरचनालाई पुनःस्थापित गरेर नयाँ युग निर्माण गर्न नसकिने धारणा रा...
श्रावण २४ गते, २०८३ - ०९:०३
बागलुङ । सात महिनामा निर्माण सम्पन्न गर्ने सम्झौता भएको बागलुङ बजारको महत्वपूर्ण सडक दुई वर्ष बित्न लाग्दा पनि अधुरै छ । राष्ट्रिय गौरवको आयोजना मध्यप...
श्रावण २४ गते, २०८३ - ०९:००
सुनसरी । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा भएको हिंसात्मक घटनामा संलग्न भएको आशंकामा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी ...
श्रावण २४ गते, २०८३ - ०८:५१
काठमाडौं । लामो समयदेखि घाटा व्यहोर्दै आएका सरकारी स्वामित्वका उद्योगमा सुधारको संकेत देखिन थालेको छ। सरकारले सञ्चालन व्यवस्थापन, उत्पादन वृद्धि, खर्च...
श्रावण २४ गते, २०८३ - ०८:४०
काठमाडौं । खारेजीको सूचीमा परेको सहरी क्षेत्र सार्वजनिक यातायात व्यवस्थापन प्राधिकरणलाई सरकारले पुनः सक्रिय बनाउने भएको छ। काठमाडौँ उपत्यकाको अस्तव्यस...
श्रावण २४ गते, २०८३ - ०८:२८
काठमाडौं । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले संघीयता, धर्मनिरपेक्षता, समावेशिता र लोकतान्त्रिक गणतन्त्रलाई कमजोर बनाउने प्रयास स्वी...
श्रावण २४ गते, २०८३ - ०८:२३
काठमाडौं । लगातारको वर्षासँगै आएको पहिरो, सडक भासिने र कटानका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध भएका छन्। प्रमुख राजमार्ग तथा करिडोरका विभिन्न खण...
श्रावण २४ गते, २०८३ - ०८:१७
काठमाडौं । बजारमा खाना पकाउने ग्यासको अभाव देखिएपछि उपभोक्ताका गुनासा तत्काल सम्बोधन गर्न स्थापना गरिएको ‘क्विक रेस्पोन्स’ टिम सक्रिय बनेको छ। ग्या...
श्रावण २४ गते, २०८३ - ०८:१३
काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा विभिन्न प्रदेशका पहाडी तथा तराई क्षेत्रमा भारी वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम पूर्वानुमान महाश...
श्रावण २४ गते, २०८३ - ०८:०९
खोटाङ । गोडमेल गर्ने बेलामा धान खेतमा पहिरोको लेदो र गेगर पसेपछि खोटाङका किसानको वर्षदिनको मेहनत जोखिममा परेको छ। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिक...



प्रतिकृया लेख्नुहोस्: