Khabar Dabali ९ चैत्र २०८२ सोमबार | 23rd March, 2026 Mon
Investment bank

महिला राजनीतिज्ञहरुको टोली चीनबाट स्वदेश फिर्ता

खबरडबली संवाददाता

काठमाडौं । अखिल चीन महिला महासंघ र चीन अन्तर्राष्ट्रिय विकास सहयोग एजेन्सीको आयोजना तथा महिला विश्वविद्यालय चीनको आयोजनामा चीन भ्रमणमा गएका महिला सांसदहरुको टोली स्वदेश फिर्ता भएको छ । 

‘दक्षिण एशियाली महिला राजनीतिक नेतृत्वसम्बन्धि सेमिनार’मा सहभागी हुन चीन भ्रमणमा गएका महिला सांसदहरु सेमिनारमा सहभागितासँगै उच्च तहको भेटघाटमा सहभागी भएका हुन् । सांसदहरुले चिनियाँ अन्तर्राष्ट्रिय विकास सहयोग एजेन्सीका महानिर्देशक लुओ चाओहुईसँग भेटसमेत गरेका छन् । महानिर्देशक लुओ केही समयअगाडि लगानी सम्मेलनमा भाग लिन नेपाल आएकी थिइन् । 

नेपाली महिला सांसदको ११ सदस्यीय टोलीले माल्दिभ्सकी उच्चशिक्षा मन्त्री मारियाको नेतृत्वमा लुओसंग संयुक्त भेट गरेका छन् । भेटमा महानिर्देशक लुओले दक्षिण एसियामा लैंगिक समानता र महिला तथा बालबालिकाको विकासमा चीनले सहयोग गर्नसक्ने बताएकी थिइन । 

लुओले कोभिड-१९ महामारीका कारण धेरै समस्याको सामना गरेपनि अहिले विस्तारै सबै कुरा लयमा आएको बताइन । ‘राजनीतिमा महिला नेतृत्वको अवस्था राम्रो हुँदै गएको छ । यो भ्रमणका क्रममा तपाईले चीन र यहाँ भएको महिला नेतृत्वको विषयमा अझ बुझ्न सक्नुहुनेछ,’ उनले भनिन्, ‘अब दिगो विकास लक्ष्य पुरा गर्न छ वर्ष बाँकी छ । यो धेरै महत्वपूर्ण विषय हो । जुन हामीले गर्नै पर्नेछ ।’

त्यस अवसरमा माल्दिभ्सको विदेश मामिला मन्त्रालयका राज्यमन्त्री शेरीना अब्दुल समदले माल्दिभ्समा ५२ प्रतिशत महिलाको जनसंख्या भएपनि नेतृत्वमा निकै न्यून सहभागिता रहेको बताइन । समस्या कहाँ छ ? के कारणले महिलाहरु नेतृत्वदायी भूमिकामा आउन सकेनन् भनेर त्यसको पहिचान गर्न आवश्यक रहेको मन्त्री उनले बताइन । 

त्यस्तै, श्रीलंकन महिला तथा बालबालिका राज्यमन्त्री गीता समन्माली कुमारसिंघे, श्रीलंकन स्वास्थ्य राज्यमन्त्री सीथालगायतले धारणा राखेकी थिइन । नेपालको तर्फबाट भ्रमण टोलीको नेतृत्व गरेकी सांसद शुसिला श्रेष्ठले राजनीतिकरुपमा नेपालमा महिलाका लागि ३३ प्रतिशत सहभागिता सुनिश्चित गरिएको र स्थानीय तहमा करिब ४४ प्रतिशत भन्दा बढी महिला नेतृत्व रहेको बताइन । तर अझै पनि मूल नेतृत्वमा महिलाको सहभागीता बढाउने काम गर्नुपर्ने अवस्था रहेको उनको भनाइ छ । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: