Khabar Dabali ९ चैत्र २०८२ सोमबार | 23rd March, 2026 Mon
Investment bank

बर्सेनि अपराधका घटनामा वृद्धि हुँदै

खबरडबली संवाददाता

काठमाडौं । बर्सेनि अपराधका घटनामा वृद्धि हुँदै गइरहेको प्रहरीको तथ्याङ्कले देखाएको छ । नेपाल प्रहरीले उपलब्ध गराएको पछिल्लो चार आर्थिक वर्षका तथ्याङ्कले अपराधको सङ्ख्या बर्सेनि बढ्दै गएको पुष्टि गर्छ । 

आर्थिक वर्ष २०७७/७८ मा देशभर विभिन्न प्रकृतिका ४० हजार एक सय २० आपराधिक घटनाको मुद्दा दर्ता भएकामा गत आव २०८०/८१ सम्म आइपुग्दा त्यो सङ्ख्या बढेर ५९ हजार दुई सय तीन पुगेको छ । आव २०७८/७९ मा ४६ हजार नौ सय दुई र आव २०७९/८० मा ५६ हजार तीन सय २३ मुद्दा प्रहरीमा दर्ता भएका छन् । अघिल्लो आवको तुलनामा गत आवमा पाँच दशमलव ११ प्रतिशतले मुद्दा दर्ता वृद्धि भएको छ । गत वर्ष सबैभन्दा बढी काठमाडौं उपत्यकामा १७ हजार ४५ मुद्दा  दर्ता भएको प्रहरीले जनाएको छ ।

पछिल्लो समय सबैभन्दा धेरै आर्थिक अपराध देखिएको छ । चेक अनादरको मुद्दा बढी मात्रामा दर्ता भएका छन् । काठमाडौँ उपत्यकामा आर्थिक गतिविधि केन्द्रित हुँदा आर्थिक अपराधको घटना बढेको प्रहरीको भनाइ छ । मधेसमा नौ हजार छ सय २०, कोशीमा नौ हजार तीन सय ७८, लुम्बिनीमा सात हजार छ सय ४४, बागमतीमा पाँच हजार एक सय ९७, गण्डकीमा चार हजार छ सय ९८, सुदूरपश्चिममा तीन हजार छ सय एक र कर्णालीमा दुई हजार २० वटा आपराधिक घटनाको मुद्दा दर्ता भएका छन् ।

गत वर्ष सबैभन्दा बढी १३ हजार दुई सय ६३ बैङ्किङ कसुरसम्बन्धी मुद्दा दर्ता भएका प्रहरीको तथ्याङ्क छ । सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता सम्बन्धी १० हजार सात सय ५६, आत्महत्या सात हजार एक सय ९४, लागूऔषध चार हजार तीन सय ९८, चोरी तीन हजार सात सय ५८, जबरजस्ती करणी दुई हजार पाँच सय सात, ठगी एक हजार आठ सय ७४, सवारी ज्यान एक हजार सात सय ७५ र ज्यान मार्ने उद्योग सम्बन्धी एक हजार १९ वटा मुद्दा दर्ता भएका छन् । 

प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्की भूमण्डलीकरणले ल्याएको परिवर्तन, प्रविधि विकास तथा आर्थिक गतिविधि अत्यन्त चलायमान भएका कारण परम्परागत प्रकृतिका अपराधका तुलनामा आर्थिक र साइबर अपराधका घटना बढेका बताउँछन् । “परम्परागत प्रकृतिका अपराध खासै बढेका छैनन्, विगतमा आर्थिक कारणले अन्य अपराध हुन्थे, अहिले त्यसको स्वरूप बदलिएको छ, आर्थिक नै अपराधका रूपमा वृद्धि भएका छन्”, प्रहरी प्रधान कार्यालयमा आज आयोजित पत्रकार सम्मेलनमा उनले भने, “आर्थिक अपराध गाउँमा छैनन्, जहाँ आर्थिक गतिविधि बढी हुन्छन्, त्यहाँ आर्थिक अपराधका मुद्दा बढी दर्ता भएका छन् ।”

पछिल्लो समय प्रविधिको विकाससँगै अपराधको स्वरूप पनि बदलिएको उनको भनाइ छ । प्रवक्ता कार्कीले नेपाल प्रहरी अपराधका घटना न्यूनीकरण गर्न र अपराधीलाई कानुनी दायरामा ल्याउन निरन्तर क्रियाशील रहेको बताए । “समुदाय-प्रहरी साझेदारीअन्तर्गत साइबर सुरक्षा तथा सडक दुर्घटना र आत्महत्या न्यूनीकरणलगायतका घटना हुन नदिन प्रयास थालिएको छ”, उनले भने । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: