सुर्खेत । कर्णालीका ५ जिल्लामा यातायात सेवा अवरुद्ध भएको छ पहिरो तथा खोला बढेका कारण यातायात सेवा अवरुद्ध भएको प्रदेश प्रहरी कार्यालय सुर्खेतले जानकारी दिएको छ।
भेरी करिडोरभित्र पर्ने डोल्पाको त्रिपुरासुन्दरी–१ छलगाडमा खोला बढेका कारण यातायात सेवा ठप्प भएको छ। त्रिपुरासुन्दरी नगरपालिका–५ साङलेखोलामा पहिरो कारण साना यातायातका साधनमात्र सञ्चालनमा रहेका छन् । त्रिपुरासुन्दरी–९ चुँगाडमा ट्रक फसेपछि यातायात ठप्प भएको छ ।
भेरी करिडोरकै रुकुम पश्चिमको आठबीसकोट–६ रिजिगारमा खोला बढेपछि आवतजावत ठप्प भएको प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ ।
भित्री सडकअन्तर्गतको रुकुम पश्चिमको मुसीकोट–३ माझमीमा पहिरो गएका कारण सडक अवरुद्ध भएको प्रहरीको भनाई रहेको छ ।
रुकुम पश्चिमकै बाँफिकोट गाउँपालिका–३ र ४ को बीचमा रहेको छिनखेत–पिपल जोड्ने सडक खोला बढेका कारण अवरुद्ध हुँदा समस्या भएको छ ।
कर्णाली करिडोरअन्तर्गत खार्पुनाथ–१ सुनखडादेखि लालुबगरसम्म सुक्खा पहिरोका कारण यातायात अवरुद्ध भएको प्रहरीको भनाई रहेको छ ।
कालिकोटको पचालझरना–८ लाभामा पहिरोका कारण सडक अवरुद्ध भएको छ। मुगुको छायाँनाथ रारा नगरपालिका–७ जिरो प्वाइन्ट भित्री सडकमा पहिरो आएपछि सडक अवरुद्ध भएको छ।
अवरुद्ध भएको ठाउँमा सडक खुलाउने प्रयास भइरहेको कर्णाली प्रदेश प्रहरी प्रवक्ता वीरबहादुर ओलीले जानकारी दिए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ३ गते, २०८१ - २१:२४
काठमाडौ । ‘नेपाल टेलिकमले आउँदै गरेको क्रिसमस तथा अंग्रेजी नयाँ वर्षको अवसर पारेर रु ५ हजार सम्मको नगद तथा उपहारको व्यवस्था गरेको’ भन्दै गरिएको प्रच...
पौष ३ गते, २०८१ - १५:१८
सप्तकोशीकाे पानी पश्चिमतिर बहँदा नहरमा पानी ल्याउन समस्या
पौष ३ गते, २०८१ - १४:०३
भौतिक प्रगति ३५.२५ प्रतिशत हुँदा वित्तीय प्रगति ३२.२ प्रतिशत
पौष ३ गते, २०८१ - १३:४७
काठमाडौं । नेकपा एकीकृत समाजवादीले स्थानीय स्तरदेखि केन्द्रसम्म आन्दोलन गर्ने भएको छ। मंगलबार सकिएको स्थायी कमिटी बैठकले जनताका आवाज उठाउने गरी आन्दोल...
पौष ३ गते, २०८१ - १३:४६
सुनसरी । सुनसरीको सीमावर्ती देवानगञ्ज गाउँपालिकामा रहेको भगत पेट्रोल पम्पले ग्राहकलाई ठगी गरेको घटना सार्वजनिक भएको छ । कम परिमाणमा इन्धन बिक्री गरे...
पौष ३ गते, २०८१ - १३:३६
काठमाडौं । प्रहरीले स्रोत नखुलेको ६८ लाख नगदसहित पाँच जना पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका–३२ दोभानपुल बस्ने ४६ वर्षीय राज...
पौष ३ गते, २०८१ - १३:३०
विराटनगर । बैंक ऋण नतिर्ने अभियान सञ्चालन गरेका मेडिकल व्यावसायी दुर्गा प्रसाईंले बैंकविरुद्ध अदालतमा दायर गरेको रिट खारेज भएको छ । यससँगै उनले बैंकबा...
पौष ३ गते, २०८१ - १३:२७
काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले केन्द्रीय समिति विस्तार गरेका छन् । अध्यक्ष ठाकुरले विभिन्न जिल्लाका आठ जनालाई म...
पौष ३ गते, २०८१ - १२:४९
काठमाडौं । पूर्व शिक्षमन्त्री तथा प्रतिनिधि सभा सदस्य सुमना श्रेष्ठले त्रिवि जग्गा छानबिन समितिको प्रतिवेदन तत्काल सार्वजनिक गर्न माग गरेकी छन्। प्रत...
पौष ३ गते, २०८१ - १२:२४
काठमाडौं । सान्भी इन्टरटेनमेन्ट प्रालिको व्यानरमा निर्माण भएको फिल्म ‘रंगी’ आगामी फागुन २ गते प्रदर्शन हुने भएको छ । सलोन बस्नेत प्रस्तुतकर्ता रहेको फ...
प्रतिकृया लेख्नुहोस्: